Successfully Copied

महिलामैत्री बन्दै वित्तीय क्षेत्र

वित्तीय क्षेत्रमा महिलाको सहभागिता मात्र होइन महिलाका लागि सेवा–सुविधा पनि थपिँदै गएका छन् । महिला लक्षित विविध स्किम, योजना तथा सेवा नेपालका बैंक तथा वित्तीय क्षेत्रमा क्रमिक रूपमा बढिरहेको पाइन्छ । नेपालमा संचालित सरकारी तथा निजी बैंकलगायत विभिन्न वित्तीय संघ–संस्थाहरूले फरक–फरक नाममा

नेपालमा वित्तीय क्षेत्रको विकास दु्रत गतिमा भैरहेको छ । यस क्षेत्रमा महिलाको सहभागिता पनि बढ्दो छ । महिलाको इमान्दारिताकै कारण अर्थजस्तो संवेदनशील क्षेत्रमा महिलालाई बढी विश्वास गरिन्छ । वित्तीय क्षेत्रमा महिलाको सहभागिता मात्र होइन महिलाका लागि सेवा–सुविधा पनि थपिँदै गएका छन् । महिला लक्षित विविध स्किम, योजना तथा सेवा नेपालका बैंक तथा वित्तीय क्षेत्रमा क्रमिक रूपमा बढिरहेको पाइन्छ । नेपालमा संचालित सरकारी तथा निजी बैंकलगायत विभिन्न  वित्तीय संघ–संस्थाहरूले फरक–फरक नाममा सुलभ बचत र राम्रो ब्याजदरमा नारी बचत खातामार्फत पनि यो क्षेत्रमा महिला सहभागिताका लागि उत्प्रेरित गरिरहेको पाइन्छ । यो क्षेत्रप्रति महिलाको विश्वास र आकर्षण गजबले वृद्धि हुँदै गएको छ ।

रिलायन्स लाइफ इन्स्योरेन्स, सिद्धार्थ बैंक तथा अन्य प्रतिष्ठित व्यापारिक घरानाद्वारा प्रवद्र्धित संस्था हो । भर्खरै पहिलो वार्षिकोत्सव मनाएको यो कम्पनीले हाल ५ वटा जीवन बीमा योजनाबाट आफ्ना ग्राहकहरूलाई सेवा प्रदान गरिरहेको छ भने निकट भविष्यमै थप ३ वटा बीमा योजना ल्याउने तयारीमा छ । कम्पनीले अहिले मेरो मुटु बाल जीवन योजना तथा सुखमयजीवन योजना (सावधिक तथा आजीवन), सुरक्षित जीवन (सावधिक), धन फिर्ता (१५ र २० वर्ष), जीवन शान्ति बीमा आदि योजनाद्वारा ग्राहकहरूलाई सेवा पुर्‍याउँदै आएको रिलायन्सका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुली बताउँछन् । रिलायन्सले अतिरिक्त सुविधाअन्तर्गत १८ वटा घातक रोगविरुद्धको रक्षावरण, दुर्घटना मृत्यु, पूर्ण स्थायी अशक्तता, बीमा शुल्क छुट, मासिक आयजस्ता सुविधाहरू पनि प्रदान गर्दै आएको छ । रिलायन्स लाइफ इन्स्योरेन्सले ग्राहकहरूका निम्ति जीवनका विभिन्न चरणमा आवश्यक पर्ने बचत र सुरक्षा सेवा प्रदान गर्दै आएको छ ।

पराजुली भन्छन्–कम्पनीले बालजीवन योजना र १८ घातक रोगविरुद्धको रक्षावरण लिएर आएको छ । एक महिनादेखि नै बच्चाको बीमा गर्न सकिने यो योजनाअन्तर्गत बच्चा र अभिभावक (प्रस्तावक) दुवैजनाको एउटै अभिलेखद्वारा जीवन रक्षावरण गर्न सकिनेछ । यो योजनाले शिशुको दीर्घकालीन आर्थिक सुरक्षा तथा बचतको अवसर प्रदान गर्छ । अतिरिक्त सुविधाअन्तर्गत १८ वटा घातक रोग विरुद्धको रक्षावरण हालै सार्वजनिक भएको छ । बीमितले यो सुविधाअन्तर्गत न्यूनतम बीमा शुल्कमा कुनै एक घातक रोग चिकित्सकीय रूपमा प्रमाणित भएको अवस्थामा ५० लाखसम्म प्राप्त गर्न सक्छन् ।

