Successfully Copied

मंसिर महिनाको राशिफल

सबै काममा सफलता मिल्दै जानेछ । मनमा भएको तनाव हट्नुका साथै शरीर पनि स्वस्थ रहनेछ । दाम्पत्य जीवन सुमधुर देखिन्छ । आफ्नो रुचिअनुसार काम गर्ने मौका मिल्नेछ । घरमा विभिन्न कुरामा हेरफेर हुनसक्छ । कुनै कामविशेषले यात्रा गर्नुपर्ला । कतैबाट कुनै कुराको लाभसमेत

मेष    

योजनानुुरूप सबै काममा सफलता मिल्नेछ । विभिन्न कुुराको लाभ हुुनेछ । व्यावसायिक क्षेत्रबाट राम्रो धन लाभ हुुनेछ । पारिवारिक सुुखसमेत प्राप्त होला । दाम्पत्य जीवनमा सामान्य मतभेद भए पनि माया एवं समझदारी कायमै रहनेछ । कुुनै काम गर्दा मनमा प्रसन्नता छाउनेछ भने कुुनै काममा चाहिँ दोधार उत्पन्न हुुनसक्छ । मनलाई चञ्चल हुुन नदिई धैर्यपूूर्वक काम गर्नुुहोला । आप््mनो स्वास्थ्य एवं खानपिनमा ध्यान पुर्‍याउनुपर्ने समय छ ।

वृष

कुुनै कामविशेषले यात्रा हुुनसक्छ । छोराछोरीबाट सुुख एवं सन्तोष मिल्नेछ । काममा अपजस मिल्नसक्ने भएकाले आफ्नो कार्यक्षेत्रमा सक्रिय रहने प्रयत्न गर्नुुहोला । वादविवाद हुुनसक्ने भएकाले बोली एवं व्यावहारिक कार्यमा सजग रहनुुपर्ने समय छ । कार्यव्यस्तताले गर्दा खानपिनको तालमेल नमिल्नसक्छ । आप््mनो स्वास्थ्य एवं खानपिनको उचित प्रबन्ध गरे आकस्मिक स्वास्थ्य समस्याबाट जोगिन सकिन्छ । दाम्पत्य जीवनमा अपेक्षित माया एवं समझदारी कायम रहनेछ ।

मिथुन

पराक्रम बढ्नुुका साथै शरीर पनि स्वस्थ रहनेछ । मनमा भएको तनाव हटेर जानेछ । दाम्पत्य जीवन प्रेममय एवं सुुखमय देखिन्छ । आप््mनो कार्य क्षेत्रमा उन्नति गर्ने अवसर जुट्नेछ । साथीभाइ एवं इष्टमित्रसित भेटघाट गर्ने मौका जुर्नेछ । छोराछोरीबाट सुुख एवं सन्तोष मिल्नेछ । घुुमफिर हुुनसक्छ । शैक्षिक कार्यमा संलग्न व्यक्तिहरूले सफलता प्राप्त गर्नेछन् । प्रतियोगितात्मक कार्यमा विजय हासिल होला ।

कर्कट    

काम गर्ने जाँगर बढ्नुका साथै शरीर फुर्तिलो रहनेछ । साथीसँगीहरूसित भेटघाट गर्ने मौका जुट्नसक्छ । आफ्नो इच्छानुसार समय यापन गर्ने मौका मिल्नेछ । पारिवारिक घुुमघाम हुुनसक्छ । छोराछोरीले कुुनै कुुरालाई लिएर दु:ख दिनसक्छन्, राम्रोसँग सम्झाउने प्रयास गर्नुुहोला । व्यक्तिगत एवं पारिवारिक खुुसीका निम्ति केही खर्च हुनसक्छ । विश्वासिलो व्यक्तिबाहेक कसैसित पनि आफ्नो मनपेट नखोल्नुुहोला । रक्तचापका बिरामीहरूले आहार–विहारमा ध्यान दिनुुपर्नेछ ।

सिंह

दाम्पत्य जीवनमा अपेक्षित माया एवं समझदारी कायम रहनेछ । पारिवारिक वातावरण सुखमय देखिन्छ । आर्थिक पक्ष सुुदृढ रहनुका साथै व्यावसायिक क्षेत्रमा सफलता हात पर्नेछ । इष्टमित्रहरूसित भेटघाट गर्ने मौका मिल्नसक्छ । छोराछोरीबाट सुुख एवं सन्तोष प्राप्त होला । व्यक्तिगत खुुसीका लागि केही किनमेल हुुनसक्छ । आपूूmलाई चित्त नबुुझेको कुुरा राम्रोसँग भन्नसके मनमा कुुनै तुुष बाँकी रहने छैन । सबैले तपाईंको इच्छा बुुझी काम गर्ने प्रयास गर्नेछन् ।

