Successfully Copied

क्रोसियाली राष्ट्रपति

आफ्नो देशका खेलाडीहरूको मनोबल बढाउन कोलिन्डा रसिया पुगेकी थिइन् । विश्वकप अवधिभर उनी चर्चामा रहिन् । त्यसको कारण थियो ड्रेसिङ रुममा पुगेर खेलाडीको मनोबल बढाउनेदेखि सुटुक्क भिआइपी कक्ष छाडी दर्शकदीर्घामा पुगेर आफ्नो देशलाई चियरअप गर्नेसम्मका उनका गतिविधि जो एउटा राष्ट्रपतिबाट सायदै कसैले अपेक्षा

कुनै फिल्मकी हिरोइनजस्ती । सुन्दर अनुहार, आकर्षक जिउडालसँगै प्रभावशाली ब्यक्तित्व । त्यो भन्दा बढी उनको वौद्धिक छवि र आम मानिसलाई छिट्टै प्रभावित तुल्याइहाल्ने ब्यवहार । क्रोसियाली राष्ट्रपति–कोलिन्डा ग्राबर–किटारोबीच सधैं स्टारको छविमा देखिनुका खास कारण हुन् । हालै रसियामा सम्पन्न विश्वकप फुटबल दौरान मैदानबाहिर रहेर सबैको ध्यान खिच्ने कोही थियो भने ती कोलिन्डा नै थिइन् । मैदानबाहिर रहेर पनि सबैभन्दा प्रभावशाली स्टारका रूपमा उनी चर्चाको शिखरमा रहिन् ।

विश्वकप अवधिभरि सामाजिक सन्जाल तथा मिडियामा उनको पर्याप्त चर्चा भयो । विश्वकप फाइनलमा आफ्नो देश क्रोएसिया फ्रान्ससँग पराजित हुँदा पनि कोलिन्डाले देखाएको व्यवहारको सर्वत्र प्रशंसा मात्र भएन, फाइनल हार्नुको पीडासँग लडिरहेका आफ्नो देशका खेलाडीलाई अँगालोमा बेरेर आमाजस्तै ममता दर्शाएका तस्बिर इन्टरनेटमा भाइरल नै भए । आँखा रसाउने ती दृश्य सार्वजनिक गर्दै कतिपय मिडियाले त उनलाई ‘आमा राष्ट्रपति’ का रूपमा समेत प्रस्तुत गरे ।

आफ्नो देशका खेलाडीहरूको मनोबल बढाउन कोलिन्डा रसिया पुगेकी थिइन् । विश्वकप अवधिभर उनी चर्चामा रहिन् । त्यसको कारण थियो ड्रेसिङ रुममा पुगेर खेलाडीको मनोबल बढाउनेदेखि सुटुक्क भिआइपी कक्ष छाडी दर्शकदीर्घामा पुगेर आफ्नो देशलाई चियरअप गर्नेसम्मका उनका गतिविधि जो एउटा राष्ट्रपतिबाट सायदै कसैले अपेक्षा गरेका थिए । कोलिन्डा कतिबेला सुटुक्क देशको जर्सी लगाएर दर्शकको भीडमा पुगेर चियरअप गरिरहेकी हुन्थिन् त कतिबेला ड्रेसिङ रुममा खेलाडीहरूलाई अंकमाल । एक राष्ट्रपतिका रुपमा त्यो पनि महिला राष्ट्रपतिका यी व्यवहार सबैलाई मोहित तुल्याउने खालका थिए । कोलिन्डा साधारण नागरिकसरह हवाईजहाजको सामान्य टिकटमा मस्को पुगेकी थिइन् ।

कोलिन्डाका यी सबै क्रियाकलापले त चर्चा बटुलिरहेकै थिए, तर उनको चर्चा त्यतिबेला चुलियो, जब उनले फाइनलमा राष्ट्रपति होइन, आमाको जस्तो व्यवहार प्रदर्शन गरिन् । त्यो व्यवहार उनले क्रोएसियाली खेलाडीहरूप्रति मात्र होइन, फ्रान्सेली खेलाडीहरूप्रति पनि देखाइन् ।

कोलिन्डालाई झट्ट देख्नेहरूलाई छुट्टयाउन मुस्किल पर्छ कि उनी मोडल हुन् कि अभिनेतृ हुन् वा राजनेता ? उनी संसारकै हट तथा ग्ल्यामरस राष्ट्रपति हुन् । संसारभर उनको ग्ल्यामरस छविको चर्चा हुने गरेको छ । आखिर विश्वकपमा संसारमै सर्वाधिक चर्चा बटुलेकी सुन्दर राष्ट्रपति कोलिन्डा को हुन् त ? उनको यो राजनीतिक सफलता कसरी सम्भव भएको हो ?

