Successfully Copied

ममा वास्तविक प्रधानमन्त्री बन्ने चाहना छैन

पहिलो कुरा त स्क्रिप्टमा भर पर्छ । उसँग मिल्ने भूमिका छ भने टेक इट इजी भनेर अवश्य काम गर्छु । यो संसारमा गरेर नहुने कुरा के छ र ? हामी कलाकारको धर्म हो–जस्तोसुकै भूमिका न्यायपूर्ण ढंगले निर्वाह गर्न सक्नु ।

सिंहदरबार टेलिफिल्ममा जस्तै वास्तविक जीवनमा पनि प्रधानमन्त्री बन्नुभयो भने यहाँका प्राथमिकता के–के हुनेछन् ?

पहिलो कुरा त ममा वास्तविक प्रधानमन्त्री बन्ने चाहना छैन । कथंकदाचित् भैहालें भने म तीनवटा मुद्दालाई प्राथमिकतामा राख्नेछु । शिक्षा, ग्रामीण क्षेत्रमा सडक बिस्तार तथा महिलाको जीवनस्तर उकास्ने कार्यक्रम ।

पैसा झिक्न एटिएम छिर्दा त्यहाँबाट नेपाली रुपैंयाँको साटो ह्वारह्वार्ती डलर झर्न थाले के गर्नुहुन्छ ?

सुरुमा त अचम्म मान्थें । तत्काल त्यो मेरो होइन भन्ने सोचेर अपरेटरलाई बोलाई तपाईंको सिस्टममा खराबी छ छिटो सुधार्नुहोस् भन्थें ।

तपाईंको झोलाभित्र के होला ?

आइड्रप, मोबाइल, इयरफोन तथा पर्स ।

अनमोल के.सी को अपोजिटमा  प्रस्ताव आयो भने ?

पहिलो कुरा त स्क्रिप्टमा भर पर्छ । उसँग मिल्ने भूमिका छ भने टेक इट इजी भनेर अवश्य काम गर्छु । यो संसारमा गरेर नहुने कुरा के छ र ? हामी कलाकारको धर्म हो–जस्तोसुकै भूमिका न्यायपूर्ण ढंगले निर्वाह गर्न सक्नु ।

प्रेम किन संसारकै उत्कृष्ट भावनामा दरिएको होला ?

जन्मभन्दा अघि नै सुरुवात हुन्छ प्रेमको । गर्भमा आउँदा र गर्भ राख्दादेखि नै प्रेम अंकुराउन थाल्छ । त्यही बेलादेखि प्रेम जोडिइसकेको हुन्छ ।

यदि तपाईं उत्कृष्ट नायिकाका रूपमा ओस्कारको मनोनयनमा पर्नुभयो भने प्रतिस्पर्धीहरूलाई के भन्न चाहनुहुन्छ ?

मद्वारा अभिनीत चलचित्र मुकुन्डो त्यहाँसम्म पुगेकै हो भलै अन्तिम मनोनयनमा परेन । यदि म ओस्कारमा बेस्ट एक्ट्ेरसको मनोनयनमा परें भने मेरा सहयोगीहरूलाई मनैदेखि धन्यवाद अनि प्रतिस्पर्धीहरूलाई गुड लक भन्न चाहन्छु ।

तपाईंको सेलिब्रेटी क्रस ?

ब्रस बेलिस, मेरो फेभरेट हलिउड हिरो ।

तपार्इं पुरुष भएको भए तपाईंको नाम र पेसा के हुन्थ्यो होला ?

मेरो नाम गौरा र पेसा आर्मी ।

 

 Image