Successfully Copied

साउन महिनाको राशिफल

काममा अपेक्षित सफलता हात पर्नेछ । कुनै कामविशेषले यात्रा गर्नुपर्ला । परिवारबाट अपेक्षित सहयोग मिल्नेछ । दाम्पत्य जीवनमा समझदारी कायम रहनेछ । कुनै नयाँ कामको थालनी हुुनसक्छ । छोराछोरीले पनि आफ्नो इच्छाअनुरूप काम गर्नेछन् । प्रतिस्पर्धात्मक काममा सफलता प्राप्त होला । प्राय: सबै

मेष

आर्थिक पक्ष सुुदृढ हुुनुुका साथै व्यावसायिक क्षेत्र पनि सफल रहनेछ । कसैलाई सापटी दिएको रकम फिर्ता मिल्नसक्छ । साथीभाइ एवं इष्टमित्रसित रमाइलो जमघट गर्ने अवसर जुर्नेछ । परिवारलाई एकसूूूत्रमा राख्न आफ्नो कुुनै इच्छासँग सम्झौता गर्नुुपर्ला । जीवनसाथीको मनसाय बुुझी आपसी सल्लाहमा काम गरे सम्भावित विवाद टर्नसक्छ । बाहिरी काममा अपजस आइलाग्नसक्नछ ।

वृष

काम गर्ने जाँगर बढ्नुुका साथै शरीर पनि स्वस्थ रहनेछ । मनमा कुुनै नयाँ काम गर्ने भावना जागृत हुुनसक्छ । कसैकसैले कामविशेषले यात्रा गर्नुुपर्ला । काममा अपेक्षाकृत सफलता मिल्दै जानेछ । मनमा भएको तनाव हटेर मन प्रसन्न हुनेछ । आर्थिक पक्ष सबल रहला । व्यावसायिक क्षेत्र पनि सन्तोषजनक छ । रक्तचापको मात्रामा घटबढ हुुनसक्ने भएकाले खानपानमा सजग रहनुुहोला ।

मिथुन

पारिवारिक सुुख–समृद्धि बढ्नेछ । कसैकसैले कामको सिलसिलामा यात्रा गर्नुुपर्ला । प्राय: सबै काम आफ्नै प्रभुुत्वमा सम्पन्न हुनेछन् । कामको तनावले टाउको एवं आँखा दुुख्नसक्छ । रक्तचापका बिरामीहरूले आफ्नो स्वास्थ्य तथा खानपानको विशेष ख्याल राख्नुुहोला । कतैबाट कुुनै कुुराको लाभ हुुनेछ । अनावश्यक खर्च हुुनसक्छ । साथीभाइसित रमाइलो भेटघाट गर्ने अवसर जुुट्नेछ ।

कर्कट

व्यक्तिगत काममा सफलता हात पर्नेछ । पारिवारिक वातावरण सुुखमय रहनेछ । श्रीमान्बाट पनि आफ्नो सुुख–दुु:खको ख्याल गरिनेछ । घरमा विभिन्न सामग्रीको जोहो हुुनसक्छ । कुुनै कुुराको लाभ हुुनेछ भने कतैबाट उपहारसमेत प्राप्त होला । काम विशेषले यात्रा गर्ने वा कुुनै कामको जिम्मेवारी आइलाग्ने योग छ । सहयोगी हातहरू पछि हट्न सक्छन् । आफ्नो काम सकेसम्म आफै गर्नुु राम्रो हुुन्छ ।

सिंह

दाम्पत्य जीवन सुुखमय रहनेछ । पारिवारिक सुुख एवं सहयोग प्राप्त हुनेछ । व्यक्तिगत काममा सफलता हात पर्नेछ । पारिवारिक खुुसीका निम्ति केही खर्च हुुनसक्छ । पेसागत तथा घरायसी कामबीच तालमेल मिलाउन सके सम्भावित तनाव हट्न सक्छ । हरेक कुुरालाई सकारात्मक ढंगले लिँदै काममा अग्रसर भए सबै काम सहज हुुँदै जानेछन् ।

कन्या

काममा अपेक्षित सफलता हात पर्नेछ । कुनै कामविशेषले यात्रा गर्नुपर्ला । परिवारबाट अपेक्षित सहयोग मिल्नेछ । दाम्पत्य जीवनमा समझदारी कायम रहनेछ । कुनै नयाँ कामको थालनी हुुनसक्छ । छोराछोरीले पनि आफ्नो इच्छाअनुरूप काम गर्नेछन् । प्रतिस्पर्धात्मक काममा सफलता प्राप्त होला । प्राय: सबै कार्य योजनानुुसार नै सम्पन्न हुुनेछन् ।