कोलिन्डाको जन्म सन् १९६८, २९ अप्रिलमा रिजेका भन्ने ठाउँमा भएको हो । उनी जन्मदा रिजेका युगोस्लाभियामा पथ्र्यो । उनको पारिवारिक पेसा कृषि तथा मासु पसल थियो । त्यहीँ उनले आफ्नो प्रारम्भिक शिक्षा हासिल गरिन् । कोलिन्डा उच्च शिक्षाका लागि १७ वर्षको उमेरमा अमेरिका गइन् । उनले लस एलामोस, न्यु मेक्सिको अमेरिकाबाट उच्च शिक्षा पूरा गरेकी हुन् ।

सन् १९९३ मा उनले अंग्रेजी तथा स्पेनिसमा युनिभर्सिटी अफ जाग्रेबबाट दर्शनशास्त्रमा डिग्री प्राप्त गरिन् । उनले आफ्नो थप शिक्षा पोर्चुगिज भाषामा अघि बढाइन् । सन् २००० मा अन्तर्राष्ट्रिय सम्बन्धमा युनिभर्सिटी अफ जाग्रेबबाटै मास्टर्स डिग्री प्राप्त गरिन् । सन् २०१५ देखि उनी सोही विश्वविद्यालयमा विद्यावारिधि गरिरहेकी छिन् । सन् २००२ देखि सन् २००३ सम्म उनी अमेरिकाको जर्ज वासिङ्टन अन्तर्राष्ट्रिय सम्बन्ध तथा सुरक्षा नीतिमा प्रि–डक्टरेट अनुसन्धान फुलब्राइटकी विद्यार्थी थिइन् । त्यही समयमा उनलाई राष्ट्रपतिले प्रदान गर्ने प्रेसिडेन्ट मेडल प्रदान गरिएको थियो । कोलिन्डाले वैज्ञानिक, सामाजिक तथा राजनीतिक क्षेत्रमा गरेको कामलाई मध्यनजर गर्दै उक्त पदक प्रदान गरिएको उनको अफिसियल वेवमा उल्लेख छ ।

जागिर तथा राजनीति

कोलिन्डाले सन् १९९२ मा विज्ञान प्रविधि मन्त्रालयबाट जागिरेका रूपमा आफ्नो करिअर सुरु गरेकी हुन् । उनी सन् १९९३ मा परराष्ट्र मन्त्रालय गइन् । परराष्ट्र मन्त्रालयमा रहँदा उनले विभिन्न पदमा काम गरिन् । सन् १९९५ मा उनी परराष्ट्र मन्त्रालयअन्तर्गत उत्तरी अमेरिकी विभागको प्रमुख भइन् । सन् १९९७ मा क्यानाडास्थित क्रोसियाली राजदूतावासमा काउन्सिलरको भूमिका निर्वाह गरिन् । पछि उनी मिनिस्टर—काउन्सिलर तथा डेपुटी चिफ अफ मिसनसमेत नियुक्त भइन् ।

कोलिन्डाले सन् २००१ देखि २००३ सम्म परराष्ट्र मन्त्रालयमा मिनिस्टर–काउन्सिलरका रूपमा काम गरिन् । सन् १९९२ तिरै उनी क्रोसियन डोमोक्रेटिक युनियनसँग आबद्ध भएकी थिइन् । कोलिन्डा नोभेम्बर २००३ मा सोसियल डेमोक्रेटिक पार्टी (एसडीपी) बाट सांसद निर्वाचित भइन् । सांसद निर्वाचित भएपछि उनको छवि अझ उच्च भयो । कूटनीतिमा दख्खल राख्ने भएकाले त्यही वर्ष उनले युरोपियन इन्ट्रिग्रेसन मिनिस्टरको शपथ लिइन् । उनको उक्त कार्यकाल क्रोसियालाई युरोपियन युनियनमा पुर्‍याउने दिशामा महत्वपूर्ण मानिन्छ । उनको त्यतिबेलाको अर्को उपलब्धि क्रोएसिया उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) को समेत सदस्य बन्नु हो । कोलिन्डाले त्यस क्रममा विदेश मन्त्रीको जिम्मेवारीसमेत सम्हालिन् ।