नेपालका निर्जीवन बीमा कम्पनीहरूमध्ये अग्रणी स्थानमा रहन सफल शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको एकमात्र महिला शाखा चाबहिल, चुच्चेपाटीमा छ । बीमा क्षेत्रमा सबैभन्दा बढी रोजगारी सिर्जना गर्न सक्षम शिखर इन्योरेन्सको यो शाखा ४ वर्षअघि स्थापना भएको हो । यो शाखामा कुल ७ जना कर्मचारी कार्यरत छन् । कम्पनीकी शाखा प्रमुख नितु पाण्डे भन्छिन् -Women are born Managers” भनेझैं हाम्रो यो शाखामा कार्यरत सम्पूर्ण महिला कर्मचारी आपसी समझदारीका साथ एक–आपसमा सहकार्य गर्दै आफ्नो जिम्मेवारी निर्वाह गरिरहेका छौं ।

नितुका अनुसार बीमा दु:खको साथी हो । महिला र दु:खबीच गहिरो सम्बन्ध रहेको हुनाले पनि बीमितलाई दु:ख पर्दा आफ्नै दु:ख मानी उचित सल्लाह–सुझाव दिन हरदम तत्पर यहाँका महिला कर्मचारीहरू सेवाका लागि सीमित समय भन्दैनन् । यो शाखाको मुख्य लक्ष्य निम्न वर्गीय जनतालाई बीमाका बारेमा ज्ञान दिने तथा भविष्यमा हुनसक्ने अकल्पनीय दुर्घटना तथा जोखिमहरूबाट कसरी बच्न र बचाउन सकिन्छ भनेर सचेत गर्नु–गराउनु हो ।

शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड नेपालको अग्रणी बीमा कम्पनी भएजस्तै बीमा क्षेत्रका लागि यो शाखा अन्य शाखाको तुलनामा अग्रणी स्थान ओगट्न सफल छ । यो शाखाबाट बीमासम्बन्धी सम्पूर्ण सेवा–सुविधा उपलब्ध गराइन्छ । पाण्डे भन्छिन्–‘महिलाहरू आपसमा कुरा काट्ने, खुट्टा तान्ने गर्छन् भन्ने नेपाली कथनलाई हाम्रो शाखाका महिला कर्मचारीहरूले गलत साबित गरिदिएका छन् । एक–आपसमा सहकार्य गरी सुख–दु:ख बाँड्दै एक जुट भएर काम गर्ने वातावरण यो शाखाको सबल पक्ष हो ।

मेटलाइफ नेपालले फेब्रुअरी, २०१८ देखि लाइफकेयर नामक नयाँ म्यादी बीमालेख थालनी गरेको छ । यो बीमा लेखले जीवनको क्षति, आकस्मिक घटना तथा चौबीस वटा घातक रोगमा विस्तृत आर्थिक सुरक्षा प्रदान गर्छ । नेपालमा सुरु गरिएको यस किसिमको बीमा योजनामा महिलाहरूका लागि विशेष किसिमले तयार गरिएका सुविधाहरू एवं सामान्यतया सबैका लागि सुहाउँदो सुविधा समावेश गरिएको छ । नेपालको बीमा बजारको सुरक्षा रिक्ततालाई पहिचान गरी नेपालमा बढी लाग्ने घातक रोगका लागि यो योजना सुरुवात गरिएको हो । यस्ता रोगले सम्बन्धित व्यक्ति र उनीहरूको परिवारलाई मानसिक एवं शारीरिक बोझ मात्र नदिई आर्थिक हिसाबले समेत असर गरिरहेको हुन्छ ।

