Successfully Copied

छालालाई तन्दुरुस्त राख्न

छाला साबुनले धुँदा त सफा हुन्छ, तर यसले अनुहारको चिल्लोपन हराएर जान्छ । त्यसैले साबुनले अनुहार धुनु हुँदैन । यस्तो छालामा घाम तथा आगोको राप पर्न दिनु हुँदैन । हावाले पनि यस्तो छालालाई हानी पुर्‍याउँछ । यस्तो छालालाई चिल्लो राख्नुपर्छ, अन्यथा समयभन्दा

साधारण छाला

यस प्रकारको छाला कलिला बालबालिकाहरूको हुन्छ । यस्तो छाला चिल्लो र सुक्खा दुवै हुँदैन । यस्तो छालालाई सधैँ राम्रो राख्न मेकअप गर्नुअघि चिसो बरफपानीले अनुहार धुने अनि राति सुत्नुअघि पनि अनुहार धोएर सुत्नुपर्छ ।

चिल्लो छाला

यस्तो छालामा तैलीय ग्रन्थि बढी सक्रिय हुने भएकाले बढी चिल्लो आउँछ । यस्तो छालालाई डन्डिफोरले समेत सताउँछ भने पसिनाले बढी च्यापच्याप पनि हुन्छ । हप्तामा एकपटक तातो स्टिम लिनु उपयुक्त हुन्छ । स्टिम लिँदा एउटा भाँडामा पानी तताउने, दुईवटा सानो रुमाललाई पानीमा डुबाई पालैपालो रुमालले अनुहार छोपेर बाफ लिने र पछि चिसो पानीले पखाल्ने ।

मिश्रित छाला

यस्तो प्रकारको छाला कतै चिल्लो त कतै सुक्खा हुन्छ । यस्तो छालाको उपचार भिन्न तरिकाले गर्नुपर्छ । मिश्रित छालालाई नरम राख्नुपर्छ भने सरसफाइमा बढी ध्यान पुर्‍याउनुपर्छ ।

सुक्खा छाला

यस प्रकारको छाला साबुनले धुँदा त सफा हुन्छ, तर यसले अनुहारको चिल्लोपन हराएर जान्छ । त्यसैले साबुनले अनुहार धुनु हुँदैन । यस्तो छालामा घाम तथा आगोको राप पर्न दिनु हुँदैन । हावाले पनि यस्तो छालालाई हानी पुर्‍याउँछ । यस्तो छालालाई चिल्लो राख्नुपर्छ, अन्यथा समयभन्दा अघि नै चाउरी पर्ने डर हुन्छ भने चायाँ आउने सम्भावना पनि बढी हुन्छ ।

धेरै सुक्खा छाला

यस प्रकारको छालामा नरमपन हुँदैन र छाला फुल्ने सम्भावना हुन्छ जुन हेर्दा नराम्रो देखिन्छ ।

छालाको हेरचाह

-  २५ वर्षको उमेरपछि सौन्दर्य विशेषज्ञसँग छालाको हेरविचार गर्ने विधि बुझ्ने ।

-छालाको प्रकारअनुरूप उपचार गर्ने ।

-घामबाट छालालाई जोगाउने ।

-धूम्रपान तथा मद्यपान नगर्ने ।

-दैनिक कम्तीमा आठ गिलास पानी पिउने ।

-हप्तामा एकपटक फेसप्याक लगाउने ।

- नियमित शारीरिक व्यायाम गर्ने ।

-मानसिक तनाव नलिने ।

 

 Image