Successfully Copied

नेपाली नारीहरूलाई हौसला र उत्प्रेरणा दिन बाँचेकी छु

सबैले समान रूपमा खुसीसाथ जीवन बिताउन पाउनु नै सशक्तीकरण हो । ती वन्यजन्तु वा बोटबिरुवा नै किन नहुन् ती सारा चीज खुसीसाथ बाँच्न पाए भने त्यही हो सशक्तता । म थुप्रै काम गर्छु, विमन इन कन्सर्टमार्फत पनि महिला स्वतन्त्रताको आवाज उठाउने गरेकी छु

                                                                अभया सुब्बा

                                                 गायिका, संगीतकार तथा गीतकार

 

पाँचवटा त्यस्ता चीज जसबाहेक तपाईं बाँच्न सक्नुहुन्न ?

खाना, पानी, मेरो परिवार, संगीत र पुस्तक ।

तपाईं बाँच्नुको अर्थ र कारण ?

नेपाली नारीहरूलाई हौसला र उत्प्रेरणा दिन बाँचेकी छु जस्तो लाग्छ ।

तपाईंले पार गरेको अत्यन्तै अप्ठ्यारो र सुखद् क्षण ?

अप्ठ्यारो समय मेरा बुवा बित्दा र सुखद् क्षण विवाह बन्धनमा बाँधिदा ।

जब तपाईंका गीतमा श्रोता झुमेर नाच्न र ताली बजाउन थाल्छन् तपाईंमा प्रेरणा थपिन्छ कि झर्को लाग्छ ?

अत्यन्तै उत्प्रेरित हुन्छु । म बाँचेकै त्यत्तिका लागि हो ।

सशक्तीकरण भनेको के हो ? तपाईं कसरी अन्य महिलालाई आफूजस्तै सशक्त बनाउन भूमिका खेल्न सक्नुहुन्छ ?

सबैले समान रूपमा खुसीसाथ जीवन बिताउन पाउनु नै सशक्तीकरण हो । ती वन्यजन्तु वा बोटबिरुवा नै किन नहुन् ती सारा चीज खुसीसाथ बाँच्न पाए भने त्यही हो सशक्तता । म थुप्रै काम गर्छु, विमन इन कन्सर्टमार्फत पनि महिला स्वतन्त्रताको आवाज उठाउने गरेकी छु ।

तपाईं के चाहनुहुन्छ ?

सबैको खुसी र सहजता मेरो चाहना हो । म यसैमा रमाएर बाँचिरहेकी छु ।

तपाईंले आजसम्म पाएको बेस्ट कम्प्लिमेन्ट ?

नेपाली युवाहरू मलाई हेरेर जे सिक्छन् त्यसको प्रतिक्रियामा ‘तपाईंलाई देखेर खुसीसाथ बाँच्नुपर्छ भन्ने उत्साह मिल्छ, अरूले के भन्छन् पर्वाह छैन’ भन्छन् । यही नै मैले आफ्नो जीवनमा प्राप्त गरेको बेस्ट कम्प्लिमेन्ट हो ।

कुरूप भएर पूरा जीवन बाँच्न चाहनुहुन्छ कि आकर्षक सुन्दरीका रूपमा वर्ष दिन ?

कुरूपता मानिसको सोच हो । आफूले आफूलाई कुरूप सोचेन भने संसारले पनि सोच्दैन । म कुरूप र सुन्दरता दुवैमा विश्वास गर्दिन, म आत्मविश्वासी छु त बलियो सकारात्मक सोचमा ।

किबोर्डको कुन अक्षर तपाईं कहिल्यै प्रयोग गर्नुहुन्न ?

प्राय: सबै चलाइरहेकै हुन्छु तर हाइ इ स्केल अलि कम चलाउँछु कि...।

बाँकी जीवन कसरी बिताउन चाहनुहुन्छ ?

खुसी भएर, परिवारलाई खुसी दिएर, संगीत र सिर्जनामार्फत नेपाललाई विश्वसामु चिनाएर, शब्दमार्फत युवाहरूलाई उत्प्रेरित गर्दै ।

 Image