Successfully Copied

वर्षामा छालाको हेरचाह

- वर्षामा छाला चिलाउनुका साथै एलर्जी पनि हुन सक्छ । यो मौसममा हात, अनुहार तथा खुट्टाको सफाइमा विशेष ध्यान पुर्‍याउनुपर्छ । - डन्डिफोर एवं एक्नेको समस्या बढी नै देखिने हुँदा लिनमा दुई पटक फेसवासले अनुहार धुनुपर्

 

-    वर्षामा ओसले गर्दा छालामा विभिन्न समस्या देखा पर्छन्, ओसका कारण छालामा रोगका जीवाणु मौलाउँछन् ।

-    वर्षामा छाला चिलाउनुका साथै एलर्जी पनि हुन सक्छ । यो मौसममा हात, अनुहार तथा खुट्टाको सफाइमा विशेष ध्यान पुर्‍याउनुपर्छ ।

-    डन्डिफोर एवं एक्नेको समस्या बढी नै देखिने हुँदा लिनमा दुई पटक फेसवासले अनुहार धुनुपर्छ ।

-    ओसिलो मौसमका कारण नाइलनको मोजा तथा कसिलो जुत्ता प्रयोग गर्दा खुट्टामा इन्फेक्सन हुन सक्छ ।

-    सरसफाइमा विशेष ध्यान पुर्‍याउनुपर्छ । छालालाई ओसिलो हुनबाट जोगाउनुपर्छ ।

-    चर्को घामबाट जोगिन सन स्क्रिन लगाउनुपर्छ । ३० एसपिएफको सनस्क्रिन लगाउनु उपयुक्त हुन्छ ।

-    डन्डिफोर, चायाँ, पोतो तथा एक्नेको समस्या हुनेहरूले मसालेदार खानेकुरा कम खानुपर्छ ।

-    यतिबेला पसिना गुम्सिने ठाउँ जस्तो काखी, औंलाको काप तथा अन्य भागमा दाद आदिको समस्या देखा पर्न सक्छ । त्यसैले सरसफाइमा विशेष ध्यान पुर्‍याउनुपर्छ ।

- फंगल इन्फेक्सनले छाला धेरै चिलाए वा पोले छाला विज्ञको सल्लाह लिनु बेस हुन्छ ।

 Image