Successfully Copied

शिरोधारा

मनतातो तेलको स्पर्शले मस्तिष्कमा शीतलता प्रदान गर्छ अनि रक्त सञ्चार बढाउँछ । गसले ब्रेनमा अल्फाबिटा वेभ उत्पादन गर्न सहयोग पुर्‍याउने हुँदा डिप्रेसन, एन्जाइटी, अनिन्द्रा आदि समस्या कम गरी स्मरणशक्ति बढाउने काम गर्छ ।

डा. मनोज ढकाल

आयुष अस्पताल

शिरोधारा भनेको के हो ?

शिरो भनेको शिर अनि धारा भनेको शक्ति खन्याउनु, मनतातो मेडिकेटेड ओयद्वारा शिरमा स्पर्श गराउने कार्यलाई शिरोधारा भनिन्छ ।

यसमा के–के प्रयोग हुन्छ ?

दूध, नरिवलको पानी, मेडिकेटेड ओयल अथवा हर्बल ओयल आदि यसमा प्रयोग हुने पदार्थ हुन् ।

शिरोधारा केका लागि गरिन्छ ?

यो पिनास, श्वासप्रश्वासमा समस्या, मानसिक विचलन, टाउको दुखाइलगायत चिसोबाट हुनसक्ने रोगमा उत्तम साबित हुन्छ ।

 

यसका फाइदा के–के छन् ?

मनतातो तेलको स्पर्शले मस्तिष्कमा शीतलता प्रदान गर्छ अनि रक्त सञ्चार बढाउँछ । गसले ब्रेनमा अल्फाबिटा वेभ उत्पादन गर्न सहयोग पुर्‍याउने हुँदा डिप्रेसन, एन्जाइटी, अनिन्द्रा आदि समस्या कम गरी स्मरणशक्ति बढाउने काम गर्छ ।

कस्ता मानिसले शिरोधारा लिनुहुँदैन ?

भर्खरै ब्रेन सर्जरी गरेका, ब्रेन ट्युमर भएका, टाउकोमा घाउ–चोटपटक लागेका, ज्वरो आएका तथा सनबर्न भएकाहरूले नगर्नु नै उपयुक्त हुन्छ ।

पोटली मसाज

सुदर्शन बस्नेत

अध्यक्ष, सुस्वास्थ अस्पताल

पोटली मसाज के हो ?

पोटली मसाज विभिन्न आयुर्वेदिक जडीबुटीलाई सफा मलमलको कपडामा पोको पारेर त्यसलाई वाफ वा हर्बल तेलमा तताई त्यही पोकाले तातो दिँदै मालिस गर्ने विधि हो ।

यो कुन पद्धतिको उपचार विधि हो ?

यो आयुर्वेदिक पञ्चकर्मको एक विधि हो ।

यसका फाइदा के–कस्ता छन् ?

यसले विशेषगरी रक्त सञ्चार वृद्धि गर्छ जसले गर्दा शरीरका टिस्युहरूमा अक्सिजन र न्युट्रिसनको वितरण बढ्छ अनि रोगको हिलिङ छिटो हुन्छ । यो मसाजले शरीरका छिद्रहरू खोलिदिन्छ र टक्सिन बाहिर निकाल्न सहयोग पुर्‍याउँछ । यसको अर्को फाइदा भनेको मांसपेशीको लचकता बढाई छालालाई मुलायम बनाउनुका साथै चिसोका कारण आउने समस्या कम गर्नु पनि हो ।

यो कसले गर्न हुन्छ, कसले गर्नुहुँदैन ?

धेरै ज्वरो आएकाहरू, गर्भवती महिला तथा छालामा संक्रमण भएकाहरूबाहेक अरू सबैले गर्दा हुन्छ ।

 Image