Successfully Copied

सौन्दर्यका लागि स्वस्थ र सुन्दर केश

केश नर्मल छ भने सौम्य स्याम्पु तथा लाइट कन्डिसनर प्रयोग गर्नुपर्छ । यद्यपि स्याम्पु तथा कन्डिसनरले केशमा हानि पुग्छ भने कुनै तेलले मालिस गर्नुपर्छ । हाइ अल्कोहल प्रोडक्ट्स एवं ब्लो ड्राइबाट जोगिनुपर्छ ।

-    सातामा दुई पटक तेल लगाएर शिर मालिस गराउँदा केश बढ्न सहयोग पुग्छ ।

-    केश नर्मल छ भने सौम्य स्याम्पु तथा लाइट कन्डिसनर प्रयोग गर्नुपर्छ । यद्यपि स्याम्पु तथा कन्डिसनरले केशमा हानि पुग्छ भने कुनै तेलले मालिस गर्नुपर्छ । हाइ अल्कोहल प्रोडक्ट्स एवं ब्लो ड्राइबाट जोगिनुपर्छ ।

-    स्याम्पु गरेपछि पानीले राम्रोसँग पखाल्ने । कन्डिसनिङ गर्दा केशको टुप्पामा लाइट कन्डिसनर प्रयोग गर्नुपर्छ । भोजनमा बोसो तथा चिल्लोको मात्रा कम गर्नुपर्छ । प्रशस्त पानी पिउनुपर्छ भने तनावबाट टाढै रहनुपर्छ ।

-    केश पातलो र मसिनो छ भने जेन्टल हेयर नरिसिङ मास्क लगाउनुपर्छ । यसले केशलाई नरमपन एवं पोषण प्रदान गर्छ ।

-    विशेष हर्बल तत्व भएको स्याम्पु तथा मेहन्दीमा आधारित कन्डिसनर पनि प्रयोग गर्न सकिन्छ । यसबाट केश बाक्लो देखिन्छ ।

-    कलर्ड केशलाई एक्स्ट्रा केयरको आवश्यकता पर्छ । यसका लागि सातामा वा १५ दिनमा एकपटक तातो तेलले मालिसका अतिरिक्त हेयर नरिसिङ प्याकको प्रयोग लाभदायक हुन्छ । यसबाट केशलाई पोषण प्राप्त हुन्छ र केश चिपचिप हुँदैन ।

-    केश कलर गरिएको छ भने युवी फिल्टर भएको केयर स्याम्पु प्रयोग गर्नुपर्छ । यसले केशको कन्डिसनिङ गर्छ र घामको दुस्प्रभावबाट जोगाउँछ भने केशमा प्रयोग भएको कलरलाई पनि हल्का देखाउँछ ।

-    केश धुँदा सामान्य पानी प्रयोग गर्नुपर्छ । धेरै तातोपानीले केश धुँदा केशमा भएको नेचुरल ओयल पखालिएर केश सुख्खा तथा कडा हुन्छ ।

-    दुईमुखे केश ट्रिम गर्नुपर्छ अन्यथा क्षतिग्रस्त केशले अरु केशलाई समेत कमजोर बनाउँछ । हरेक ८–१० हप्तामा केश ट्रिम गराउनुपर्छ ।

-    सातामा दुई तीनपटक हेयर ब्रसले केश सफा गर्नुपर्छ । यसका कारण केशमा धूलो वा तेल जम्मा हुन पाउँदैन ।

-    नेचुरल हेयर टनिक लगाउँदा केश प्राकृतिक रूपमा मोइस्चराइज हुन्छ । सातामा दुई पटक जैतुन, बदाम तथा अरन्डीको तेल बराबर मात्रामा मिसाएर साँझ शिरको मालिस गरी भोलिपल्ट हर्बल स्याम्पुले केश पखाल्दा केशको जरा बलियो हुन्छ ।

-    केशलाई नरम एवं कडा गर्ने स्टाइलिस जेलको प्रयोग विशेष अवसरमा मात्र गर्नुपर्छ । नियमित रूपमा जेल प्रयोग गर्दा केशमा नकारात्मक असर पर्छ ।

 Image