Successfully Copied

महिला यौनिकताको प्रश्न

सेक्सुयल रेस्पोन्समा इच्छाहरू प्रमुख हुन्छ भन्ने मानिन्छ, यसैबाट उत्तेजना हुन्छ र त्यसपश्चात् नै महिलाहरू चरमसुखसम्म पुग्छन् । कैयन् पटक चाहना नहुँदा पनि उत्तेजना हुन्छ । उत्तेजनापश्चात् नै यौनसम्पर्कको इच्छा जागृत हुन्छ । कैयन् महिला के मान्छन् भने सुरु–सुरुमा उनीहरूमा कुनै इच्छा हुँदैन तर

यौन चाहनालाई लिएर पुरुष–महिला दुवैमा उति धेरै फरक पाइँदैन, जति भनिन्छ । महिलाहरूको यौनिकताका बारेमा जति कुरा गरिन्छ त्यसमा आधा मात्र सत्य हुन्छ । सेक्स तथा रिलेसनसिप एक्सपर्ट क्रिस्टिन मार्कलले हफिङ्गटन पोस्टमा प्रकाशित गरेको अनुसन्धान प्रतिवेदनअनुसार स्त्री यौनिकतालाई लिएर आम रूपमा गलत एवं भ्रामक सूचनाहरू बाहिर आउने गरेका छन् ।

स्त्रीमा यौनचाहना

अनुसन्धान अनुसार महिला र पुरुष दुवैको यौन चहानामा कुनै न कुनै समयमा कमी आउँछ । यौन विशेषज्ञहरूका अनुसार कैयन् अवस्था महिलाहरू पनि आफ्नो साथीमा यौन चाहना कम भएको गुनासो गर्छन् । महिलाले गर्भावस्था, महिनाबारी, रजनोवृत्तिका साथै कैयन् हार्मोनल परिवर्तनबाट गुज्रनुपर्ने हुन्छ, अत: उनीहरूको यौन चाहना समय–समयमा परिवर्तन भैरहन्छ ।

पहिले चाहना, त्यसपछि उत्तेजना

सेक्सुयल रेस्पोन्समा इच्छाहरू प्रमुख हुन्छ भन्ने मानिन्छ, यसैबाट उत्तेजना हुन्छ र त्यसपश्चात् नै महिलाहरू चरमसुखसम्म पुग्छन् । कैयन् पटक चाहना नहुँदा पनि उत्तेजना हुन्छ । उत्तेजनापश्चात् नै यौनसम्पर्कको इच्छा जागृत हुन्छ । कैयन् महिला के मान्छन् भने सुरु–सुरुमा उनीहरूमा कुनै इच्छा हुँदैन तर साथीबाट पाकक्रिडा प्रारम्भ भएपछि उत्तेजना बढ्न थाल्छ । यौन मामिलामा इच्छा जागे पछि मात्र सम्बन्ध स्थापित हुन्छ भन्ने हुँदैन ।

महिलामा यौन शीतलता

अनुसन्धानहरूले कति प्रतिशत व्यक्ति काम शीतलताबाट ग्रस्त छन् भन्ने किटान गर्न सकेका छैनन् । यसको कारण के हो भने हामीलाई वास्तवमै थाहा छैन कि जसलाई शीतलता भनिदैछ के त्यो साँच्चै हुन्छ ।

वर्ष १९९९ मा गरिएको एक अनुसन्धान लगभग ४३ प्रतिशत महिला काम शीतलताबाट ग्रस्त रहेको पाइयो । अन्य केही सर्वेमा सहभागीहरूले प्रश्नको उत्तर हो र होइनमा दिनुपर्ने थियो । सहभागीहरूलाई सोधिएको थियो कि पछिल्लो एक वर्षमा दुई महिनासम्म यी सातमध्ये कुन एउटा समस्याको सामना गर्नुपर्‍यो ? यो प्रश्नको उत्तरमा मात्र हो/होइनको विकल्प थियो । जुन स्त्रीले हो मा जवाफ दिए, उनीहरूलाई ४३ प्रतिशतको श्रेणीमा समावेश गरियो । सहभागी महिलालाई आफ्नो उत्तर विस्तारमा व्यक्त गर्ने सुविधा थिएन । जबकि उनीहरूका केही समस्या उत्साहजनक सहभागितासम्बन्धी ब्याकुलता, चिन्ता, सुख्खा योनी वा स्वास्थ्यसम्बन्धी थियो । काम शीतलताबाहेक पनि त्यस्ता कैयन् कारण हुन्छन्, जसको कारण यौन समस्या हुन सक्छ ।

महिलामा पनि पुरुषमा जस्तै यौन चाहना कम वा बढी हुन सक्छ । बढी इच्छा हुनुको अर्थ महिला सामान्य छैनन् भन्ने बुभिँंदैन । कैयन् पटक हार्मोनल परिवर्तनका समस्यामा पनि कामेच्छाको स्तर बढ्छ । एक सर्वेक्षणमा लगभग ५२ प्रतिशत महिलालाई ‘उच्च कामुक’ श्रेणी राखियो । उक्त नयाँ सर्भेले महिलामा कामेच्छालाई निम्नस्तरको कुरा मान्नेहरूलाई जवाफ प्रदान गर्छ । यस अर्थमा महिलामा पनि कामच्छे बढी वा कम हुन सक्छ भन्न सकिन्छ ।

 Image