Successfully Copied

गर्मीमा केशको स्याहार

यदि केशलाई घामबाट जोगाउन चाहने हो भने सुख्खा केशमा कन्डिसनर लगाउनुपर्छ । केशमा यसको प्रयोगले अतिरिक्त घामका साथै हरप्रकारको रेडिएसनबाट जोगिन सहयोग मिल्छ । यसको प्रयोगले क्लोरिन, घाम तथा अम्लीय पानीबाट सुरक्षा प्राप्त हुन्छ । यो मौसममा हाइलाइट गरेर पनि केशलाई स्वस्थ,

हरेक महिला आफ्नो केशको विशेष स्याहार गर्न चाहन्छन् । यद्यपि कहिलेकाहीँ विशेष ध्यान दिन नसक्दा केशमा विभिन्न खालका समस्या देखा पर्छन् । अझ गर्मी मौसममा त केशलाई सही तरिकाले स्याहार गर्न सकिएन भने थप समस्या उत्पन्न हुन्छ । गर्मीमा केशमा धेरै प्रकारका फोहोर जम्मा हुन्छन् । टाउकोमा हुने स–साना प्वालबाट अतिरिक्त पसिना तथा तेल उत्पन्न हुन्छ तसर्थ केश र टाउकोलाई स्वस्थ राख्न विभिन्न उपाय अपनाउनुपर्छ ।

-    यदि केशलाई घामबाट जोगाउन चाहने हो भने सुख्खा केशमा कन्डिसनर लगाउनुपर्छ । केशमा यसको प्रयोगले अतिरिक्त घामका साथै हरप्रकारको रेडिएसनबाट जोगिन सहयोग मिल्छ । यसको प्रयोगले क्लोरिन, घाम तथा अम्लीय पानीबाट सुरक्षा प्राप्त हुन्छ । यो मौसममा हाइलाइट गरेर पनि केशलाई स्वस्थ, राम्रो एवं सुरक्षित राख्न सकिन्छ ।

-    गर्मीमा कुनै पार्टी, मिटिङ वा विवाह समारोहमा सहभागी हुँदा केश आरामदायक होस् तथा गर्मी नलागोस् भन्ने हो भने हल्का र खुला केशले राहत प्रदान गर्छ । यदि कसिलो हेयर स्टाइल बनाउने हो भने पसिना आउने सम्भावना बढी हुन्छ भने त्यसले केश फोहोर हुनुका साथै चायाँ आउने सम्भावना वृद्धि गर्छ । यसले केश झर्नुका साथै टाउकोमा घाउहरू निस्कने समस्यासमेत सिर्जना गर्न सक्छ ।

-    केश धोइसकेपछि नियमित रूपमा कन्डिसनर प्रयोग गर्नुपर्छ । यसले गर्मीमा केशको देखभाल गर्न सजिलो हुन्छ । बजारमा धेरै प्रकारका कन्डिसनर उपलब्ध छन् । ती कन्डिसनरमध्ये आफ्नो केशलाई सबैभन्दा बढी फाइदा पुर्‍याउने कन्डिसनर छनोट गर्न सक्नुपर्छ । आफू खुसी वा बजारमा पाइने जुनसुकै कन्डिसनर प्रयोग गर्ने हो भने हानि पुग्न सक्छ । यसमा विज्ञहरूको सल्लाह लिन सकिन्छ ।

-    यो मौसममा केश झर्नु एउटा प्रमुख समस्या हो तसर्थ आफ्नो केशको ख्याल राख्न जरुरी छ । त्यसका लागि घरमै हेयर मास्क तयार पार्न सकिन्छ । यसको प्रयोगले केशमा पर्याप्त मात्रामा प्रोटिन संचार हुन्छ । सामान्य मास्क पनि केशलाई स्वस्थ बनाउन सहयोगी हुन्छ । केशलाई पर्याप्त प्रोटिन चाहिन्छ । प्रोटिनको आपूर्तिले केश सुन्दर तथा स्वस्थ रहन्छ ।

-    केशका लागि तेल हरमौसममा आवश्यक हुन्छ । खास गरेर गर्मीमा जब केश सुख्खा हुन थाल्छ । नरिवल, बदाम वा अन्य कुनै पनि तेलले मसाज गर्दा केशलाई फाइदा मिल्छ । राति सुत्नुअघि केशमा तेल मालिस गरी बिहान राम्रोसँग पखाल्ने । यसले केशलाई राम्रो खुराक दिन्छ किनभने तेलले केशलाई धेरै समय सक्रिय रूपमा पोषण प्रदान गर्छ । सैलुन पुगेर विज्ञहरूको सल्लाहमा उचित तेलले मसाज गराउन सकिन्छ जहाँ आधुनिक स्टिम मेसिनबाट केशलाई चाहिने उपयुक्त तातो बाफ प्रदान गरिन्छ । केराटिन नामक प्रोटिनबाट नै केश तथा नङ निर्माण हुन्छ । केराटिन हेयर ट्रिटमेन्टले केशलाई बलियो एवं चम्किलो वनाउँछ ।

-    हावामा हुने प्रदूषण एवं धूलोले हाम्रो छालाका साथै केशलाई प्रभाव पार्छ । प्रदूषणका कारण केश झर्ने, टुक्रने, चायाँ पर्ने तथा सुख्खा हुनेजस्ता अनेकौं समस्या उत्पन्न हुन्छन् । यदि केश सुख्खा छ, चम्किलो छैन र अन्य कुनै पनि विधिबाट केश चम्किलो र मुलायम भैरहेको छैन भने पनि आत्तिनु पर्दैन । केराटिन हेयर ट्रिटमेन्टबाट केश आफूले चाहेजस्तै स्वस्थ, मुलायम, सीधा एवं चम्किलो हुन्छ ।

के हो केराटिन ?

केराटिन केशलाई बलियो बनाउने तत्व हो जुन प्राकृतिक रूपमै हाम्रो केश तथा नङमा पाइन्छ । केराटिन मानव शरीरमा पाइने प्रोटिनको त्यो समूह हो जसले केश, छाला एवं नङ निर्माण गर्छ । मानव शरीरमा जुन ठोस सरंचना हुन्छ त्यो केराटिन प्रोटिनका कारणले हो । यो ट्रिटमेन्ट रिवान्डिङ र स्मुदनिङभन्दा अलग किसिमको हुन्छ । यसले केश बलियो बनाउनुका साथै केश सम्हाल्न सजिलो बनाउँछ ।

                                                                         - हेयर एन्ड शान्ति, दरबारमार्ग

 Image