लाइफकेयरले यो योजना कुनै घातक रोग पत्ता लागेको अवस्थामा सम्बन्धित व्यक्ति मात्र नभई परिवारलाई आवश्यकताअनुसारको आर्थिक सुरक्षा तथा शान्ति प्रदान गर्न तयार पारेको हो । लाइफकेयरले सम्बन्धित व्यक्तिलाई रोगको उपचार र स्वास्थ्य खर्च मात्र होइन रोग र उपचारले गर्दा गुमाएको आयलाई पुनस्र्थापना गर्न तथा निज काममा नफर्किएसम्मको धितो सुरक्षणका लागि वा व्यक्तिगत ऋण रकम भुक्तान गर्न एकमुष्ठ रकम उपलब्ध गराउँछ । १८ देखि ६० वर्षसम्मका व्यक्तिले १, ५, १०, १५ तथा २० वर्षसम्मका लागि यो बीमाका लागि आवेदन दिन सक्नेछन् जसमा प्रत्येक तीन महिनामा एकपटक, अर्ध वार्षिक तथा वार्षिक रूपमा प्रिमियम किस्ता बुझाउन सकिन्छ ।

मेगा बैंकले मेगा जीवनसाथी बचत खाता एवं मेगा नारी सिर्जनशील बचत खाता गरी महिलाका लागि दुईवटा विशेष सुविधा अगाडि ल्याएको छ । मेगा नारी सिर्जनशील बचत खाताअन्तर्गत १६ वर्षमाथिका योग्य युवती एवं महिलाले ५ सय रुपैंयाँमा खाता खोल्न सक्छन् । ६ दशमलव ५० प्रतिशत वार्षिक ब्याज पाइने यो खातामा नि:शुल्क चेकबुक, भिसा तथा डेबिड कार्ड, मोबाइल तथा अनलाइन बैंकिङ, लकरमा २५ प्रतिशत छुट, इन्स्योरेन्समा २५ प्रतिशत छुटका साथै चाहेको खण्डमा स्टेटमेन्ट अकाउन्ट प्राप्त गर्न सकिनेछ । मेगा बैंकका दिवसजंग कार्कीका अनुसार मेगा जीवनसाथी बचत खाता प्रि तथा पोस्ट म्यारिज कपलका साथै विवाहको तयारीमा रहेकाहरूका लागि संचालित छ ।

यसअन्तर्गत विशेष सुविधासहित न्यूनतम ५ हजार रुपैंयाँमा खाता खोल्न सकिनेछ । ७ प्रतिशत ब्याज, नि:शुल्क डेबिड कार्ड तथा अनलाइन बंैकिङ, मासिक रूपमा ५ लाख वा कम नै भए पनि बचत गर्नेहरूका लागि नि:शुल्क एक्सिडेन्टल डेथ इन्स्योरेन्स, अस्पताल भर्ना भए ५० हजारसम्म नि:शुल्क स्वास्थ्य बीमा, १८ महिने किस्तामा ५ लाखसम्मको इएमआई आदि सेवा–सुविधा मेगा जीवनसाथी बचत खातामा उपलब्ध छन् । यी सुविधामध्ये कतिपयमा सर्तहरू लागू हुने कुरा बताउँदै कार्की भन्छन्–‘एक्सिडेन्टल डेथ इन्स्योरेन्स दाबीका लागि खाता खोलेको एक महिना पुगी अन्य कतिपय सर्त पूरा गर्नुपर्ने हुन्छ भने स्वास्थ्य बीमा दाबी गर्न पनि उस्तै प्रक्रिया छ ।

