Successfully Copied

भाद्र महिनाको राशिफल

पारिवारिक वातावरण सुुखमय रहनेछ । छोराछोरीको खुुसीका निम्ति केही खर्च हुुनसक्छ । व्यक्तिगत काममा सफलता हात पर्नेछ । किनमेलमा समय बित्नेछ । उपहार पनि प्राप्त होला । दाम्पत्य जीवन अपेक्षा गरेजस्तै सुुखमय रहनेछ । कसैकसैलाई कुुनै कार्यका लागि स्यावासी मिल्नसक्छ । तपार्इंको वाकपटुुता

मेष

आफन्त एवं इष्टमित्रहरूसँग भेटघाट गर्ने अवसर जुर्नेछ भने आर्थिक पक्ष सुदृढ रहनेछ । काम गर्दा अपजस मिल्न सक्ने भएकाले कार्यक्षेत्रमा सक्रिय रहने प्रयास गर्नुुहोला । प्रतिस्पर्धीहरूबाट टाढै रहनुुपर्नेछ । छोराछोरीको इच्छा बुुझेर काम गरे उनीहरूले तपार्इंको आज्ञापालन गर्नेछन् । दाम्पत्य जीवनमा सामान्य खटपट भए पनि एक–अर्काप्रतिको माया भने यथावत रहनेछ । कामका साथै आफ्नो स्वास्थ्यमा पनि ध्यान दिनुुहोला ।

वृष

घरपरिवारको सम्झना आउँदा मन भावविह्वल हुुनसक्छ । साथीभाइसित रमाइलो भेटघाट हुुनेछ । जमघट पनि हुुनसक्छ । विभिन्न कुुराको लाभ हुुनेछ । इष्टमित्रमा कसैलाई सन्तान लाभ होला । घरमा पाहुुनाको आगमन भैरहला । आर्थिक पक्ष सुुदृढ रहनुका साथै व्यावसायिक क्षेत्रमा पनि सफलता मिल्नेछ । केही समय व्यक्तिगत कार्यका लागि छुुट्याउन सके मन तनावरहित हुुनेछ ।

मिथुन

दाम्पत्य जीवन सुुखमय रहनेछ । मनमा भएको तनाव हटेर शरीर पनि स्वस्थ रहनेछ । आर्थिक पक्ष सबल छ । पुुराना एवं नयाँ साथीहरूसित भेटघाट गर्ने अवसर जुुर्नेछ । कामविशेषले यात्रा हुने सम्भावना छ । काम गर्ने जाँगर बढ्नेछ भने मनमा कुुनै नयाँ काम गर्ने विचार आउन सक्छ । कुुनै विशेष लाभसमेत होला । छोराछोरीबाट सुुख एवं सन्तोष प्राप्त गर्न सकिएला ।

कर्कट

योजनानुुरूप काममा सफलता मिल्दै जानेछ । इच्छानुसार कार्य सम्पन्न हुुँदाहुुँदै पनि कहिलेकाहीँ तनाव उत्पन्न हुुनसक्छ । आफ्नो व्यक्तिगत खुुसी एवं स्वास्थ्यका लागि पनि केही समय छुुट्याउनुुहोला । टाउको एवं आँखा दुुख्ने समस्या भएकाहरूले मसिना काम नगर्नुु नै उपयुुक्त हुन्छ । मान–सम्मान प्राप्त हुनसक्छ । यो महिनामा घर खर्च बढ्ने देखिन्छ । काम गर्दा कसैको सहयोगको अपेक्षा नगर्नुु नै उपयुक्त होला । कुुनै कुुरालाई लिएर श्रीमान्सित वैचारिक मतभेद सिर्जना हुुनसक्छ ।

सिंह

कामविशेषले यात्रा हुुनसक्छ । छोटो समयमा धेरै काम भ्याउनुुपर्दा भ्याइनभ्याइ होला । दाम्पत्य जीवनमा समझदारी कायम रहनेछ । आशा गरिएका व्यक्तिबाट अपेक्षाकृत सहयोग नमिल्नसक्छ । सकेसम्म आफ्नो कार्य आफै सम्पन्न गर्नुु उपयुक्त हुन्छ । पेट तथा मुुटुुका रोगीहरूले आहार–विहारमा विशेष ध्यान दिनुुपर्नेछ । पारिवारिक सुुखका साथै छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ ।

कन्या

पारिवारिक वातावरण सुुखमय रहनेछ । छोराछोरीको खुुसीका निम्ति केही खर्च हुुनसक्छ । व्यक्तिगत काममा सफलता हात पर्नेछ । किनमेलमा समय बित्नेछ । उपहार पनि प्राप्त होला । दाम्पत्य जीवन अपेक्षा गरेजस्तै सुुखमय रहनेछ । कसैकसैलाई कुुनै कार्यका लागि स्यावासी मिल्नसक्छ । तपार्इंको वाकपटुुता एवं कार्यदक्षताको सबैले प्रशंसा गर्नेछन् । सवारीसाधन जोरिने सम्भावना छ ।

