Successfully Copied

फेसनमा हावी म्याक्सी ड्रेस

म्याक्सी ड्रेस छोटो गर्दा राम्रो देखिँदैन र फ्लोरमा लत्रने गरी लगाउँदा पनि राम्रो हुँदैन । परफेक्ट लेन्थ भन्नाले हिल हल्का देखिने र अगाडिको औंला पनि देखिनुपर्छ । यो ड्रेसलाई मोडिफाइ गरी लङ कुर्ताका रूपमा पनि लगाउन सकिन्छ । म्याचिङ लेगिन्स, जिन्स वा एंकल

अअिहिलेको पुस्ता आफूलाई सुहाउने, स्मार्ट देखिने र केही युनिक लुक्स पनि होस् भन्ने पहिरनको चाहना राख्छ । त्यसैले पहिले जस्तो सीमित पहिरनहरू मात्र फेसनमा भित्रिएका हुँदैनन् । क्याजुअल, ट्रेडिसनल, सेमी फर्मल, फर्मल आदिमा पनि धेरै डिजाइन, फेब्रिकहरू बजारमा भित्रिन्छन् र सोहीअनुसार फेसन ट्रेन्ड बनाउने चलन पनि चल्दैछ । यसपटक फेसनमा भित्रिएका थुप्रै डिजाइनमा म्याक्सी स्टाइलका ड्रेस पनि एक हो ।

म्याक्सी ड्रेसलाई इन्फर्मल ड्रेसका रूपमा लिइन्छ । म्याक्सी ड्रेस भन्नाले एंकल लेन्थ तथा फ्लोर लेन्थसम्मको फ्लो भएको वा फ्ेलयर भएको ड्रेस भन्ने बुझिन्छ । अर्काे शब्दमा म्याक्सी ड्रेसलाई भ्याकेसन ड्रेस पनि भनिन्छ । समरका लागि एकदमै उपयुक्त यो ड्रेस कटन, सिफन, जर्जेट, रेयन कटनमा धेरै प्रकारका नेक डिजाइन गरेर लगाउन सकिन्छ । लगाउँदा सजिलो र हल्का हुने भएकाले भ्याकेसनमा जाँदा लगाउँदा सजिलो तथा आरामदायक महसुस हुन्छ, तर यो ड्रेस भ्याकेसन ड्रेसमा मात्र सीमित भने पक्कै छैन ।

यो ड्रेस फ्लोरल प्रिन्ट र कलरफुल प्याट्रनमा राम्रो देखिन्छ । स्ट्रिप्स, हल्टर वा वाइड स्ट्राइप राखेर लगाउँदा राम्रो देखिन्छ । यसको माथि आउटर पनि लगाउन सकिन्छ । म्याक्सी ड्रेस टिनएज, विवाहित तथा प्लस साइजका लागि समेत डिजाइन गरी लगाउन सकिन्छ । यसमा सजिलो र आकर्षक देखिन्छ । धेरै ठूलो प्रिन्ट भएका फेब्रिकहरू छान्नु हुँदैन । यसले चिप लुक्स दिन्छ । स्मल एण्ड बोल्ड प्रिन्ट फेब्रिक छान्नुपर्छ जसले व्यक्तित्वमा निखारपन ल्याउँछ ।

म्याक्सी ड्रेस छोटो गर्दा राम्रो देखिँदैन र फ्लोरमा लत्रने गरी लगाउँदा पनि राम्रो हुँदैन । परफेक्ट लेन्थ भन्नाले हिल हल्का देखिने र अगाडिको औंला पनि देखिनुपर्छ । यो ड्रेसलाई मोडिफाइ गरी लङ कुर्ताका रूपमा पनि लगाउन सकिन्छ । म्याचिङ लेगिन्स, जिन्स वा एंकल लेन्थको पाइन्टसँग पनि राम्रो देखिन्छ । अहिले नेपालमा यो ड्रेसको माग बढ्दो छ । मल्टिप्रपोज प्रयोग गरेर लगाउन पनि सकिन्छ । जस्तै माथिको मात्र लगाउँदा ड्रेसको लुक्स आउँछ भने चुँडीदार सुरुवाल, लेगिन्स वा पाइन्टसँग लगाउँदा फर्मल लुक्स आउँछ । लगाउन सजिलो, स्लिम र टेलर लुक्स आउने हुनाले अहिले यो ड्रेसलाई रिच लुक्स आउने फेब्रिकमा डिजाइन गरी पार्टी वेयरका रूपमा पनि लगाउन थालिएको छ ।

फेब्रिक छान्दा मोटी महिलाले नन फ्ल्यासी (नटल्कने) फेब्रिक छान्नुपर्छ । जसको बेस कलर डार्क र प्रिन्ट सानो छान्नुपर्छ । यति मात्र ध्यान दिँदा पनि सजिलैसँग स्लिम लुक आउँछ । यो ड्रेस बडीको बनावटअनुसार डिजाइन गर्नुपर्छ किनभने यो लुगा लामो हुने भएकाले सबै खाले डिजाइन सबैलाई सुहाउँदैन । यो ड्रेसमा वेस्ट लाइन डिजाइन भएको हुनुपर्छ, अन्यथा नसुहाउँदो लुक पनि देखिन सक्छ ।

म्याक्सी ड्रेसलाई स्टाइलिस्ट ड्रेस पनि भन्न सकिन्छ । यो समर ड्रेस भएकाले यसमा म्याचिङ एसेसरिज झुम्का, जुत्ता, बेल्ट आदि पनि लगाएर स्टाइलिस्ट देखिन सकिन्छ । म्याक्सी ड्रेसमा बेल्ट लगाउँदा फंकी ब्याङ्गल्स, इयरिङ, चप्पलका साथमा लगाउँदा सुपर कुल लुक्स देखिन्छ भने हाई हिलसँग लगाएर डिजाइनर पर्स बोक्दा सेमी फर्मल लुक्स आउँछ ।

यस्ता पहिरनका लागि आँखाले हेर्दा शीतलता प्रदान गर्ने कुल कलर छान्नुपर्छ । अहिले फेसनमा रहेका कलरहरूमा सी ग्रिन, लाइट ग्रिन, लाइट पिच, ओलिभ ग्रिन, लाइट पिंक आदि हुन् ।

टिप्स : हामीले लगाउने पहिरन हाम्रो व्यक्तित्व झल्काउने प्रमुख माध्यम पनि हो । त्यसैले पहिरन छनोट गर्दा फेसन एण्ड फलो मात्र गरेर हुँदैन आफ्नो उमेर, अवसर, शारीरिक बनावट सबै हेरेर छनोट गर्नुपर्छ । जसले गर्दा लगाउने व्यक्तिलाई सजिलो महसुस हुन्छ र आकर्षक पनि देखिन्छ । कुनै पनि पहिरन लगाउँदा मिलाएर लगाउने, सही र आफ्नो बडीअनुसारको अन्डर गार्मेन्ट लगाउनुपर्छ । यसले बडी सेप राम्रो देखिन्छ । कसैले देख्ने होइन भनेर जे पायो त्यही अन्डर गार्मेन्ट लगाउँदा जस्तो सुकै डिजाइनर पहिरन पनि भद्दा देखिन सक्छ ।

                                                     - ड्रिमवेयर बुटिक, कुपन्डोल

 Image