Successfully Copied

साडीमा कसरी देखिने स्लिम ?

यदि सुन्दर, आकर्षक तथा स्टाइलिस देखिने चाहना छ भने साडीको विकल्प छैन । मोटो भएकै कारण साडी लगाउन डर लाग्छ भने पहिले आफ्नो मनबाट उक्त डर निकाल्नुपर्छ कारण साडीमा पनि स्लिम देखिन सकिन्छ । साडीभन्दा सुन्दर पहिरन अरु कुनै हुँदैन । सही तरिकाले

यदि सुन्दर, आकर्षक तथा स्टाइलिस देखिने चाहना छ भने साडीको विकल्प छैन । मोटो भएकै कारण साडी लगाउन डर लाग्छ भने पहिले आफ्नो मनबाट उक्त डर निकाल्नुपर्छ कारण साडीमा पनि स्लिम देखिन सकिन्छ । साडीभन्दा सुन्दर पहिरन अरु कुनै हुँदैन । सही तरिकाले लगाउने हो भने साडीमा पनि स्लिम देखिन सकिन्छ । यद्यपि केही कुरामा भने ध्यान पुर्‍याउनुपर्छ ।

-    बडी फ्याट लुकाउन फेब्रिक अत्यन्त महत्वपूर्ण हुन्छ । त्यसैले लाइट वेट फेब्रिकको साडी छनोट गर्नुपर्छ ।

-    स–साना प्रिन्ट भएका साडी लगाउँदा पनि स्लिम देखिन सकिन्छ ।

-    स्लिम देखिन सिफन, जर्जेट वा क्रेपको साडी उपयुक्त हुन्छ । यो लाइट वेट हुन्छ र यसमा स्लिम देखिन सकिन्छ ।

-    सिल्क, कांजीवरम, सुती तथा टिस्युका साडी नलगाएकै वेश हुन्छ ।

-    हेभी बडी भएकाहरूले ठूल्ठूला प्रिन्टका साडी लगाउनुहुँदैन ।

-    ठूलो र मोटो बोर्डर भएको साडीले होचो र मोटो देखाउँछ । पातलो बोर्डर भएको तथा हल्का कढाइ गरिएको साडी लगाउनु उपयुक्त हुन्छ ।

-    साडीको रंगले स्लिम देखाउन विशेष भूमिका निर्वाह गर्छ । कालो, गाढा रातो वा नीलो रंगको साडीले स्लिम मात्र देखाउँदैनन् स्किन टोनमा निखार बढाउने कामसमेत गर्छन् ।

-    स्लिम लुकका लागि साडीलाई ठीक तरिकाले लगाएर पिनअप गर्नुपर्छ । त्यसका अतिरिक्त धेरै प्लिटका कारण पनि साडीको आकर्षण घट्न सक्छ । सेक्सी लुक प्राप्त गर्न कम भन्दा कम प्लिट हाल्नुपर्छ । पातलो–पातलो प्लिट्स बनाउनुपर्छ । जसका कारण कम्मर र पेट नजिक साडी फुकेको नदेखियोस् । पातलो देखिन साडीको प्लिट्समा विशेष ध्यान पुर्‍याउनुपर्छ ।

प्राय: महिलाहरू साडी लुज बाँध्छन् । लुज साडीलाई लगाउँदा फुलेको जस्तो देखिन्छ । त्यसैले साडीमा स्लिम देखिन त्यसलाई राम्रोसँग कसेर ड्रेप गर्नुपर्छ ।

 Image