५ लाख इएमआइका निम्ति विवाहअघि र पछि बैंकको क्रेडिट कार्डद्वारा ९० दिने अवधिभित्र खर्च गर्ने रकम रहनेछ । लाइफ इन्स्योरेन्सको १ वर्षे प्रिमियम भुक्तानीमा मात्र १० प्रतिशत जोडीका लागि र ५ प्रतिशत व्यक्तिगत तथा शिशु योजनामा सुविधा प्रदान गरिन्छ । त्यसबाहेक मेघाले डाक्टर, इन्जिनियर, पाइलट, सरकारी कर्मचारीलगायत व्यवस्थापकीय पदमा रहेकाहरूका लागि स्पेशल प्रोफेसनल लोन पनि दिन्छ ।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले महिला लक्षित आकर्षक योजना अघि सारेको छ । नेपाल लाइफ इन्स्योरेन्सद्वारा सञ्चालित जीवनसाथी बीमा महिलाले मात्र गर्न पाउँछन् जसमा श्रीमान्–श्रीमती दुवैको रिस्क कभर हुन्छ । नेपाल लाइफ इन्स्योरेन्सकै अर्को कार्यक्रम जीवनलक्ष्मी बीमाले महिलाका लागि माइक्रो इन्स्योरेन्सलाई समेटेको छ । कम्पनीका कर्पोरेट तथा फरेन एक्सपार्टियट इन्स्योरेन्स हेड पवनकुमार खड्का भन्छन्–‘हामीले सधैं महिला, बालबालिका तथा वृद्धवृद्धालाई प्राथमिकतामा राखेर कार्यक्रम तय गर्छौं । महिलाहरू ३० वर्षपछि अर्थात् भनौं आमा बनिसकेपछि थुप्रै रोगको जोखिममा हुन्छन् । विशेषत: प्रजनन् र महिलामा हुने क्यान्सरलगायत हड्डीका समस्या महिलामा बढी देखिन्छन् । यिनै कुरालाई मध्यनजर गर्दै हामी आगामी दिनमा महिलाको स्वास्थ्य जोखिमलाई सम्बोधन गर्ने गरी नयाँ योजना ल्याउने तयारीमा छौं ।’ वार्षिक रूपमा ४० प्रतिशत अर्थात् ४१ हजार महिलाले नेपाल लाइफ इन्स्योरेन्समार्फत बीमा गराएको तथ्यांक छ जुन समग्रको १५ प्रतिशत हुन आउँछ ।

सनराइज बैंकले महिला लक्षित पिंक सेभिङ अकाउन्ट सुरु गरेको ८ वर्ष भैसकेको छ । यसमा बैंकको मुख्य उद्देश्य गृहिणीदेखि व्यावसायिक महिलासम्मलाई आत्मनिर्भर बनाउने र बचतको बानी बसाल्नु भएको सनराइज बैंककी रविना दाहाल बताउँछिन् । दाहालका अनुसार यो अकाउन्टअन्तर्गत दैनिक ब्याज प्रदान गरिन्छ भने स्वास्थ्य बीमा, दुर्घटना बीमासमेत उपलब्ध गराइन्छ । दाहाल भन्छिन्–‘सनराइज बैंकको पिंक सेभिङ अकाउन्टले महिला तथा बैंकलाई भावनात्मक रूपमा गाँसेको हामीले अनुभव गरेका छौं ।’

रञ्जन खड्का, चिफ मार्केटिङ अफिसर सेन्चुरी बैंक

 हामीले सेञ्चुरी बैंकमार्फत महिलाका लागि विशेष कार्यक्रम तथा संस्थागत नीति अख्तियार गरेका छौं । महिलालाई बचत एवं वित्तीय क्षेत्रमा प्रेरित गर्न नारी बचत योजना, लकरमा सुविधा, न्यूनतम नगदमा खाता खोल्ने व्यवस्थाका साथै नि:शुल्क डेबिड–क्रेडिट कार्ड र चेकबुक, राम्रो ब्याज आदि सेवाहरू प्रदान गरिरहेका छौं ।

अनुपमा खुञ्जेली,

सिईओ, मेगा बैंक

मेगा बैंक मुलुक समृद्धिको नाराका साथ अघि बढिरहेको छ । विकास र समृद्धि महिलाको सहभागिताबिना सम्भव छैन तसर्थ हामी वुमन हेप्पिनेसका लागि विभिन्न सेवा र योजनासहित अघि बढिरहेका छौं । ६० प्रतिशत महिला कर्मचारीबाट सुरु भएको मेगा बैंक महिलामैत्री त छ नै त्यसका अतिरिक्त यहाँ नारी स्पेसिफिक कर्जा पनि यथेष्ट मात्रामा उपलब्ध छ । महिला उद्यमशीलताले नै समृद्धि ल्याउने हो, बढीभन्दा बढी महिला उद्यमशीलता बढाउने हाम्रो योजना छ । महिलालाई आर्थिक रूपमा सबल बनाउन सके मात्र मुलुकको समृद्धि सम्भव छ । यसका लागि मेगा बैंकले महिलाका लागि लगानी बढाउने नीति कार्यान्वयन गरेको छ ।

                                                                                                 क्रमश...

 

 Image