Successfully Copied

स्पेनिस रेबेउली इटालीयन परिकार

चिकेनलाई स्लाइस गरी रोटीजस्तै कुट्ने । लेमनको बोक्रालाई कोरेर माथिबाट छर्कने । कालो मरिच, नुन तथा चीज हालेर रोल गर्ने । उक्त रोललाई अण्डाको घोलमा डुबाई पिठोमा लटपटाउने अनि पुन: अण्डामा डुबाउने ।

सामग्री : पालुंगोको साग १ मुठा, चीज १५ ग्राम, नुन १० ग्राम, मरिच १० ग्राम, रोजमेरी ५ ग्राम, लसुनको चप ५ ग्राम, प्याज ५ ग्राम, घिउ १० ग्राम, पिठो ५० ग्राम तथा अण्डा १ वटा ।

विधि : पालुंगोको सागलाई उमाल्ने र पानी निचोरेर काट्ने ।

क्रब : लसुन तथा प्याजलाई सोथे गर्ने, नुन, मरिच एवं रोजमेरी हालेपछि चीज कोरेर राख्ने । अर्काे भाँडामा पिठोलाई अण्डाले मुछ्ने । बेल्नाले एउटै गरी २ वटा रोटी बेल्ने । एउटा रोटीमा पालुंगोको मिक्सरलाई भाग लगाउँदै राख्ने । अर्काे रोटीले माथिबाट बन्द गरी साइड–साइडमा अण्डाको घोलले बन्द गरी आफूलाई मन परेको आकारमा काट्दै अण्डाको घोलले बन्द गर्दै स्टिम गर्ने । यसलाई क्रिम ससमा टोमाटो सस मिक्स गरी खान सकिन्छ ।

कोर्डाेब्लु फ्रेन्च परिकार

सामग्री : चिकेन ब्रेस्ट २ सय ५० ग्राम, हुयाम्स स्लाइस १ पिस, नुन स्वादअनुसार, कालो मरिच १० ग्राम, कागतीको बोक्रा ५ ग्राम, चीज २० ग्राम, अण्डा १ वटा, ब्रेड कम २० ग्राम, मैदा १० ग्राम तथा क्रिम सस २ सय ग्राम ।

विधि : चिकेनलाई स्लाइस गरी रोटीजस्तै कुट्ने । लेमनको बोक्रालाई कोरेर माथिबाट छर्कने । कालो मरिच, नुन तथा चीज हालेर रोल गर्ने । उक्त रोललाई अण्डाको घोलमा डुबाई पिठोमा लटपटाउने अनि पुन: अण्डामा डुबाउने । त्यसपछि ब्रेडकममा डुबाई २५ मिनेट ग्रिल गर्ने । यसलाई मस पोटाटोसँग खान सकिन्छ । साइडमा क्रिम सस राख्ने ।

 Image