Successfully Copied

घरपालुवाले धेरै खाने समस्या

प्राय:जसो कुकुर खानाको मामिलामा लोभी नै मानिन्छन् । अनुसन्धानले पनि के देखाएको छ भने जसरी जंगलबाट यिनीहरू घरपालुवाका रूपमा मानिसको विश्वासिलो साथी बन्न पुगे त्यसैगरी यिनीहरू आफ्ना घर धनीसँग खाना माग्न र धेरै खानाको आशा गर्न सिपालु भए । यद्यपि समस्या तब सिर्जना

 

मानसिक समस्या

घरपालुवा कुकुरहरू प्राय: तनाव सहन सक्दैनन् । तनाव हुँदा उनीहरूले साबिकको भन्दा बढी खाना खान्छन् । वातावरणमा हुने परिवर्तनले पनि तनाव उत्पन्न हुन्छ र धेरै खान खोज्छन् । उनीहरूले मन पराएको मान्छे बाहिर जाँदा वा नयाँ सदस्य आउँदा घरमा, कुनै नयाँ घरपालुवा ल्याउँदा उनीहरूमध्ये कतिपयले खाँदै नखाने त कतिपयमा धेरै खाइदिने प्रवृत्ति देखापर्छ ।

शारीरिक समस्या

मधुमेह

मानिसजस्तै घरपालुवालाई पनि मधुमेह हुनसक्छ । माइन्जुलिनको उत्पादन कम हुँदा शरीरमा कार्बोहाइड्ेरटको प्रयोग कम हुन्छ । मधुमेहमा घरपालुवाले जति खाए पनि उसको वजन कम हुँदै जान्छ ।

परजीवी–जुका

टेप वर्म, राउन्ड वर्म, हुक वर्म आदि विभिन्न किसिमका जुकाले यो समस्या निम्त्याउन सक्छन् ।

थाइराइड

थाइराइड ग्रन्थिले सही मात्रामा थाइराइड हार्मोन्स उत्पादन नगर्दा घरपालुवाको पाचन प्रणाली प्रभावित हुन्छ । फलस्वरूप उनीहरूमा धेरै खाना खाने, मोटाउँदै जाने, रोगसँग लड्ने क्षमतामा र्‍हास आउने आदि समस्या देखा पर्छन् ।

त्यसैगरी बढ्दो उमेरमा कुनै औषधिका कारणले वा प्यानक्रियाज ग्रन्थिले काम नगर्दा पनि घरपालुवाले साबिकको भन्दा बढी खाना खान्छन् । घरपालुवामा यस्ता समस्या छन् भने पशुचिकित्सकको सल्लाहबमोजिम उपचार गराउनुपर्छ ।

                                                                           एडभान्स पेट हस्पिटल

                                                                          विशालनगर, काठमाडौं

 Image