Successfully Copied

विवाहपछि मात्र तीजको व्रत बस्न थालेकी हुँ

विवाहपछि मात्र तीजको व्रत बस्न थालेकी अपर्णा तीजलाई रातो रंगको पर्व भन्न रुचाउँछिन् । तीजका दिन उनी रातो साडी, राता तथा रंगीबिरंगी चुरा, धागो, सिन्दूर–पोते आदि लगाएर शिव मन्दिर पुग्छिन् । यो दिन उनी फलफूल तथा पानी पिएर व्रत बस्छिन् । आफू चिकित्सा

डा. अपर्णा शाह, बहिनी

रेश्मा राणा, दिदी

महिलाहरूको नितान्त व्यक्तिगत चाड तीज नजिकिरहेको छ । अरु बेला कामको चाप भए पनि तीजका दिन महिलाहरू निस्फिक्री भएर तीजको आनन्द लिन्छन् । मनो परामर्शदाता रेश्मा राणा तथा युवराज्ञी हिमानी शाहकी कान्छी बहिनी डा. अपर्णा शाह पनि तीजको मज्जा लिन्छन् । तीज आउनुभन्दा दुई हप्ताअघिदेखि नै समय मिलाएर तीजको दर खान जाने, आफ्नो घरमा पनि बोलाउने क्रम चल्ने डा. अपर्णाले बताइन् । कालिकास्थानस्थित माइतीमा भने तीजको अघिल्लो दिन दर खान जाने उनले बताइन् । तीजको दर अरुबेला भन्दा भिन्न हुन्छ । दरका रूपमा विभिन्न थरीका परिकार खाने चलन छ ।

अहिले लामो समयअघिदेखि तीज मनाउने र दर खाने चलन छ । डा. अपर्णालाई १५ दिनअघिदेखि खानु अनुचित लाग्दैन किनभने हिजोआजको व्यस्त र सहरी जीवनमा सबैले सबैलाई आफूकहाँ खान बोलाउँदा समय र पालो पनि मिलाउनुपर्छ । तीज आउन थालेपछि अपर्णालाई अर्कै किसिमको रमाइलो महसुस हुन्छ । यही बेला दिदीबहिनीहरू एक ठाउँमा भेला भएर आफ्ना भावना साटासाट गर्न पाइन्छ । अपर्णा तीजमा आफन्तहरूको नाचगान हेरेर आनन्द लिन्छिन् । आफू कान्छी बहिनी भएकीले दिदीहरू, ममी तथा सासूबाट चुरा, पोते, टीका आदि उपहार प्राप्त गर्ने उनले बताइन् । उनी आफै पनि साथीभाइ, दिदी, सासू अनि नन्दहरूलाई चुरा, पोतेजस्ता सौभाग्यका सामग्री प्रदान गर्छिन् ।

विवाहपछि मात्र तीजको व्रत बस्न थालेकी अपर्णा तीजलाई रातो रंगको पर्व भन्न रुचाउँछिन् । तीजका दिन उनी रातो साडी, राता तथा रंगीबिरंगी चुरा, धागो, सिन्दूर–पोते आदि लगाएर शिव मन्दिर पुग्छिन् । यो दिन उनी फलफूल तथा पानी पिएर व्रत बस्छिन् । आफू चिकित्सा पेसामा संलग्न भए पनि डा.अपर्णालाई तीजमा व्रत बस्दा श्रीमान्को आयु बढ्छ भन्ने कुरामा विश्वास लाग्छ ।

डा. अपर्णा पञ्चमी पूजा भने गर्दिनन् । उनका दुई दिदी भने पञ्चमी पूजा पनि गर्छन् । डा. अपर्णा विगतका तीजजस्तै यो तीजमा पनि रातो साडीमा सजिएर मन्दिर जाने योजनामा छिन् । यो तीजमा उनीसँगै आफ्ना श्रीमान् पनि व्रत बस्ने भएकाले अपर्णा निकै खुसी छिन् । जतिसुकै व्यस्त भए पनि महिलाको जीवनमा हरियाली ल्याउने पर्व तीज महिलाले आफ्ना लागि पनि समय निकालेर मनाउनुपर्ने उनको सुझाव छ । डा. अपर्णा आफ्नो शरीरलाई गाह्रो भएर वा आफैलाई दु:ख दिएर भन्दा फलफूल तथा पानी खाएर व्रत बस्न महिला दिदीबहिनीहरूसँग आग्रह गर्दै भन्छिन्–हेप्पी तीज ।

 Image