Successfully Copied

तिहारका परिकार

बेल्दा अलिअलि मैदा हाल्दै फोल्ड गर्दै थिच्दै जाने । त्यसपछि यसलाई घिउमा पकाउने । ५–६ मिनेट पकाएपछि निकालेर सेलाउन दिने । सेलाएपछि चास्नीमा डुबाउने । चास्नीबाट निकालेपछि माथिबाट नरिवल तथा केशर छर्किदिने ।

ल्वाङफूल

सामग्री : मैदा १ किलो, घिउ २ पाउ, चास्नी आवश्यकताअनुसार, नरिवल ५० ग्राम, केशर आधा चम्चा ।

विधि : घिउलाई तताएर मनतातो बनाई आधा लिटर पानी हाल्ने । उक्त घिउ र पानीमा मैदा मुछ्ने । पिठो तयार भएपछि गोलो बनाएर तीनकुने आकारमा बेल्ने । बेल्दा अलिअलि मैदा हाल्दै फोल्ड गर्दै थिच्दै जाने । त्यसपछि यसलाई घिउमा पकाउने । ५–६ मिनेट पकाएपछि निकालेर सेलाउन दिने । सेलाएपछि चास्नीमा डुबाउने । चास्नीबाट निकालेपछि माथिबाट नरिवल तथा केशर छर्किदिने ।

बलबारा

सामग्री : मैदा १ किलो, घिउ २ किलो, आँटा ५० ग्राम, चास्नी आवश्यकताअनुसार ।

विधि : मैदा, घिउ (२ पाउजति) तथा आटा मुछेर आधा घण्टा सुकाउने । स–साना आकारमा गोलो पारी काट्ने र त्यसलाई बेल्नाले बेलेर गोलो आकार दिने । त्यसलाई घिउमा डिप फ्राई गरेर खैरो भएपछि निकाल्ने । तारेपछि चास्नीमा डुबाएर निकाल्ने । बलबारालाई नेवार समुदायले सगुनका बेला बाराको सट्टा समेत प्रयोग गर्दै आएको छ ।

 

अनरसा  

 

सामग्री : ताइचिनको चामल १ किलो, चिनी १ पाउ, तिल १ पाउ, घिउ २ किलो ।

विधि : चामललाई रातभरि भिजाउने र भोलिपल्ट पिस्ने । चिनीलाई बाक्लो हुने गरी पकाउने । चिनी बाक्लो भएपछि त्यसमा पिठो मिसाएर घोट्ने । तयार पिठो तथा चिनीको मिक्सलाई २४ घन्टा त्यत्तिकै राख्ने । भोलिपल्ट पुन: नरम हुने गरी मुछ्ने । सानो गोलो बनाई त्यसमा तिल हालेर हातैले रोटीको आकार दिने । कराहीमा घिउ तताएपछि रोटी हालेर खैरो नहुन्जेल पकाएपछि अनरसा तयार हुन्छ ।

फिनी

सामग्री : मैदा १ किलो, घिउ ४ पाउ ।

विधि : मैदालाई नरमसँग मुछ्ने । घिउ तथा मैदालाई पनि राम्रोसँग फिट्ने । त्यसपछि पिठोलाई फोल्ड गरेर काट्ने अनि चारकुने बनाई बेल्ने । यसलाई घिउमा ६–७मिनेट पकाएपछि फिनी तयार हुन्छ ।

 Image