Successfully Copied

लाखबत्ती बाल्दै नेवा: सुन्दरी

नेवार समुदाय र नेवारी बालीकाहरुको व्यक्तित्व विकासको साथै नेवारी संस्कारको महत्व को बारेमा ज्ञान दिन यस प्रतियोगीतामा ९ वर्षदेखि १४ वर्ष उमेर का नेवार समुदायका बालिकाहरूले सहभागिता जनाएका छन् ।

१२ औं संस्करणको ‘मिस लिटिल नेवा: ११३८’ का प्रतियोगीहरुले शनिवार काठमाडौंको एउटा मन्दिरमा लाख बत्ती बालेका छन् । नेप्लिज फेसन होमले आयोजना गर्दै आएको यो प्रतियोगिताका २० जना प्रतिस्पर्धिहरुले शनिवार असनस्थित अन्नपूर्ण मन्दिरमा लाखबत्ती बालेका हुन् ।

नेवार समुदाय र नेवारी बालीकाहरुको व्यक्तित्व विकासको साथै नेवारी संस्कारको महत्व को बारेमा ज्ञान दिन यस प्रतियोगीतामा ९ वर्षदेखि १४ वर्ष उमेर का नेवार समुदायका बालिकाहरूले सहभागिता जनाएका छन् । यो प्रतियोगिताले अहिलेको पुस्ताका प्रतिस्पर्धिहरुलाई नेवार भाषादेखि संस्कृति सिकाउन ठुलो मद्दत पुर्‍याउने आयोजक संस्थाकी अध्यक्ष हेमा मानन्धरले बताएकी छिन् ।

छनोट भएका प्रतिस्पधीहरूको मनोविज्ञानको विकास गर्नका लागि राजधानी बाहिर केही जिल्लाको स्थलगत भ्रमण, नेवारहरूको जातीय पहिचान, संस्कृति र परम्पराको जगेर्ना तथा भाषा उत्थानलगायत विभिन्न विषयमा प्रशिक्षण दिइरहेको छ ।

मिस नेवा: सुनिता डंगोलले नेपाल भाषाबारे जानकारी दिँदैछिन् । त्यस्तै आयोजक संस्थाकी प्रमुख मानन्धरले सहभागीहरूलाई आत्मविश्वास विकासको प्रशिक्षण दिने छिन् भने प्रजिता श्रेष्ठ र सेलिना श्रेष्ठ पनि प्रशिक्षकका रुपमा रहेका छन् ।

 Image