Successfully Copied

चाडपर्वलाई नेपाली चलचित्र

पुराना निर्माता–निर्देशक अशोक शर्मा लामो समयपछि नयाँ चलचित्र ‘जय भोले’ लिएर दर्शकमाझ आउँदैछन् । शर्माको यो चलचित्र घटस्थापनाको दुई दिनपछि अर्थात् असोज २६ गते प्रदर्शन हुने सम्भावना छ । यद्यपि शर्माले यो चलचित्रलाई फूलपातीको दिन (असोज ३०) गते प्रदर्शन हुने सम्भावना पनि व्यक्त

त्यसै पनि अचेल हप्ताको दुई–तीन वटा नेपाली चलचित्र प्रदर्शन हुनुलाई सामान्य मानिन्छ । अझ तीज लागेपछि नेपाली चलचित्र जुध्ने क्रमले तीव्रता पाउँछ । तीजको पूर्वसन्ध्या पारेर प्रारम्भ हुने ठूला लगानीका चलचित्रको प्रदर्शनी तिहार नसकिउन्जेल जारी रहन्छ । चाडपर्वका बेला दर्शकहरू पनि फेस्टिभ मुड हुने भएकाले निर्मता–निर्देशकहरू आफ्ना नयाँ चलचित्र प्रदर्शनका लागि यस्तै अवसरको खोजीमा हुन्छन् । यही वर्ष पनि तीजको पूर्वसन्ध्या पारेर सुदर्शन थापाको राम कहानी तथा निरक पौडेलको रोज  प्रदर्शन भैसकेका छन् भने तीजको पर्सिपल्ट साली कसको भेनाको प्रदर्शन भैसकेको छ । असोज लागेपछि दसैं–तिहारलाई लक्षित गर्दै प्रदर्शन हुने चलचित्रको सूची निकै लामो छ । असोजको पहिलो सातादेखि कात्तिकको दोस्रो सातासम्मलाई प्रदर्शन मिति तोकेका केही चलचित्र :

बाँध मायाले

सवीर श्रेष्ठद्वारा निर्देशित प्रेम कथामा आधारित चलचित्र ‘बाँध मायाले’ असोज ५ गतेदेखि प्रदर्शनमा आएको छ ।  नवलपरासीको त्रिवेणी धाम आसपासमा छायांकन गरिएको यो चलचित्रमा आर्यन अधिकारी तथा सृष्टि श्रेष्ठको जोडी प्रमुख भूमिकामा छ । दुई भिन्न समुदायका युवा–युवतीको प्रेम कथामा आधारित चलचित्र बाँध मायालेमा राजाराम पौडेल, रवीन्द्र प्रताप सेन, विशाल चाम्लिङ, किशोर खड्का आदि कलाकारले पनि अभिनय गरेका छन् । अर्जुन पोखरेलद्वारा संगीतबद्ध यो चलचित्र रामहरि धितालले निर्माण गरेका हुन् ।

 

इन्टु मिन्टु लन्डनमा

असोज ५ गते नै सार्वजनिक आएको चलचित्र हो–इन्टु मिन्टु लन्डनमा । कोरियोग्राफरका रूपमा स्थापित रेनशा वान्तवा राईद्वारा निर्देशित यो चलचित्रमार्फत एक नयाँ अनुहार धीरज मगरले अभिनेताका रूपमा पदार्पण गर्दैछन् । अधिकांश छायांकन बेलायतमा गरिएको यो चलचित्रमा धीरजसँग अभिनेतृ साम्राज्ञी राज्य लक्ष्मी शाहको जोडी बाँधिएको छ । यसमा सारुक ताम्राकार, विजय लामा, अर्जुन श्रेष्ठ, दिलभूषण पाठक, रुबी राणा, विवेक लिम्बू आदिको समेत अभिनय हेर्न पाइन्छ । यो चलचित्रको निर्माण प्रभु समसेर जबराले गरेका हुन् ।

