Successfully Copied

तीजको डिजाइनर पहिरन

यस्तो पहिरन १४ वर्षदेखि ३६ वर्षसम्मका महिलाले सजिलै क्यारी गर्न सक्छन् । यदि लेहेंगा लगाउने हो भने आफ्नो शरीरको बनावट तथा स्किन कम्प्लेक्सन सुहाउँदो डिजाइन गरेर लगाउन सके अझ आकर्षक देखिन्छ । तीजका लागि आउटर लेहेंगा वा लङ कुर्तीमा लेहेंगा पनि उपयुक्त हुन्छ

तीज भन्नासाथ रातो साडी नै लगाउने चलन अहिले आएर केही घटेको छ । त्यसको ठाउँमा साडीकै झझल्को दिने डिजाइनर साडी गाउन, पेन्सिल साडी, ग्याडर साडी, लेहेंगा वा लेहेंगा साडीमार्फत मोर्डन लुक्समा प्रस्तुत हुन सकिन्छ । विगत ५ वर्षदेखि फेसनमा रहेको लेहेंगासँगै वान पिसमा महिलाहरूको रुचि बढेको छ । वान पिस भन्नाले लङ गाउन तथा सर्ट ड्रेस भन्ने बुझिन्छ ।

यस्तो पहिरन १४ वर्षदेखि ३६ वर्षसम्मका महिलाले सजिलै क्यारी गर्न सक्छन् । यदि लेहेंगा लगाउने हो भने आफ्नो शरीरको बनावट तथा स्किन कम्प्लेक्सन सुहाउँदो डिजाइन गरेर लगाउन सके अझ आकर्षक देखिन्छ । तीजका लागि आउटर लेहेंगा वा लङ कुर्तीमा लेहेंगा पनि उपयुक्त हुन्छ । साडी वा लेहेंगा क्यारी गर्न नचाहनेहरूले हेबी वा भरिएका सिफन, सिल्क तथा नेटका कुर्तामा एंकल लेन्थको पाइन्ट, सरारा तथा बेलीबटन वा फिटिङ जिन्स प्रयोग गर्न सक्छन् ।

दिनभरि भोकै बसेर घामपानी नभनी पूजापाठ तथा नाचगान गरिने भएकाले धेरै हेबी साडी लगाउन कठिन हुन्छ । त्यसैले हेबी नलगाउनेहरूले प्याच वर्कको प्रयोगमा ध्यान पुर्‍याउनु उपयुक्त हुन्छ । यद्यपि कतिपयले तीजका दिनका लागि हेबी पहिरन नै रुचाउँछन् । उनीहरूका लागि बोर्डर वर्क तथा लेस प्याच गरिएको डिजाइन हेबी देखिनुका साथमा हल्कासमेत हुन्छ । ब्लाउजमा सिल्भहरू हाफ, अफ सोल्जर, वान अफ सोल्जर, नेक डिजाइनमा क्लोज, बो डिजाइन, भी, यू, स्ट्रापी वा क्रस डिजाइन आदि प्रयोग गर्न सकिन्छ ।

नवदुलहीहरूका लागि हेबी साडीभन्दा हल्का बोर्डर भएको साडीमा हाफ सिल्भ वा कुहिनासम्मको बाहुला सुहाउँदिलो हुन्छ । अगाडि जिपर भएका फ्लावर प्रिन्ट सिल्क ब्लाउजले नवदुलहीहरूमा सुनमा सुगन्ध थप्छ । साडीमा रातो कलर नै राम्रो देखिन्छ तर रातोमा पनि विभिन्न रंग प्रयोग गर्न सकिन्छ । अहिले धेरै भरिएका साडीभन्दा हल्का साडीमा एसेसरिज बढी प्रयोग गर्ने चलन बढेको छ ।

पुरु तण्डुकार, वान टु वेयर, न्यूरोड

 Image