Successfully Copied

वर्षा र स्वास्थ्य

यो मौसममा दूध चियाभन्दा पनि अदुवा, तुलसी, पुदिना वा कालो नुनको हर्बल चिया फाइदाजनक हुन्छ । यस्तो चियामा एन्टिब्याक्टेरियल गुण हुन्छ । आफूलाई मन पर्ने तरकारी तथा कुरिलोको सुप पिउनु लाभदायक हुन्छ ।

 

-    वर्षामा स्वस्थ रहन पानी उमालेर मात्र पिउनुपर्छ ।

-    घरबाहिर जाँदा पनि आफ्नो घरबाट निर्मलीकरण गरिएको पानी लिएर जानु उपयुक्त हुन्छ ।

-    यो मौसममा दूध चियाभन्दा पनि अदुवा, तुलसी, पुदिना वा कालो नुनको हर्बल चिया फाइदाजनक हुन्छ । यस्तो चियामा एन्टिब्याक्टेरियल गुण हुन्छ ।

-    आफूलाई मन पर्ने तरकारी तथा कुरिलोको सुप पिउनु लाभदायक हुन्छ ।

-    रोगप्रतिरोधक क्षमता बढाउन लसुन, ब्रोकाउली, च्याउ, गाजरजस्ता खानेकुरा खानुपर्छ । काँक्रो गाजर खाँदा बोक्रा ताछेर केही समय पानीमा डुबाएपछि मात्र खानु उपयुक्त हुन्छ ।

-    पानीमा भिजे घर पुगेपछि नुहाउनुपर्छ । नुहाउनाले इन्फेक्सनबाट जोगिन सकिन्छ भने यसबाट शरीरको तापक्रम पनि सामान्य रहन्छ ।

-    फ्रिज हरेक दुई–तीन दिनमा सफा गर्नुपर्छ ।

-    जमेको पानीमा लामखुट्टे हुर्कने तथा रोग फैलने संभावना भएकाले घर वरिपरि पानी जम्मा हुने खाल्डाहरू पुरिदिनुपर्छ ।

-    लामखुट्टेको टोकाइबाट जोगिन झुल प्रयोग गर्न सकिन्छ । बालबालिकालाई लामखुट्टेको टोकाइबाट जोगाउन छालामा तोरीको तेल लगाइदिनु उपयुक्त हुन्छ ।

-    खाना छोपेर राख्नुपर्छ । खाना खानुअघि साबुनपानीले राम्रोसँग हात धुनुपर्छ ।

 Image