Successfully Copied

गायिका मेरिना राईको दसैं योजना

म विशेषगरी मौसम, ठाउँ तथा परिस्थितिअनुसार पहिरन छनोट गर्छु । मैले दसैं स्पेशल भनेर कहिल्यै पहिरन किन्ने गरेकी छैन । मेरा लागि कपडा लगाउने कुरामा सधैं दसैं नै चलिरहेको हुन्छ । म धेरैजसो जेन्स स्टायलको ड्रेसअप रुचाउँछु । त्यसैले यसपटकको दसैंमा पनि यस्तै

फेसन : जुनसुकै पहिरन लगाए पनि आफूलाई कन्फर्ट पहिरन लगाउनुपर्छ । म विशेषगरी मौसम, ठाउँ तथा परिस्थितिअनुसार पहिरन छनोट गर्छु । मैले दसैं स्पेशल भनेर कहिल्यै पहिरन किन्ने गरेकी छैन । मेरा लागि कपडा लगाउने कुरामा सधैं दसैं नै चलिरहेको हुन्छ । म धेरैजसो जेन्स स्टायलको ड्रेसअप रुचाउँछु । त्यसैले यसपटकको दसैंमा पनि यस्तै फेसनमा देखिनेछु ।

खानपिन : म खानेकुरामा केही पनि बार्दिन । हुन त गायक–गायिकाले धेरै खानेकुरा बार्नुपर्छ भनिन्छ, तर म खानपिनमा आफूलाई नियन्त्रणमा राख्दिन । हार्ड ड्रिंक्सबाहेक सबै खानेकुरा खान्छु । विशेषगरी दसैंका बेला गाउँदेखि सहर सबैतिर मासु–भात खाँदैमा हैरान भइन्छ । मलाई लोकल कुखुरा र बंगुरको मासु असाध्यै मनपर्छ । अरुबेला पनि मासु खाइन्छ तर दसैंका बेला वातावरण पनि त्यस्तै हुने भएर होला मासु खाँदा छुट्टै आनन्द आउँछ ।

घुमघाम : दसैं–तिहारमा म धेरैजसो देश–विदेशका कार्यक्रममा व्यस्त हुन्छु । मलाई प्राकृतिक सुन्दरताले भरिपूर्ण ठाउँ घुम्न निकै रमाइलो लाग्छ अनि विदेशतिर मानिसहरूले नै निर्माण गरेका ठाउँ घुम्न रुचाउँछु । मैले परिवारका साथमा घुम्न पाएकी छैन । आफैं पनि कुनै कार्यक्रमबिना कतै घुम्न गएकी छैन । यद्यपि कार्यक्रमले गर्दा सबैतिर पुगिरहेकै हुन्छु ।

किनमेल : म दसैंकै लागि भनेर स्पेशल किनमेल गर्दिन । दसंैको भोजका लागि चाहिने सामानहरू चाहिँ किनिन्छ । दसैंमा विशेषगरी लुगाफाटो किन्ने भनिन्छ, तर अरू बेला पनि कपडा किनिरहिन्छ जसले गर्दा दसैंकै लागि भनेर खासै कपडा किनिँदैन ।

मैले बुझेको दसैं : मलाई दसैं मात्र नभएर सबै चाडपर्व मानिसहरूबीच आत्मीयता बढाउने माध्यम हुन् जस्तो लाग्छ । दसंै नेपालीहरूको महान् चाड मात्र होइन यो आपसी मित्रता एवं खुसी बाँड्ने चाड पनि हो । यो टाढा भएका आफन्तहरूसँग बसेर दु:ख–सुख बाँड्ने अवसर पनि हो ।

चङ्गा–पिङ : बाल्यावस्थामा लंगुर बुर्जा खुब खेलिन्थ्यो । त्यतिबेला म धेरै रमाइलो गर्थें । मलाई पिङ खेल्न असाध्यै मनलाग्छ । त्यसैले यसपटक पनि अवसर मिल्यो भने पिङ खेल्छु । मैले चङ्गा उडाएकी छैन तर अरुले उडाएको हेर्न मन लाग्छ ।

प्रस्तुती: महेश तिमिल्सिना

 Image