Successfully Copied

लाखमरी बनाउने विधि

नरम भएपछि सानो प्वाल भएको कपडामा बाँध्ने । त्यसपछि ताईमा हालेर पकाउने र सेप बनेपछि कराहीमा घिउ तताएर खैरो हुन्जेल पकाउने । खैरो भएपछि झिकेर सफा प्लेटमा हाली सेलाएपछि चिनीको बाक्लो झोललाई ब्रसले पालिस गरेजस्तै गरी रोटीमा लगाउने ।

लाखमरी

सामग्री : ताइचिन चामलको पिठो १ किलो, घिउ ३ पाउ, मास आधा किलो चास्नी डुबाउन मिल्ने गरी ।

विधि : चामललाई दिनभरि भिजाएर रातभरि ओभाउन दिने र भोलिपल्ट पिस्ने । मास पनि रातभरि भिजाएर बोक्रा निकाली बिहान पिस्ने । पिसेको मासमा अलिअलि पानी हालेर फिट्ने । घिउ, चामलको पिठो तथा मास मिसाएर एकदमै राम्रोसँग फिट्ने । नरम भएपछि सानो प्वाल भएको कपडामा बाँध्ने । त्यसपछि ताईमा हालेर पकाउने र सेप बनेपछि कराहीमा घिउ तताएर खैरो हुन्जेल पकाउने । खैरो भएपछि झिकेर सफा प्लेटमा हाली सेलाएपछि चिनीको बाक्लो झोललाई ब्रसले पालिस गरेजस्तै गरी रोटीमा लगाउने । यसरी तयार भएको लाखमरी तिहारमा बढी प्रयोग हुन्छ र यसलाई धेरै महिनापछि सम्म पनि खान सकिन्छ ।

ऐंठा

सामग्री : मैदा १ धार्नी, घिउ साढे ४ पाउ, तिल १ सय ग्राम, चास्नी आवश्यकताअनुसार ।

विधि : मैदा, तिल तथा घिउलाई मनतातो पानीले मुछ्ने । तयार पिठोलाई एकछिन सुकाउने । पिठोलाई जोखेर आवश्यकताअनुसार लिई ताईमा सेप बनाई कराहीमा खैरो हुन्जेल पकाउने । आवश्यकताअनुसार चिनी पकाएर ब्रसले रोटीको माथिबाट पेन्ट गर्ने ।

                                            श्री नन्द मिठाईं भण्डार, कृष्ण मन्दिर पछाडि, पाटन

 Image