Successfully Copied

हमोस विथ पित्ता ब्रेड

काबुली चनामा बेकिङ सोडा र नुन हालेर सफ्ट हुने गरी उसिन्ने । नरम भएपछि निकालेर चिसो हुन दिने । ब्लेन्डरमा चना, कागतीको रस, ओलिभ ओयल तथा आइस क्युब राखेर ब्लेन्ड गर्ने । बाहिर निकाली कागतीको रस, थाइना सस तथा नुन हालेर मिक्स गर्ने

सामग्री : काबुली चना ५ सय ग्राम (रातभरि भिजाउने), ओलिभ ओयल ३ मिलिलिटर, आइस क्युब २ टुक्रा, थाइना सस ८० मिलिलिटर, कागतीको रस ५० मिलिलिटर, लसुन ५ ग्राम, नुन स्वादअनुसार, पित्ता ब्रेड १ पिस ।

विधि : काबुली चनामा बेकिङ सोडा र नुन हालेर सफ्ट हुने गरी उसिन्ने । नरम भएपछि निकालेर चिसो हुन दिने । ब्लेन्डरमा चना, कागतीको रस, ओलिभ ओयल तथा आइस क्युब राखेर ब्लेन्ड गर्ने । बाहिर निकाली कागतीको रस, थाइना सस तथा नुन हालेर मिक्स गर्ने । यसलाई पित्ता ब्रेडसँग चोबेर खान सकिन्छ ।

चिकेन सोर्मा

सामग्री : चिकेन ब्रेस्ट १ सय ८० ग्राम, सोर्मा स्पाइस ३ ग्राम, लेटुस ३० ग्राम, फ्रेन्स फ्राई १ सय ग्राम, सुकमेलको धूलो १ ग्राम, मायो ६ सय ग्राम, अदुवा र लसुनको पेस्ट २० ग्राम, जिरा पाउडर ४ ग्राम, कालो मरिच १ ग्राम, नुन स्वादअनुसार ।

विधि : चिकेन ब्रेस्टलाई ३ भागमा स्लाइस आकारमा काट्ने । सबै मरमसला मिक्स गर्ने । मेरिनेसन गरी ३ घन्टाजति फ्रिजमा राख्ने । प्यानमा तेल हालेर ग्रिल गर्ने अनि पाकेपछि जुलियन्स आकारमा काट्ने । तयार सोर्मामा गार्लिक मायो हाल्ने र त्यसको माथि चिकेन हालेर रोल गरी काट्ने । लेटुस, फ्रेन्च फ्राई तथा मिक्स पिक्कल साइडमा राखेर सर्भ गर्ने ।

सोर्मा डो तथा पित्ता ब्रेड बनाउने विधि

सामग्री : मैदा १ केजी, दूध २ सय मिलिलिटर, नुन स्वादअनुसार, इस्ट ५ ग्राम, चिनी ५ ग्राम । मैदामा दूध, नुन तथा इस्ट एकसाथ मुछ्ने । पातलो आकारमा बेलेर तावामा पकाउने ।

                                        - जी जी मचान, पुल्चोक, दमकल रोड

 Image