Successfully Copied

पार्टीका लागि गाउनको छनोट

–पिंक, मरुन, ब्लुजस्तै भाइव्रेट कलरको गाउन लगाएर पार्टीमा सहभागी भए लुक्स ग्ल्यामरस देखिन्छ । –क्लासी लुक्सका लागि कालो वा सेतो रंगको गाउन प्रभावकारी हुन्छ ।

पार्टीमा सबैभन्दा फरक एवं आकर्षक देखिने चाहना सबैमा हुन्छ । विशेषगरी महिलाहरू यो मामिलामा अगाडि छन् । यसका लागि बजारमा पनि त्यस्तै प्रकारका विभिन्न पहिरन भित्रिएका छन् । त्यसमध्ये एक हो–गाउन । हिजोआज गाउनप्रति धेरैजसो महिला आकर्षित छन् । लगाउन सहज तथा आरामदायक हुनुका साथै ट्ेरन्डी एवं कुल लुक्स प्रदान गर्नु गाउनको बलियो पक्ष हो । यसकारण गाउन खरिद गर्दा आफूलाई कस्तो गाउन सुहाउँछ, कस्तो स्टाइल ठीक हुन्छ भन्ने कुरामा पनि विशेष ध्यान पुर्‍याउनुपर्छ ।

–सबैको नजर आफूतिर खिच्न फिटिङ गाउन उपयुक्त हुन्छ ।

–ग्ल्यामरस लुक्सका लागि वान सोल्डर गाउन छनोट गर्नुपर्छ ।

–पिंक, मरुन, ब्लुजस्तै भाइव्रेट कलरको गाउन लगाएर पार्टीमा सहभागी भए लुक्स ग्ल्यामरस देखिन्छ ।

–क्लासी लुक्सका लागि कालो वा सेतो रंगको गाउन प्रभावकारी हुन्छ ।

–शरीर मोटो छ भने डार्क सिंगल कलरको गाउन राम्रो देखिन्छ । यो रंगको गाउनले स्लिम देखिन सघाउँछ ।

–गाउन खरिद गर्दा स्किन टोनमा पनि ध्यान पुर्‍याउनुपर्छ ।

–गाउनका साथै क्लासी एसेसरिज लगाउनु तथा गाउनसँग मिल्दो हेंगिङ ब्याग पनि बोक्नुपर्छ ।

–गाउनका साथ हाई हिल फुटवेयर नै उपयुक्त हुन्छ ।

–गाउनका साथमा एम्बलिस्ड क्लच वा पर्स बोक्दा अत्यन्तै आकर्षक लुक्स प्राप्त हुन्छ ।

–गाउन लगाउँदा केशको विशेष सज्जा गर्नुपर्छ ।

 

 Image