कथा काठमाडौं

टेलिभिजनकर्मी संगीता श्रेष्ठले निर्देशकका रूपमा तयार पारेको पहिलो चलचित्र हो–कथा काठमाडौं । असोज १२ गते प्रदर्शनमा आएको छ ।  यो चलचित्रको ‘रातका कुरा’ शीर्षकको गीत यौनजन्य भएको भन्दै सामाजिक सञ्जालमा ठूलै विवाद भएको थियो । उक्त गीतमा अभिनेतृ प्रियंका कार्की तथा अभिनेता प्रमोद अग्रहरिका अन्तरंग दृश्यले बजार तताएको थियो । देशको राजधानी काठमाडौंका चार भिन्न घटनाक्रमलाई मुख्य विषय बनाइएको यो चलचित्रमा प्रियंका र प्रमोदका अतिरिक्त आयुष्मान देशराज जोशी, संजोग कोइराला, सन्ध्या केसी, प्रेक्षा अधिकारी आदि कलाकारले अभिनय गरेका छन् । प्रियंका र आयुष्मान यही चलचित्रको छायांकनका क्रममा नजिकिएको चर्चासमेत चलेको थियो ।

 

अनुराग

पत्रकार ऋषि धमलाकी श्रीमती एलिजा गौतम अभिनेतृका रूपमा पदार्पण गर्ने चलचित्र हो–अनुराग । यो चलचित्र पनि असोज १२ गते नै दर्शकमाझ आएको छ ।  सत्यराज चौलागाईंद्वारा निर्देशित यो पहिलो चलचित्र हो । चलचित्रमा एलिजा गौतम तथा समुद्र पण्डित मुख्य भूमिकामा छन् । प्रेम कथामा आधारित यो चलचित्रका गीत तथा ट्ेरलर सार्वजनिक भैसकेका छन्, जसमा एलिजा र समुद्रको जोडी आकर्षक देखिएको छ ।

 

अनुरागमा उनीहरूबाहेक थिलेन लामा, सरोज खनाल, रूपा राना, राजाराज पौडेल, मोहन निरौला, शिशिर राणा, कमलकान्त मैनाली, विद्या भट्टराई, दावा लामा, विश्व बस्नेत, सुरज खड्का, सिमानी खाती आदि कलाकारले अभिनय गरेका छन् । एलिजा आफैले निर्माण गरेको चलचित्र अनुरागमा ताराप्रकाश लिम्बू तथा सरोज पोखरेलद्वारा संगीतबद्ध गीतहरू सुन्न पाइन्छ ।

ड्रिमगर्ल

ऋषिराज आचार्यद्वारा निर्देशित चलचित्र हो–ड्रिमगर्ल । रोमान्टिक प्रेम कथामा आधारित यो चलचित्र साउन १९ गते सार्वजनिक हुँदैछ । चलचित्र ड्रिमगर्लमार्फत मोडल आश्मा गिरी अभिनेतृका रूपमा दर्शकमाझ आउँदैछिन् । यो चलचित्रमा आश्मासँग अभिनेता आकाश श्रेष्ठको जोडी बाँधिएको छ । रारा तालदेखि दुबईसम्मका आकर्षक लोकेसनमा छायांकन गरिएको यो चलचित्रमा विल्सन विक्रम राई, सरोज खनाल, अर्जुन श्रेष्ठ, लक्ष्मी गिरी, निर्मल शर्मा, सुरवीर पण्डित, पूजा पराजुली, शिशिर भण्डारी, तुलसी श्रेष्ठ, रूपा सुवेदी, सुशील पोखरेल, रश्मि भट्ट, कोपिला थापा, सशांक बोहोरा, दीपक आचार्य आदि कलाकारले अभिनय गरेका छन् । चलचित्रका गीत अर्जुन पोखरेलले संगीतबद्ध गरेका हुन् ।

