Successfully Copied

जाडो मौसम र फूल

यो मौसममा पिटुनिया, सुइट पी, विन्टर ज्यासमिन, क्यालेन्डुला, क्यामेलिया, असर्फी फूल, डेफोडिल, टुलिप आदि सप्रन्छन् । यी फूलले जाडो मौसमको वातावरणलाई रमणीय बनाउँछन् ।

जाडो मौसमका लागि फूलको बिरुवा तयार गर्ने समय असोज–कात्तिक हो । चिसो बढी हुने भएकाले यो मौसममा फूल राम्रोसँग फक्रन सक्दैन । यो मौसममा पिटुनिया, सुइट पी, विन्टर ज्यासमिन, क्यालेन्डुला, क्यामेलिया, असर्फी फूल, डेफोडिल, टुलिप आदि सप्रन्छन् । यी फूलले जाडो मौसमको वातावरणलाई रमणीय बनाउँछन् ।

पिटुनिया जाडोमा फुल्ने आकर्षक फूल हो । यो फूल एकपटक लगाएपछि एक सिजनभर फुल्छ । बोट सानो हुने यो फूल रातो, नीलो, गुलाबी, सेतो आदि रंगमा उपलब्ध छ । पिटुनिया गमला तथा जमिनमा फुल्छ । यो फूल कात्तिकदेखि जेठसम्म फुलिरहन्छ ।

सुइट पीलाई नेपालीमा केराउ फूल भनिन्छ । यो केराउको फूलजस्तै आकारको हुन्छ भने बोट पनि केराउको बोटजस्तै हुन्छ । यो फूल रातो, नीलो, गुलाबी आदि रंगमा फुल्छ । सुइट पीलाई विशेष रूपमा हेरविचार गर्नुपर्छ ।

जाडो मौसममा फुल्ने असर्फी फूल पहेंलो रंगको हुन्छ । यो फूल दुई–तीन महिनासम्म बोटमा रहन्छ । जाडो मौसममा बगैंचाको सुन्दरता कायम राख्न यसको विशेष हेरचाह तथा कीरा नियन्त्रण गर्नुपर्छ । जाडोका लागि कम तापक्रममा फुल्ने फूल नै छनोट गर्नुपर्छ ।

 Image