Successfully Copied

महिलाका लागि नेतृत्व विकास

विभिन्न तालिम, गोष्ठी एवं कार्यशालाहरूमा आफूलाई प्रस्तुत गरेर, भीडमा आफ्नो क्षमता तथा कला देखाएर, बोल्ने कला सिकेर, विभिन्न सकारात्मक पुस्तक अध्ययन गरेर तथा चलचित्र एवं वृत्तचित्र हेरेर यसको विकास सम्भव हुन्छ ।

 

नेतृत्व विकास  के हो ?

अरूलाई उत्प्रेरित गर्दै चुनौती सामना गर्न सिकाउनु तथा समग्रलाई समेटिने आवाज बोल्न सक्षम हुनु नै नेतृत्व विकास हो ।

यो कसरी सम्भव हुन्छ ?

विभिन्न तालिम, गोष्ठी एवं कार्यशालाहरूमा आफूलाई प्रस्तुत गरेर, भीडमा आफ्नो क्षमता तथा कला देखाएर, बोल्ने कला सिकेर, विभिन्न सकारात्मक पुस्तक अध्ययन गरेर तथा चलचित्र एवं वृत्तचित्र हेरेर यसको विकास सम्भव हुन्छ ।

नेतृत्व विकासका लागि आवश्यक तत्व के हुनसक्छन् ?

वाकपटुता, नवीन सोच, अरूलाई कन्भिन्स गर्न सक्ने कला, धैर्य, विचार र सोच बुझेर सबैलाई समेट्न सक्ने गुण नै नेतृत्व विकासका सूत्र हुन् ।

नेपाली महिलाका लागि यो कत्तिको आवश्यक कुरा हो ?

३३ प्रतिशत आरक्षणले केही महिलालाई नेतृत्व तहमा पुर्‍याइसकेको तथ्य हामीले स्वीकार गर्नैपर्छ । नेपाली महिलाको अबको मुद्दा भनेको कसरी बढीभन्दा बढी महिलालाई नेतृत्व तहमा पुर्‍याउने भन्ने हो । हामी अहिले पनि महिलाहरू नेतृत्व तहमा आउनुपर्छ भनेर सोहीअनुरूप प्रयास गरिरहेका छौं । घर होस् वा समाज, कार्यालय होस् वा राष्ट्र सबै ठाउँमा महिलाहरू नेतृत्व तहमा पुग्नुपर्छ भन्ने  अभियानलाई सफल पार्न पनि यो अत्यावश्यक कुरा हो ।

यसले महिलामा पार्ने प्रभाव ?

नेतृत्व भन्ने कुरा कसैले दिँदैमा प्राप्त भैहाल्ने कुरा होइन । यसलाई यसरी बुझ्नु जरुरी छ कि सर्वप्रथम महिला आफैं यसका लागि सक्षम हुनुपर्छ । आफूमा क्षमता अभिवृद्धि गरेर, आफूभित्रको खुबी पहिचान गरेर अनि त्यसलाई बाहिर प्रस्तुत गर्नसक्ने कला सिकेर आफूलाई उक्त तहमा उभ्याउन सक्नुपर्छ । जसले अन्य महिलालाई उत्प्रेरित गर्ने काम मात्र गर्दैन राष्ट्र हितका पक्षमा समेत दरिलो प्रभाव छाड्छ ।

                                        - शीला शाक्य, अध्यक्ष, इनरह्विल क्लब न्यूरोड सिटी

 Image