कन्या        

सबै काममा सफलता मिल्दै जानेछ । मनमा भएको तनाव हट्नुका साथै शरीर पनि स्वस्थ रहनेछ । दाम्पत्य जीवन सुमधुर देखिन्छ । आफ्नो रुचिअनुसार काम गर्ने मौका मिल्नेछ । घरमा विभिन्न कुरामा हेरफेर हुनसक्छ । कुनै कामविशेषले यात्रा गर्नुपर्ला । कतैबाट कुनै कुराको लाभसमेत हुनेछ । कसैकसैको प्रेम सम्बन्धले विवाहको रूप लिनसक्छ । आर्थिक एवं व्यावसायिक दुुवै पक्ष सुुदृढ रहनेछन् ।

तुला

मनमा द्विविधा उत्पन्न हुुनसक्छ । धोका हुनसक्ने भएकाले विश्वसनीय व्यक्तिबाहेक कसैसँग पनि आफ्नो मनको कुुरा नखोल्नुुहोला । मालसामान छुुट्ने सम्भावना भएकाले यात्रा गर्दा सतर्क रहनुुपर्नेछ । महिनाको उत्तराद्र्ध केही सरल हुनेछ । सकारात्मक सोचका साथ काम गरे राम्रै प्रतिफल हात लाग्ला । श्रीमान्बाट हरेक काममा सहयोग एवं सद्भाव मिल्नेछ । टाउको एवं आँखा दुुख्ने योग भएकाले झिनामसिना काम गर्दा सजग रहनुुहोला ।

वृश्चिक    

थोरै समयमा धेरै काम भ्याउनुुपर्नेछ । कुुनै कामविशेषले यात्रा हुनसक्छ । साथीसँगीहरूसँग रमाइलो भेटघाट गर्ने अवसर जुुट्नेछ । सहयोगी हातहरू पछि हट्नसक्छन् । भरसक आफ्नो काम आफै गर्ने प्रयत्न गर्नुुहोला । जिम्मेवारीको काम गर्दा सजग रहनुुहोला । अनावश्यक झमेलाबाट टाढै रहनसके सम्भावित विवादबाट जोगिन सकिन्छ । आफ्नो खुुसी एवं स्वास्थ्यका लागि पनि केही समय छुुट्याउनुुहोला ।

धनु

प्रतिस्पर्धीहरूले दुु:ख दिने प्रयास गर्नसक्छन् । विश्वासिला व्यक्तिबाहेक अरू कसैसित पनि आफ्नो मनको कुुरा नखोल्नुुहोला । प्राय: सबै काम तपाईंकै इच्छाबमोजिम सम्पन्न हुुनेछन् । विभिन्न कुुराको किनमेल हुुनेछ । साथीसँगीहरूसँग रमाइलो भेटघाटसमेत होला । आफ्नो व्यक्तिगत कार्यका लागि केही समय निस्कनेछ । अनपेक्षित विवाद हुुनसक्ने भएकाले अत्यावश्यक कुुराबाहेक अरू बेला नबोल्नुु नै उचित हुुन्छ । आफ्नो जोडीलाई मनपर्ने–नपर्ने कुुराको ख्याल गर्दै काम गरे सम्भावित विवाद टर्नसक्छ ।

मकर

काममा अपेक्षित सफलता हात पर्नेछ । काम गर्ने जाँगर बढ्नुका साथै शरीर पनि स्वस्थ रहनेछ । कतै घुुमघाम गर्ने अवसर जुुट्नसक्छ । कसैकसैको प्रेम सम्बन्धले विवाहको रूप लिने सम्भावना छ । विभिन्न कुुराको लाभ हुुनेछ । सवारीसाधन परिवर्तन हुुनसक्छ । कुनै कुुराले मनको हर्ष बढाउनेछ भने दाम्पत्य जीवन सुुखमय रहनेछ ।

कुम्भ

राम्रो महिना छ । पारिवारिक सुख प्राप्त हुनेछ । कुुनै कार्यमा विशेष सफलता हात लाग्नेछ । आधा–अधूूरा कामहरूले पनि गति लिन थाल्नेछन् । आफ्नो इच्छा एवं रुचिअनुुरूप काम गर्ने मौका मिल्नेछ । कसैकसैको प्रेमसम्बन्धले विवाहको रूप लिनेछ । दाम्पत्य जीवनमा अपेक्षित माया एवं सद्भाव कायम रहनेछ । आर्थिक पक्ष सुुदृढ हुुनुका साथै व्यावसायिक क्षेत्रबाट राम्रो लाभ प्राप्त हुुनेछ ।

मीन

काम गर्दा आकस्मिक अड्चन आइलाग्न सक्छ । धैर्यपूूर्वक कार्य गरे अवश्य सफलता मिल्नेछ । महिनाको उत्तराद्र्ध अनुुकूूल रहनेछ । छोराछोरीबाट सुुख एवं सन्तोष प्राप्त हुनेछ । दाम्पत्य जीवनमा अपेक्षित समझदारी कायम रहनेछ । अनावश्यक खर्च हुुनसक्ने भएकाले विशेष ध्यान पुुर्‍याउनुुहोला । स्वास्थ्य एवं खानपानको ख्याल राख्नसके सम्भावित स्वास्थ्य समस्याबाट जोगिन सकिन्छ ।

 Image