हाइजेनिक भान्सा
मंसिर १४, २०७५
चक्कुको सफाइहरेकपटक प्रयोग गरेपछि चक्कु पखाल्नुपर्छ । दिनको अन्त्यमा तातो साबुनपानीको घोलले चक्कु सफा गर्नुपर्छ । यति गरे चक्कुमा भएका कीटाणुसमेत नष्ट हुन्छन् ।
कटिङ बोर्ड
घरमा शाकाहारी तथा मांसाहारी दुवै थरीका सदस्य छन् भने दुईवटा कटिङबोर्ड राख्नुपर्छ । मांसाहार सामग्री काट्दा कटिङबोर्डमा किटाणु फैलन्छ जसलाई भगाउन हाइड्रोजन प्याराअक्साइड प्रयोग गर्न सकिन्छ । यसबाट किटाणु सजिलै नष्ट हुन्छ ।
खाना छोपेर राख्नुहोस्
भान्सामा प्रयोग हुने कराइ तथा डेक्चीलाई सधैँ छोपेर राख्नुपर्छ, जसले गर्दा त्यसमा लामखुट्टे, झिँगा वा अन्य किरा तथा फोहोर खस्न पाउँदैन ।
खाना नबचाउनुहोस्
पकाइएको परिकार धेरै बेरसम्म राख्नु हुँदैन । यसलाई बारम्बार तताइरहँदा खाना बिग्रनुका साथै त्यसको वास्तविक स्वाद एवं पोषक तत्वसमेत कम हुन्छ ।
डस्टबिनको आसपास बेकिङ सोडा छर्कनुहोस्
खराब भैसकेको खानाका कारण डस्टबिनबाट नराम्रो गन्ध निस्कन्छ । त्यसैले डस्टबिनको आसपास बेकिङ सोडा छर्कनुपर्छ, जसले त्यहाँ रहेका कीटाणु नाश गर्नुका साथै गन्ध फैलन दिँदैन । डस्टबिनको फोहोर धेरै समयसम्म भान्सामा राख्नु हुँदैन । यसको व्यवस्थापन छिटो–छिटो र नियमित गर्नुपर्छ ।
भुइँँको सफाइ
भान्सामा प्रयोग हुने सामग्री मात्र सफा गरेर हुँदैन, भुइँ पनि सफा राख्नुपर्छ । फोहोर भुइँमा झिँगा भन्कने भएकाले यसको नियमित सफाइ आवश्यक छ । सफा कपडा पानी वा डिटर्जेन्ट पाउडरको घोलमा भिजाएर भुइँ सफा गर्न सकिन्छ ।
तपाईको प्रतिक्रिया
कमेन्टको लागि यहाँ click गर्नुहोस्
फेसबूक कमेन्ट गर्नुहोस्
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्