सन् २००८ मा उनी क्रोसियाका लागि अमेरिकी राजदूत नियुक्त भइन् । सन् २०११ मा नाटोमा असिस्टेन्ट सेक्रेटरी–जनरल भइन् । सार्वजनिक कूटनीतिका लागि महत्वपूर्ण मानिने यो पदमा उनी सन् २०१४ सम्म बसिन् । नाटोकी प्रथम महिला असिस्टेन्ट सेक्रेटरी–जनरल कोलिन्डा नाटोको सबैभन्दा उच्च तहमा पुग्ने प्रथम महिला पनि हुन् । राष्ट्रपति निर्वाचित हुनुपूर्व उनी क्रोएसियन डेमोक्रेटिक युनियनकी राजनीतिक सदस्य थिइन् । उनले १९९१ मा क्रोएसियालाई युगोस्लाभियाबाट स्वतन्त्र गर्नसमेत महत्वपूर्ण भूमिका निर्वाह गरेकी थिइन् ।

कोलिन्डा सन् २०१५ मा राष्ट्रपतिमा निर्वाचित भइन् । उनी ५ दशमलव ५ प्रतिशत मत हात पार्दै क्रोसियन डेमोक्रेटिक युनियन (एचडीजेड) का तर्फबाट राष्ट्रपतिमा विजयी भएकी थिइन् । उनका प्रतिद्वन्द्वी इबो जोसीपोविचले भने ४९ दशमलव ५ प्रतिशत प्राप्त गरेका थिए । एचडीजेड कट्टरपन्थीहरूको वर्चस्व रहेको पार्टी हो । रोचक त के भने कोलिन्डाले बहालवाला राष्ट्रपतिलाई पराजित गरेर कोएसियाको नेतृत्व कब्जा गरेकी थिइन् ।

त्यतिबेला कोलिन्डाको जितलाई क्रोएसियामा चलेको ६ वर्षको आर्थिक मन्दी तथा वामपन्थी गठबन्धनको विफलता मुख्य कारण मानिएको थियो । कोलिन्डा क्रोएसियाकी प्रथम महिला राष्ट्रपति हुन् । उनी अंग्रेजी, स्पेनिस तथा पोर्चगिज भाषामा पोख्त छिन् । यसका साथै उनी इटालियन फ्रेन्च र जर्मनमा पनि अब्बल छिन् । कोलिन्डा सन् २०१७ को फोब्र्सको शक्तिशाली महिलाहरूको सूचीमा ३९ औं स्थानमा थिइन् । अन्तर्राष्ट्रिय अनुभव तथा अंग्रेजी भाषामा दख्खल भएकी कोलिन्डाको देशभित्रै पनि उच्च राजनीतिक छवि छ ।

परिवार

४९ वर्षीया कोलिन्डाको विवाह सन् १९९६ मा ज्याकोब कित्रोविचसँग भएको थियो । ज्याकोबले जाग्रेभ युनिभर्सिटीबाट इलेक्ट्रोनिक्स एन्ड कम्प्युटर इन्जिनियरिङमा ग्राजुएसन गरेका छन् भने युनिभर्सिटी अफ रिजेकाबाट विज्ञानमा डिग्री गरेका छन् । टी पोर्टलका अनुसार कुनै समयका आइटीका कन्सल्ट्यान्ट ज्याकोब अहिले भने क्रोसियाको ठूलो निर्माण कम्पनीमा कर्पोरेट सेक्युरिटी एडभाइजरका रूपमा कार्यरत छन् ।

उनीहरूका १७ वर्षीया छोरी कैटरिना र १५ वर्षका छोरा लुका छन् । छोरी कैटरिना किटारोबीचको रुचि र सुन्दरताको समेत प्रशस्त चर्चा हुने गरेको छ । राष्ट्रपति कोलिन्डा फुटबलकी फ्यान हुन् भने उनकी छोरी भने फिगर स्केटिङकी जुनियर नेसनल च्याम्पियन हुन् । अर्को रोचक कुरा के भने उनकै जस्तो अनुहार देखिने अमेरिकी मोडलको बिकीनी तस्बिर कोलिन्डाको नै भनेर इन्टरनेटभरि भाइरल भयो । पछि उक्त तस्बिर कोलिन्डाको नभएर अमेरिकी मोडल कोकाको भएको तथ्य सार्वजनिक भएको थियो ।

 Image