कसैबाट पाएको र आफूले दिएको अन्तिम अमूल्य उपहार ?
भर्खरै मेरो जन्मोत्सवमा मेरी छोरीले मलाई स्पेशल गोल्ड रिङ उपहार दिएकी थिइन् । मैले भने केही दिनअघि मात्र मेरी दिदीलाई राम्रो साडी उपहार दिएकी थिएँ ।
बिहान उठेर मोबाइल खोल्दा इमेल इन्बक्स तथा
म्यासेन्जरमा हजारभन्दा बढी म्यासेज आएको पाउनुभयो भने के गर्नुहुन्छ ?
सबै सरसरर्ती हेर्थें तर महत्वपूर्ण म्यासेजलाई प्राथमिकतामा राख्दै उत्तर दिन्थें ।
आँखा नदेख्नेलाई रातो–पहेंलो रंगका बारेमा बुझाउनुपर्यो भने ?
आँखा नदेखे पनि कान त सुन्लान्, म शब्दद्वारा विभिन्न वस्तुको उदाहरण दिँदै भनेरै बुझाउने प्रयास गर्छु ।
स्टेज क्विनका रूपमा लोकप्रिय तपाईं कसलाई नेपाली स्टेज किङ देख्न चाहनुहुन्छ ?
दिनेश डी.सी. लाई ।
तपाईंको लत बसेको कुनै गीत ?
‘तल्तल लाग्यो मलाई सुपारीको तल्तल..’ यो गीतको मलाई जहिले तल्तल लाग्छ ।
तपाईंको भान्सामा कहिल्यै नछुट्ने खाद्यपदार्थ ?
दही मेरो फेवरेट हो तसर्थ म दही कहिल्यै छुटाउँदिन ।
तपाईंको कुनै स्वभाव जसलाई सुनेर मानिसहरू अचम्मित हुन्छन् ?
म कफी लभर हुँ । अर्को कुरा खानाको साटो राति सलाद मात्र खाएर सुत्छु । त्यो पनि छुटेको छ भने आधा रात नै किन नहोस् उठेर खाना पकाएर खान्छु ।
तपाईं कुन अन्धविश्वासको पालना गर्नुहुन्छ ?
तीजको व्रतले श्रीमानको दीर्घायु र प्रगति हुने कुरामा मलाई विश्वास छैन तैपनि सामाजिक संस्कार धान्न व्रत बस्छु ।
महिलाले आफ्नो जीवनकालमा एकपटक भए पनि गर्नैपर्ने कुरा के हो ?
आमा हुनुको अनुभूति गर्नैपर्छ ।
तपाईंसँग तीन सय रुपैंयाँ मात्र छ जसले तपाईं तीन वटाभन्दा बढी सामान खरिद गर्न पाउनुहुन्न, के–के खरिद गर्नुहुन्थ्यो ?
दही, छोरीलाई चकलेट अनि टोलका कुकुरलाई बाँड्न बिस्कुट ।
यो अन्तर्वार्ता सकेर बाहिरिनेबित्तिकै तपाईंले एक करोड रुपैंयाँको चिठ्ठा जितेको कल आयो भने ?
मेरो खुसीको सीमा नै रहँदैन । उक्त रकम समाज सेवा र आफ्नै गेटअप तथा घुमघाममा खर्चिन्थें ।