Successfully Copied

तीज मेकअप

तीज भन्नासाथ हिजोआज एकदमै ट्रेन्डी र फेसनेबल सोच आइहाल्छ । महिलाहरू डिजाइनर पहिरनका साथ आफूलाई सुहाउने मेकअपमा सिंगारिन चाहन्छन् । तीजमा ट्रेन्डी मेकअप तर ब्राइट देखिने हल्का मेकअपमै सुन्दर देखिन सकिन्छ । हेभी मेकअपले आफूलाई मात्र होइन हेर्नेलाई समेत गार्‍हो हुन्छ । तीजका

तीज भन्नासाथ हिजोआज एकदमै ट्रेन्डी र फेसनेबल सोच आइहाल्छ । महिलाहरू डिजाइनर पहिरनका साथ आफूलाई सुहाउने मेकअपमा सिंगारिन चाहन्छन् । तीजमा ट्रेन्डी मेकअप तर ब्राइट देखिने हल्का मेकअपमै सुन्दर देखिन सकिन्छ । हेभी मेकअपले आफूलाई मात्र होइन हेर्नेलाई समेत गार्‍हो हुन्छ । तीजका बेला व्रत बस्ने, मठ–मन्दिर जाने तथा नाचगान गरिने हुँदा वाटरप्रुफ मेकअप लगाउनुपर्छ । विवाहित महिलाहरूले रातो एवं ब्राइट कलरका पहिरन लगाउने हुँदा सेमी ब्राइडल लुक्स दिने मेकअप उपयुक्त हुन्छ जसमा आइज स्मोकी हुनुपर्छ । त्यसमा पनि गोल्डेन र ब्ल्याक स्मोकी राम्रो देखिन्छ ।

तीजको मेकअप

१.     प्राइमर लगाउने ।

२.     डार्क सर्कल छ भने कन्सुलरले छोप्ने ।

३.    पेनस्टिक लगाउने ।

४.    ह्वाइट पाउडर प्रयोग गर्ने ।

आइ मेकअप

कपर स्मोकी आइ साडी, गाउन, कुर्ती जेमा पनि सुहाउँछ । कपर स्मोकीमा गोल्डेन वा सिल्भर आइस्याडो लगाई साइडमा ब्ल्याक वा ब्राउनले मर्ज गर्ने ।

आँखाको सेप गोलो छ भने राउन्ड सेप दिने । मंगोलियन चिन्की आइजलाई स्मोकी आइ त्यति सुहाउँदैन । आर्यन फेसमा स्मोकी आइ निकै राम्रो देखिन्छ । ब्ल्याक स्मोकी आइ मेकअपले सानो आँखालाई ठूलो देखाउँछ । पहिले पेन्सिलले सेप कोर्ने त्यसपछि ब्ल्याक आइस्याडो, तल डार्क माथि ब्राउन कलर प्रयोग गर्दै फेड गर्ने र माथिबाट ह्वाइट स्याडो लगाउने ।

फेस कटिङ

१.    गोलो फेसलाई लाम्चो तरिकाले कटिङ गर्ने, कटिङ गर्दा पहिले ब्राउन्जरले र पछि त्यसकै माथि ब्लसर लगाइदिने ।

२.    लामो फेसलाई छोटो कटिङ गरी अगाडि अलिकति घुमाइदिने ।

३.     चिउँडोको हड्डी ठूलो र मासु बढी छ भने ब्राउन्जरले कटिङ गरी लुकाउनुपर्छ ।

४.    ब्राउन्जरले नाक कटिङ गर्ने ।

५.    आर्यन नाकमा बीचको भाग ठूलो राख्ने । त्यसपछि ब्राउन्जर लगाइएको भाग माथि ब्लसर लगाउने ।

हाइलाइट

तीजका दिन मठ–मन्दिर जाने हो भने फेसमा हाइलाइट नगर्नु नै उपयुक्त हुन्छ । डेमा सबै म्याट प्रयोग गर्ने । राति हुने कार्यक्रमहरूका लागि भने फेस हाइलाइट पार्टमा हाइलाइट गर्दा राम्रो देखिन्छ । नाइट पार्टीहरूमा भने हाइलाइट नै उपयुक्त मानिन्छ ।

लिप

तीजमा रातै लिपिस्टिक खुल्छ । गाउन वा वानपिस छ भने मरुन कलर प्रयोग गर्न सकिन्छ । तीजका लागि म्याट लिपिस्टिक उपयुक्त हुन्छ ।

लिप केयरका लागि

१.    ओठको छाला अन्य छालाभन्दा निकै नरम तथा कोमल हुने भएकाले यसको सुरक्षा गर्न नरम कपडाले पुछ्ने ।

२.    राति सुत्नुअघि पेट्रोलियम जेली लगाउने ।

३.    यदि दुवै ओठ मिलेको छ भने लिप पेन्सिल आउट लाइन दिएर लिपिस्टिक प्रयोग गर्नुपर्छ ।

४.    लामो समय टिकाउन लिपिस्टिक लगाउनुअघि फाउन्डेसन लगाउने । कुन कलरको लिपिस्टिक लगाउने हो त्यो भन्दा हल्का डार्क कलरको लिप लाइनरले ओठलाई सेप दिने र लिपको सेपअनुसार ब्रसको सहायताले लिपिस्टिक लगाउने ।

नेल आर्ट : तीजका बेला नङ पनि आकर्षक देखिनुपर्छ । यदि आफ्नो नङ राम्रो छैन भने फ्रेन्च नेल बनाउँदा नङ सफा देखिन्छ । नङलाई आकर्षक देखाउन नेल आर्ट गर्न सकिन्छ । नेल आर्ट तथा पेन्टिङका सौखिनहरूले टेम्पोररी नेल आर्ट गराउनु उपयुक्त हुन्छ । यस्तै पर्मानेन्ट नेल आर्ट व्यस्त महिलाहरूका लागि उपयुक्त मानिन्छ । यो सफा, डिसेन्ट तथा स्टान्डर लुक्स दिने खालको हुन्छ । नेल आर्ट पानी खेल्दा वा लुगा धुँदा पनि जाँदैन ।

हेयर स्टाइल

हेयरमा मेसी बन राम्रो देखिन्छ । केश लामो छ भने कर्ल तथा छोटो छ भने स्ट्रेट उपयुक्त हुन्छ । लामो केशमा मेसी बन खुल्छ ।

फिनिसिङ मेकअप

सबै मेकअप सकेपछि लङ लास्टिङ फिनिसिङ स्प्रे छर्किने ।

टिप्स : फेस प्राइमर लगाउनुअघि सनस्किन तथा मोइस्चराइजर लगाउन सकिन्छ । खास प्राइमर लगाउँदा भने सनस्किन नलगाए पनि फरक पर्दैन ।

                                                                                                - सीमा दि मेकअप स्टुडियो

 Image