निर्जला

राजु गिरीद्वारा निर्देशित चलचित्र ‘निर्जला’ पनि असोज १९ गतेदेखि नै प्रदर्शनमा आएको छ । निर्देशक गिरीले यो चलचित्रलाई आफ्ना विगतका चलचित्रको तुलनामा पृथक् भनेका छन् । उनकै शब्दमा ‘निर्जला गाउँले परिवेशको अग्र्यानिक चलचित्र’ हो । प्रकाशचन्द्र न्यौपानेद्वारा निर्मित यो चलचित्रमा किशोर खतिवडा, शुभेच्छा थापा तथा निक शर्माले मुख्य भूमिका निर्वाह गरेका छन् । चलचित्र निर्जलामा श्याम राई, पल्पसा डंगोल, रश्मि भट्ट, राजकुमार थापा, राजेन्द्र गिरी, भीम खनाल, बाले तामाङ, अञ्जली घिसिङ, प्रेम पौडेल, सागर गिरी, प्रकाशचन्द्र न्यौपाने आदि कलाकारले समेत अभिनय गरेका छन् ।

जय भोले

पुराना निर्माता–निर्देशक अशोक शर्मा लामो समयपछि नयाँ चलचित्र ‘जय भोले’ लिएर दर्शकमाझ आउँदैछन् । शर्माको यो चलचित्र घटस्थापनाको दुई दिनपछि अर्थात् असोज २६ गते प्रदर्शन हुने सम्भावना छ । यद्यपि शर्माले यो चलचित्रलाई फूलपातीको दिन (असोज ३०) गते प्रदर्शन हुने सम्भावना पनि व्यक्त गरिसकेका छन् । यी दुईमध्ये कुनै एउटा मितिमा प्रदर्शन हुने यो चलचित्र दसैंको बिदा प्रारम्भ भएपछि नै प्रदर्शनमा आउने कुरामा भने दुई मत छैन । पूर्वी नेपालका रमणीय लोकेसनमा छायांकन गरिएको यो चलचित्रमा खगेन्द्र लामिछाने, सौगात मल्ल, स्वस्तिमा खड्का, बुद्धि तामाङ, सलोन बस्नेत, राजाराम पौडेल, वसुन्धरा भूसाल, लक्ष्मी गिरी, जय नन्द लामा, सुरवीर पण्डित, शारदा गिरी, रामचन्द्र अधिकारी, किशोर भण्डारी, सुरेन्द्र केसी आदि कलाकारले अभिनय गरेका छन् । चलचित्र जय भोलेका गीत लोकप्रिय भैसकेका छन् । यसका अतिरिक्त चलचित्रको टिजर तथा ट्ेरलर पनि मन पराइएको छ । निर्देशक शर्मा नै यो चलचित्रका निर्माता हुन् ।

छक्का पञ्जा–३

छायांकनको पहिलो दिन नै दसैंलाई प्रदर्शन मिति तोकेको चलचित्र हो–छक्का पञ्जा–३ । दीपकराज गिरी तथा दीपाश्री निरौलाको यो चलचित्र दर्शकको प्रतीक्षाको सूचीमा छ । यो चलचित्र असोज २४ गतेबाट प्रदर्शनमा आएको छ । दीपाश्री निरौलाद्वारा निर्देशित छक्का पञ्जा–३ मा दीपकराज गिरी, प्रियंका कार्की, दीपिका प्रसाईं, केदार घिमिरे, जितु नेपाल, नीर शाह, शिवहरि पौडेल, किरण केसी, बुद्धि तामाङ, अनुराग कुँवर, लक्ष्मी गिरी, विल्सन विक्रम राई, जय नन्द लामा, शारदा गिरी, विमला गिरी, वसन्त भट्ट, सुमन गिरी, संजोग कोइराला आदि कलाकारले अभिनय गरेका छन् । चलचित्रको पहिलो नम्बरमा शीर्षकको गीत लोकप्रिय भैसकेको छ ।

 

 Image