Successfully Copied

म धेरै भाग्यमानी छु

म धेरै भाग्यमानी छु । म मेहनतअनुसार आफ्नो पेसामा सफल भएँ । मेरो छोराले मलाई एकदम माया गर्छ, मलाई छोडेर कतै जान मान्दैन । अर्को कुरा हामी परिवारका सबै सदस्य नै एक–अर्कालाई असाध्यै माया गर्ने प्रकृतिका छौं । धेरै माया पाएकैले म भाग्यमानी

कलर बक्सको कुनै रंग बन्न पाउनुभयो भने कुन रंग बन्न चाहनुहुन्छ ?

 

कालो वा सेतो । किनभने यी तटस्थ रंग हुन् जुनमा पनि मिसिन सक्छन् ।

तपाईंले कसैलाई कुनै कामको जिम्मा दिनुभयो, जसलाई उक्त काम पटक्कै गर्न मन लाग्दैन, गराउनैपर्दा कसरी कन्भिन्स गर्नुहुन्छ ?

जीवनमा अनेकन चुनौतीको सामना गर्नुपर्छ, तिमी यति सानो कुराबाट भाग्छौ भने बाँकी जीवनसँग कसरी जुध्छौ भनेर सम्झाउँछु ।

घोडा आकारको एउटा हाँस वा हाँस आकारका सय वटा घोडा कुनसँग जुध्न चाहनुहुन्छ ?

घोडा आकारको एउटा हाँससँग, किनभने सय हाँस बराबर एउटा घोडा हो ।

सयको नोट उत्पादन गर्ने मेसिन खरिद गर्ने अवसर मिल्यो भने तपाईं त्यो मेसिनलाई कति मूल्य तिर्न तयार हुनुहुन्छ ?

पहिले त्यो वैध हो कि अवैध बुझ्छु । यदि वैध भए कति वर्ष बाँचिन्छ त्यही हिसाबले मूल्य तिर्छु । जे होस् आफूलाई घाटा नपर्ने गरी मूल्य लगाउँछु ।

समुद्री बोटमा यात्रा गर्ने सबै साथी पानीमा डुबे तर तपार्इं टापुमा उत्रिएर बाँच्न सफल हुनुभयो भने ?

त्यो जस्तो सुखद् के होला ? माछा मार्छु, वनमा घुम्दै कन्दमूल खोजेर खान्छु । जीवनको त्यो पाटोको आनन्द उठाउँछु ।

तपाईं कति भाग्यमानी र किन ?

म धेरै भाग्यमानी छु । म मेहनतअनुसार आफ्नो पेसामा सफल भएँ । मेरो छोराले मलाई एकदम माया गर्छ, मलाई छोडेर कतै जान मान्दैन । अर्को कुरा हामी परिवारका सबै सदस्य नै एक–अर्कालाई असाध्यै माया गर्ने प्रकृतिका छौं । धेरै माया पाएकैले म भाग्यमानी छु ।

जीवनको अन्तिम क्षणसम्म पटक–पटक दोहोर्‍याएर एउटा मात्र नाटक हेर्नुपर्ने भयो भने कुन नाटक हेर्नुहुन्छ ?

शेक्सपियरको ह्यामलेट हेर्छु ।

यदि कसैले तपाईंको बायोग्राफी लेख्दैछ, शीर्षक के दिन चाहनुहुन्छ ?

यात्रा ।

रंगमञ्चमा निर्वाह गर्न मन लागेको पात्र ?

गौतम बुद्धकी श्रीमती यशोधराको चरित्र निर्वाह गर्ने मन छ ।

 

 Image