Successfully Copied

साउन र वर्षाका लागि कस्तो मेकअप उपयुक्त हुन्छ ?

शिरको छालाको इन्फेक्सन तथा डेन्ड्रफबाट जोगिन काइँयो, रुमाल तथा तकिया शेयर गर्नुहुँदैन भने ती कुराको सफाइमा समेत विशेष ध्यान पुर्‍याउनुपर्छ । केश धुँदा काइयो, रूमाल तथा तकियाको खोललै राम्रो एन्टिसेप्टिक घोलमा आधा घन्टा डुबाएर राखेपछि घाममा सुकाएर प्रयोग गर्न सकिन्छ ।

साउन अर्थात् वर्षामा पसिना आउने भएकाले मेकअप टिकाउन वाटर प्रुफ मेकअप गर्नुपर्छ । दिउँसो मेकअप गर्दा लाइट ओयल फ्रि फाउन्डेसन प्रयोग गर्न सकिन्छ । वर्षामा लुज पाउडर वा ट्रान्सलुसन पाउडर प्रयोग गर्नु उपयुक्त हुन्छ । साउनमा म्याट लिपिस्टिक प्रयोग गर्नुपर्छ भने आँखामा वाटर प्रुफ मस्कारा तथा वाटर प्रुफ लाइनर प्रयोग गर्नु उपयुक्त हुन्छ । मेकअप गर्दा बेसको सही छनौट गर्न सक्नुपर्छ । यदि चिकबोन ठूलो भए डार्क सेड र लाइट सेड मिलाएर कटिङ गर्ने । फेस लामो छ भने चिकबोनबाट हल्का राउन्ड सेपमा लाने । राउन्ड सेप फेसमा चिकबोनबाट हल्का रूपमा ज लाइनमा लाने । ओठमा लिपिस्टिक लगाउनुअघि हल्का फाउन्डेसन लगाउँदा लिपिस्टिक बढी टिक्छ । ओठको सेपअनुसार लिपलाइनरले कटिङ गर्ने, सेप मिलाउने अनि हल्का मर्ज गर्ने । वर्षा तथा साउनमा पिंक, पिच तथा रेड कलर बढी खुल्छ । वर्षामा छाला बढी तैलीय हुने हुँदा राति सुत्नुअघि मेकअप रिमुभरले राम्रोसँग मेकअप पुछ्नुपर्छ ।

वर्षामा छालाको स्याहारका लागि के गर्न सकिन्छ ?

वर्षामा बढी पसिना आउँछ । पसिनाले छालामा भएको धूलोका कणसँग मिक्स भएर इन्फेक्सन सिर्जना गर्छ । त्यसैले वर्षामा नियमित रूपमा अनुहारको क्लिन्जिङ गर्नुपर्छ । मनसुनी हावामा बढी ब्याक्टेरिया हुन्छ । डिप–पोर क्लिन्जरले छालाको भित्री भागसम्म गएर राम्रोसँग सफाइ गर्छ । बढी पसिना आउने भएकाले छालाको नरमपनमा कमी आउँछ । अत: छाला डिहाइड्रेड नहोस् र त्यसको कोमलता पनि कायम रहोस् भनेर अल्कोहल फ्रि टोनर प्रयोग गर्नुपर्छ । वर्षामा छालालाई मोइस्चराइज गर्न एलोबेरा जेल धधप्रयोग गर्न सकिन्छ ।

केशको स्याहारका लागि के गर्नुपर्छ ?

वर्षाका कारण केश भिजे तुरुन्तै माइल्ड खालको स्याम्पुले वास गर्नुपर्छ । कारण वर्षाको पानी प्रदूषणयुक्त हुन्छ । हेयर कलर प्रयोग गर्दा त्यसबाट केशको रंग तथा टेक्सचर दुवै प्रभावित हुन्छ । वर्षामा प्रदूषणका कारण केशमा मिनरल्स जम्मा भै केश कमजोर हुन्छ । पसिनाका कारण कतिपय मानिसको शिरमा फंगल इन्फेक्सन हुनसक्छ जुन डेन्ड्रफको सबैभन्दा ठूलो कारण बन्छ । त्यसैले वर्षामा दिन बिराएर कुनै राम्रो एन्टी डेन्ड्रफ स्याम्पुले केश धुनुपर्छ । मेथीको दाना तथा निमको पात पिसेर त्यसमा प्याजको रस मिसाई केशमा प्रयोग गर्दा पनि डेन्ड्रफबाट राहत प्राप्त हुन्छ । शिरको छालाको इन्फेक्सन तथा डेन्ड्रफबाट जोगिन काइँयो, रुमाल तथा तकिया शेयर गर्नुहुँदैन भने ती कुराको सफाइमा समेत विशेष ध्यान पुर्‍याउनुपर्छ । केश धुँदा काइयो, रूमाल तथा तकियाको खोललै राम्रो एन्टिसेप्टिक घोलमा आधा घन्टा डुबाएर राखेपछि घाममा सुकाएर प्रयोग गर्न सकिन्छ । केशलाई घाम एवं प्रदूषणबाट जोगाउन घाम–पानीमा निस्कदा छाता ओढ्नुपर्छ ।

साउन महिना मेहन्दीको मौसम पनि हो । अहिले के–कस्ता डिजाइन फेसनमा छन् ?

साउन महिना त्यसै हराभरा हुन्छ । साउनलाई मेहन्दीको महिना पनि भनिन्छ । मेहन्दीलाई सगुनका रूपमा लिइन्छ । त्यसैले हरेक शुभ कार्य, विवाह, तीज तथा पवित्र महिना साउनभरि नै मेहन्दी लगाउने चलन छ । इन्डियन, अरेबिक, पाकिस्तानी, इन्डो अरेबिक, मोरोक्कन, ग्लिटर, मुगाली, मल्टी कलर, फ्लोरियल, बंगाली आदि मेहन्दी अहिले बजारमा छन् । नेपालमा मेहन्दीको प्रचलन प्रारम्भ भएदेखि नै इन्डियन मेहन्दी बढी चलेको पाइन्छ । यो साउनमा हेबी इन्डियन डिजाइनभन्दा इन्डो इन्डियन डिजाइन, अरेबिक डिजाइन विशेष रोजाइमा छ भने कलरफुल मेहन्दी तथा फ्लोरल मेहन्दीको पनि क्रेज देखिन्छ ।

 Image