Successfully Copied

नायिकाको साहित्यमा फड्को

अभिनेत्री सोबिता सिम्खडा अब साहित्यकारका रुपमा नेपाली साहित्य बजारमा आउने तयारीमा छिन् । उनले पहिलो पटक लेखेको उपन्यास ‘वराङ्गना’ यसै साता राजधानीमा सार्वजनिक हुँदैछ । विभिन्न चलचित्र मार्फत बारम्बार काँचको पर्दामा देखा परेकी यि अभिनेत्रीले विभिन्न टेलिभिजनमा कार्यक्रम प्रस्तोताका रुपमा समेत आफ्नो छवि

अभिनेत्री सोबिता सिम्खडा अब साहित्यकारका रुपमा नेपाली साहित्य बजारमा आउने तयारीमा छिन् । उनले पहिलो पटक लेखेको उपन्यास ‘वराङ्गना’ यसै साता राजधानीमा सार्वजनिक हुँदैछ । विभिन्न चलचित्र मार्फत बारम्बार काँचको पर्दामा देखा परेकी यि अभिनेत्रीले विभिन्न टेलिभिजनमा कार्यक्रम प्रस्तोताका रुपमा समेत आफ्नो छवि बनाउन सफल भएकी थिईन् । अब भने उनको परिचयमा आख्यानकारको परिचय थपिएको छ ।

सामाजिक सञ्जाल मार्फत आफ्नो उपन्यासको कभर तथा प्रमोसन भिडियो सार्वजनिक गरेर सोबिताले पाठकलाई आकर्षित गरिरहेकी उनको उपन्यासमा आफू जन्मी हुर्केको सेरोफेरो, कथित उपल्लो र तल्लो जातिबीचको विभेद, प्रेम, राजनीति, सामाजिक कुरीति जस्ता विषयवस्तुहरु समेटिएको छ । सोबिताको उपन्यास ‘वराङ्गना’ बुलबुल पब्लिकेशनले बजारमा ल्याउने भएको छ ।

ओशो अनुयायी सोबिताले आफू ओशो सन्यासी भएकै कारण साहित्य सृजनामा थप बल पुगेको बताएकी छिन् ।

 Image