तुला

अपेक्षाअनुुरूप सबै कार्य सम्पन्न हुँदा मन प्रसन्न रहनेछ । व्यक्तिगत कामका लागि समय निस्कनेछ । कुुनै कामले यात्रा गर्नुुपर्ला । मनमा भएको तनाव हटेर शरीर चङ्गा रहनेछ । आर्थिक पक्ष सुुदृढ होला । छोराछोरीबाट सुुख–सन्तोष प्राप्त हुुनेछ । सवारीसाधन हेरफेर हुुनसक्छ । श्रीमान्ले गरेका कतिपय काममा चित्त नबुुझ्न सक्छ । तत्काल प्रतिक्रिया नदिई शान्त मनले विनम्रतापूूर्वक आग्रह गरे सबै काम तपार्इंंको इच्छानुुरूप नै सम्पन्न हुुनेछन् ।

वृश्चिक

विभिन्न माध्यमबाट सहयोग प्राप्त हुुनेछ । सबै काम क्रमश: पूरा हुुँदै जानेछन् । प्रतिस्पर्धात्मक कार्यमा सफलता हात पर्नेछ । महिनाको उत्तराद्र्ध फलदायी रहनेछ । घरको कुुनै सामग्री हेरफेर हुुनसक्छ । साथीहरूसित रमाइलो समय बिताउने अवसर जुट्नेछ । आर्थिक पक्ष सुुदृढ भए पनि घर खर्च बढ्ने देखिन्छ । आफ्नो खुुसीका लागि पनि केही खर्च गर्नुपर्ला । अनावश्यक खर्च हुनसक्ने भएकाले सामानको सूची बनाएर बजार जानुु उपयुुक्त हुुन्छ ।

धनु

अनावश्यक खर्चको योग छ । बजेट हेरेर मात्र किनमेल गर्नुु उपयुुक्त हुुन्छ । चोटपटक लाग्न सक्ने भएकाले हिँड्दा एवं भान्साको काम गर्दा होसियार रहनुुहोला । सन्तान सुुख प्राप्त हुुनेछ । रोकिएका काममा सफलता हात पर्नेछ । काममा आकस्मिक बाधा आइलाग्न सक्छ, धैर्यतासाथ काम सम्पन्न गर्ने प्रयास गर्नुुहोला । राम्रो गर्दागर्दै पनि अनपेक्षित विवाद हुुनसक्ने भएकाले जिम्मेवारीको काम गर्दा सजग रहनुुपर्नेछ । व्यक्तिगत खुुसीका लागि केही खर्च हुुनसक्छ ।

मकर

आर्थिक पक्ष सुुदृढ रहनुका साथै विभिन्न कार्यका लागि किनमेल हुुनेछ । अनपेक्षित विवाद हुुनसक्ने भएकाले बोल्दा एवं व्यवहार गर्दा सतर्क रहनुुहोला । कहिलेकाहीँ कामको चापले अनाहकमा रिस उठ्नसक्छ । अरूले भने–गरेको राम्रो कुुरा पनि नराम्रो लाग्नसक्छ । व्यक्तिगत खुुुसीका लागि पनि केही समय छुुट्याउनुुहोला । कसैकसैलाई सन्तान प्राप्तिको योग छ । दाम्पत्य जीवनमा सामान्य खटपट परे पनि एक–अर्काप्रतिको माया–प्रीति भने यथावत् रहनेछ ।

 

कुम्भ

कार्यक्षेत्रमा उन्नति–प्रगतिको अवसर छ । व्यवसायबाट पनि राम्रो आम्दानी हात पार्न सकिनेछ । पारिवारिक वातावरण सुुखमय रहनेछ । छोराछोरीबाट सुुख एवं सन्तोष मिल्नेछ । श्रीमानबाट अपेक्षित माया एवं सहयोग प्राप्त हुुनेछ । परिवारमा कसैलाई सन्तान लाभ हुुनसक्छ । कसैकसैले विशेष कामले यात्रा गर्नुुपर्ला । आकस्मिक स्वास्थ्य समस्या सिर्जना हुुनसक्ने भएकाले खानपानमा ध्यान पुर्‍याउनुुहोला ।

मीन

काम गर्ने जाँगर बढ्नुुका साथै शरीर पनि स्वस्थ रहनेछ । काममा अपेक्षाअनुुरूप सफलता हात पर्नेछ । प्रतियोगितात्मक कार्यमा पुरस्कृत भइनेछ । सामान्य कुरामा श्रीमान्सित वैचारिक मतभेद भए पनि माया–प्रीति भने कायमै रहनेछ । छोराछोरीले कुुनै कुुराका लागि ढिपी गर्नसक्छन् । व्यावसायिक क्षेत्रबाट राम्रो फाइदा लिन सकिन्छ । आफ्नो क्षेत्रमा प्रगति गर्ने अवसर प्राप्त होला । व्यक्तिगत कार्यमा पनि सफलता पाइएला । यात्रा गर्दा एवं सवारी साधन चलाउँदा सतर्क रहनुुहोला ।

 Image