Successfully Copied

तीज म्यूजिक अवार्डको दर्ता आव्हान

छायाँछवि क्रियशनले विगत ५ वर्षदेखि गर्दै आएको ‘तीज म्यूजिक अवार्ड’को पाँचौं संस्करणका लागि तीज गीत दर्ता गर्न सार्बजनिक रुपमा आब्हान गरेको छ ।

छायाँछवि क्रियशनले विगत ५ वर्षदेखि गर्दै आएको ‘तीज म्यूजिक अवार्ड’को पाँचौं संस्करणका लागि तीज गीत दर्ता गर्न सार्बजनिक रुपमा आब्हान गरेको छ । नेपाली खासगरी हिन्दु नारीहरुको महान् चाड तीजका अवसरमा आफ्नो सांस्कृतिक पक्षलाई उजागर गर्दै मनका वेदना, पीडा, उमङ्ग, खुशी एवं भावनालाई गीतका मार्फत प्रस्तुत गर्ने चलन छ । पहिले पहिले घरबाट पीडित बुहारीहरुको पीडा गीत मार्फत प्रस्तुत गर्ने गरेको भएपनि समयक्रममा त्यसमा आएको परिवर्तन सँगसँगै भएको गीतको शैली परिवर्तन आजका तीजका गीतमा देखिन्छ ।

यहि क्रमका गीतहरु गाउँघरका जमघटबाट अझै पर हटेर मुलत गायिका र बदलिँदो परिस्थितिमा गायकले समेत तीज दोहोरी गाउने चलन बनेको छ । तीजका अवसरमा वर्षेनी ८०० देखी १००० गीत प्रकाशित हुने गरेका छन् । यी नै तीजका श्रष्टाहरु पुरस्कृत होउन् र स्रष्टाले सम्मान तथा प्रोत्साहन पाउन भनेर तीज अवार्ड गर्ने गरेको कार्यक्रमकी संयोजक गीता अधिकारीले बताएकि छिन् ।

छायाँछवि क्रियशनका अध्यक्ष शान्तिप्रियले पाँचौं तीज म्यूजिक अवार्डमा तीजका विभिन्न ३० विधामा स्रष्टालाई पुरस्कृत गरिने बताए । साथै प्रियले तीज अवार्ड आगामी भाद्र २५ गते काठमाडौंमा सम्पन्न गरिने जानकारी गराए ।

 Image