Successfully Copied

भान्साका सामग्रीको केयर

फ्रिज सफा गर्नु पहिले विद्युत्सँगको सम्पर्क विच्छेद गर्नुपर्छ । फ्रिजको सफाइका लागि बेकिङ सोडा तथा पानीको मिश्रण प्रयोग गर्न सकिन्छ । फ्रिजको माथिदेखि तलसम्मको भाग साबुन पानीले सफा गर्नुपर्छ । त्यसपछि आधा घन्टाका लागि फ्रिज खुल्ला छोड्ने । कपासमा भेनिला एसेन्स लगाई फ्रिजमा

माइक्रोवेभ

खाना तताउने तथा कम समयमै स्वादिलो र स्वस्थ खाना बनाउने माइक्रोवेभको सफाइमा विशेष ध्यान पुर्‍याउनुपर्छ । माइक्रोवेभको प्रयोगपछि त्यसको भित्री भाग राम्रोसँग सफा गर्नुपर्छ । सफाइका लागि माइक्रोवेभ ओवन क्लिनर नै प्रयोग गर्नु उपयुक्त हुन्छ । यसको ढोकाको हेरविचार राम्रोसँग गर्नुपर्छ । यसले माइक्रोवेभको भित्री इनर्जीलाई सुरक्षित राख्छ । यसलाई सफा गर्न थोरै अमोनिया राखेर रातभरि छोड्ने अनि बिहान सफा कपडाले पुछ्ने । एक कप पानीमा कागतीको टुक्रा हालेर माइक्रोवेभलाई केही समय अन गर्दा सफा गर्न सजिलो हुन्छ भने भित्रको गन्ध पनि हट्छ । माइक्रोवेभमा माइक्रोवेभ सेफ लेखिएका भाँडा नै प्रयोग गर्नुपर्छ । पपकर्न तयार गर्दा माइक्रोवेभको छेउतिरै बसिरहनुपर्छ किनभने कहिलेकाहीँ ओभनको तापक्रम बढी भएर भित्र आगो लाग्न सक्ने खतरा हुन्छ ।

फ्रिज

भान्साका लागि नभै नहुने फ्रिज हप्ताको एकपटक सफा गर्नुपर्छ । फ्रिज सफा गर्नु पहिले विद्युत्सँगको सम्पर्क विच्छेद गर्नुपर्छ । फ्रिजको सफाइका लागि बेकिङ सोडा तथा पानीको मिश्रण प्रयोग गर्न सकिन्छ । फ्रिजको माथिदेखि तलसम्मको भाग साबुन पानीले सफा गर्नुपर्छ । त्यसपछि आधा घन्टाका लागि फ्रिज खुल्ला छोड्ने । कपासमा भेनिला एसेन्स लगाई फ्रिजमा राखेर आधा घन्टा बन्द गर्ने । यसले फ्रिजबाट आउने गन्धबाट मुक्ति दिन्छ । हरेक ६–६ महिनामा फ्रिजको पछाडिको भागको सफा गर्नुपर्छ । तातो खाना राख्दा फ्रिज खराब हुन्छ । फ्रिजमा राखिएको खानेकुरा हप्ता दिनभित्र खाइसक्नुपर्छ । फ्रिजलाई ग्यास चुल्हो वा हिटरको अगाडि राख्नुहुँदैन ।

मिक्स्चर ग्राइन्डर

मिक्स्चर ग्राइन्डर आधुनिक तथा स्मार्ट भान्साका लागि अति आवश्यक किचेन अप्लाइन्सेस हो । यसले भान्साको काम निकै सहज बनाउँछ र समय पनि बचत गर्छ । यसको सफाइमा विशेष ध्यान पुर्‍याउनुपर्छ । मिक्स्चर ग्राइन्डर प्रयोग गरेपछि त्यसलाई राम्रोसँग सफा गर्नुपर्छ । मिक्स्चरमा धेरै तातो चीज पिस्नु हुँदैन । मिक्स्चरलाई लगातार १५–२० मिनेटसम्म चलाउनु हुँदैन, बन्द गर्दै–चलाउनु पर्छ । मिक्स्चर चलाउँदा त्यसको बिर्काेमा हातले हल्का थिचिरहनुपर्छ । मिक्स्चरको आधा भाग मात्र सामान भरेर चलाउनुपर्छ अन्यथा मोटरमा लोड पर्छ र मिक्स्चर छिट्टै बिग्रन्छ । अचार पिसेपछि थोरै पानी हालेर चलाउने । यसले गर्दा ब्लेडको आसपास टाँसिएको सबै चीज निस्कन्छ । मिक्स्चर प्रयोग गरेपछि सधै प्लग निकालेर राख्नुपर्छ । लगातार विद्युत् सप्लाई हुँदा मिक्स्चरको क्षमतामा नकारात्मक असर पर्छ ।

ह्यान्ड ब्लेन्डर

भान्सामा फिट्ने कामलाई सजिलो बनाउन ह्यान्ड ब्लेन्डर प्रयोग गरिन्छ । प्रयोगपछि यसको हरेक भागलाई अलग गरी उम्लिएको पानीमा थोरै डिटर्जेन्ट हाली सफा गर्ने । ब्लेन्डरको मोटर भिजेको कपडाले पुछ्ने । यसलाई पानीभित्र डुबाउनु हुँदैन । ब्लेड फेर्दा वा सफाइ गर्दा अनप्लग गर्नुपर्छ । लगातारको प्रयोगले यसको धार कम हुँदै जान्छ ।

जुसर

ताजा एवं स्वस्थ जुस बनाउने सर्ट जुसर भान्साको अत्यावश्यक सामग्री बन्दैछ । बालबालिकाहरूलाई फ्रेस जुस बनाएर ख्वाउँदा उनीहरू स्वस्थ रहने तथा रसायनयुक्त तयारी जुसबाट छुटकारा पाइने हुँदा जुसर हरेक घरको आवश्यकता बन्दै गएको हो । प्रयोगपछि यसलाई धोइहाल्नुपर्छ । यसको सफाइका लागि उमालिएको पानी तथा डिटर्जेन्ट प्रयोग गर्न सकिन्छ । दिनमा एकपटक भन्दा बढी जुसर प्रयोग गरिन्छ भने हरेक पटक सबै पार्टपुर्जा छुट्याएर धोइरहनु पर्दैन ।

                                  आइटी इन्जिनियर, माइक्रोल्यान्ड

 Image