Successfully Copied

पूर्वमा तीजको लहर...

हिन्दू नेपाली नारीहरूको महान् पर्व तीजको आगमनसँगै पूर्वेली लोकगायिकाहरू तीजको गीत रेकर्डिङ तथा म्युजिक भिडियो छायांकनमा जुटेका छन् । विशेषगरी पूर्वमा चर्चा कमाएका गायिकाहरू अञ्जु गौतम, यमुना पराजुली, चन्दा खड्का एवं गंगा गौतमलाई तीजले छपक्कै छोएको छ ।

हिन्दू नेपाली नारीहरूको महान् पर्व तीजको आगमनसँगै पूर्वेली लोकगायिकाहरू तीजको गीत रेकर्डिङ तथा म्युजिक भिडियो छायांकनमा जुटेका छन् । विशेषगरी पूर्वमा चर्चा कमाएका गायिकाहरू अञ्जु गौतम, यमुना पराजुली, चन्दा खड्का एवं गंगा गौतमलाई तीजले छपक्कै छोएको छ । उनीहरू यतिबेला पूर्वका विभिन्न स्थानमा तीज गीतको म्युजिक भिडियो छायांकन सकेर तीजको प्रतीक्षामा छन् ।

विगत एक दशकदेखि इटहरीमा लोकगीत–संगीतमा क्रियाशील गायिका अञ्जु गौतमले यो वर्षको तीजमा ‘स्वयंवरको रातो साडी लगाउ छपक्कै’ गीत तथा भिडियो तयार पारेकी छिन् । गायिका यमुना पराजुली पनि तीज गीत रेकर्डिङमा जुटेकी छिन् । उनले यो वर्षको तीजमा कलियुगकी देबीलाई सजाएझैँ भा’की छु गीत रेकर्ड गराइसकेकी छिन् ।

विगत केही वर्षयता तीजका गीत सार्वजनिक गर्दै आएकी चन्दा खड्काले यो वर्षको तीजमा घिनघिन मादल घन्काउँदै गीत बजारमा ल्याउने तयारीमा छिन् । लोकदोहोरी गायिका गंगा गौतम राजकुमार बगरको शब्द तथा संगीतमा बरिलै गीत बजारमा ल्याउने तयारीमा छिन् । यस पटकको तीज गीतमा आफूले महिलाहरूले भोग्नुपर्ने पीडा–बेदना प्रस्ट्याउन खोजेको गौतम बताउँछिन् ।

 

 Image