Successfully Copied

केशमा नारीत्व

केशलाई महिलाको नारीत्वसँग जोडेर हेरिने इतिहासले बताउँछ । विश्वयुद्धताका हजारौं महिला आफ्नो केश खौरिएर पुरुषभेष धारण गरी सेनामा प्रवेश गरेका थिए । सन् १९४० मा फ्रान्समा भएको युद्धताका जर्मन लडाकुसँग यौन सम्बन्धमा रहनुको सजायस्वरूप फ्रेन्च महिला तथा युवतीहरूको मुण्डन गरिएको थियो ।

केशलाई महिलाको नारीत्वसँग जोडेर हेरिने इतिहासले बताउँछ । विश्वयुद्धताका हजारौं महिला आफ्नो केश खौरिएर पुरुषभेष धारण गरी सेनामा प्रवेश गरेका थिए । सन् १९४० मा फ्रान्समा भएको युद्धताका जर्मन लडाकुसँग यौन सम्बन्धमा रहनुको सजायस्वरूप फ्रेन्च महिला तथा युवतीहरूको मुण्डन गरिएको थियो । जसलाई महिलाको लज्जास्पद सजाय मानिएको थियो अर्थात् केशलाई लाज ढाक्ने वस्तुका रूपमा समेत व्याख्या गरिएको थियो । आज पनि महिला हुनुको अर्थ सुहाउँदो केश नै मानिन्छ ।

परिचायक

महिलाले आफ्नो केशलाई ताजका रूपमा लिन्छन् भन्ने कुरामा कुनै आश्चर्य नमान्दा हुन्छ । कतिपय अवस्थामा विरोध जनाउँदा, दु:ख व्यक्त गर्दा वा असन्तोष प्रस्फुटनका लागि संसारभरका महिलाले आफ्नो केश खौरिएको इतिहास छ । आजको दिनसम्म पनि केशलाई लिएर यही किसिमको प्रभाव समाजमा छ ।

सौन्दर्य र स्वतन्त्रता

तेह्रौं शताब्दीकी पुरानी नायिका तथा सामाजिक अभियन्ता लेडी गोडिभाको निर्वस्त्र तस्बिर सर्वाधिक चर्चामा रह्यो । उनी सुनौलो रंगको घोडामा निर्वस्त्र देखिन्छिन् तर उनको सम्पूर्ण शरीर सुन्दर र लामो केशले ढाकेको छ । उक्त पोट्ेरटलाई विश्वकै सुन्दर र आकर्षक मानिन्छ । नागरिक स्वतन्त्रता र आफ्नो स्वयंको सुन्दरताको सिम्बोल स्वरूप उनले उक्त तस्बिर खिचाएको विश्लेषकहरू बताउँछन् । हरबर्ट म्युजियममा उनको उक्त चित्ताकर्षक शालिक देख्न पाइन्छ ।

 Image