तुला

अपेक्षाअनुुरूप काममा सफलता प्राप्त हुँदै जानेछ । कारणवश रोकिएका कामले पनि गति लिन थाल्नेछन् । माइतीपक्षले ठूलो सहयोग गर्नेछन् । व्यक्तिगत काममा पनि सफलता हात पर्ला । श्रीमान्बाट तपाईंको इच्छा एवं आवश्यकता बुुझ्ने प्रयास हुुनेछ । काम गर्ने जाँगर बढ्नुुका साथै शरीर पनि स्वस्थ रहनेछ । आर्थिक पक्ष सुुदृढ रहनुका साथै व्यावसायिक क्षेत्रसमेत सफल देखिन्छ ।

वृश्चिक

विभिन्न कामको जिम्मेवारी सम्हाल्नुुपर्नेछ । थोरै समयमा धेरै काम भ्याउनुुपर्दा धपेडी हुुनसक्छ । आफ्नो व्यक्तिगत कार्य तथा स्वास्थ्यका निम्ति केही समय छुुट्याउनुुहोला । काममा सहयोगी हातहरू जुुट्नेछन् । आफ्नो चाहनाअनुुसार किनमेल गर्ने अवसर जुुर्नेछ । केही काममा आकस्मिक बाधा आइलाग्न सक्छ भने अनपेक्षित विवादसमेत हुुनसक्छ । धैर्यपूर्वक शान्त भएर निर्णय लिनुहोला ।

धनु    

मनमा भएको तनाव हटेर मन प्रसन्न हुनेछ । काम गर्ने जाँगर वृद्धि होला । आर्थिक पक्ष सुुदृढ रहनुका साथै विभिन्न कुुराको लाभ लिन सकिनेछ । श्रीमान्बाट सुुख एवं सहयोग प्राप्त हुुनेछ । कसैले गरेको काम चित्त नबुुझे सीधै प्रतिकार नगरी अप्रत्यक्ष रूपले सम्झाउन सके सम्भावित विवाद टर्न सक्छ । पेटका बिरामीहरूले स्वास्थ्य तथा खानपिनमा ध्यान दिनुुपर्नेछ ।

मकर

कुुनै कामविशेषले यात्रा हुुनसक्छ । टाढा भएका आत्मीयजनसित रमाइलो गर्ने मौका मिल्नेछ । पारिवारिक वातावरण सुखमय रहनेछ । कुुनै नयाँ ठाउँ घुुम्न जाने अवसर जुुर्नसक्छ । माइती–मावली एवं साथीभाइहरूसित रमाइलो भेटघाट हुनेछ । लेनदेनको काम गर्दा सजग रहनुुहोला । विवाद हुुनसक्ने भएकाले बोली एवं रिसलाई नियन्त्रणमा राख्नुु उपयुक्त हुन्छ ।

कुम्भ

पारिवारिक सुुख मिल्नेछ । मनमा भएको तनाव हटेर मन प्रसन्न हुनेछ । काम गर्ने उत्साह बढ्नेछ । योजना अनुुसार सबै काम सफल हुुँदै जानेछन् । दाम्पत्य जीवनबाट अपेक्षित सुख एवं सहयोग मिल्नेछ । प्रतिस्पर्धात्मक कार्यमा सफल भइनेछ । कार्यक्षेत्रमा प्रगति गर्ने अवसर जुट्नेछ । आर्थिक पक्ष सुुदृढ हुुनुका साथै व्यावसायिक क्षेत्र पनि लाभप्रद रहनेछ ।

मीन

प्रतिस्पर्धीहरूले दु:ख दिने प्रयास गर्नसक्छन् । मनमा तनाव भएको अथवा रिस उठेको बेला कसैसित नबोल्नुु नै उपयुक्त हुुन्छ । विभिन्न कुुराको लाभ हुुनेछ भने आर्थिक पक्ष सुुदृढ रहनेछ । धेरै काम आफ्नै अगुुवाइमा सम्पन्न हुुनेछन् । तपाईंको आत्मविश्वास एवं लगनशीलता देखेर सबै छक्क पर्नेछन् । आफूमा भएको सकारात्मकता, सदाचार तथा सदाशयता कायम राख्नसके सम्भावित अपजस टर्नसक्छ ।

 Image