Successfully Copied

मसँग औंठीकै कलेक्सन सबैभन्दा बढी छ

स्कुटर चलाउने भएकाले बाहिर पाइन्ट, टिसर्ट एवं ज्याकेटमै हिँड्छु । पार्टीहरूमा लङ गाउन, लेहेंगा, कुर्ता आदि लगाउँछु भने विदेशको कार्यक्रममा गाउन र साडी बढी प्रयोग गर्छु । सबैले मलाई साडीमा राम्री देखिन्छु भन्छन् ।

                                  पार्वती राई : लोकदोहोरी म्युजिक भिडियोकी मोडल तथा नृत्यांगना

म समय एवं फेसन ट्रेन्डअनुसार चेन्ज भैरहन्छु । सर्वप्रथम म आफूलाई कस्तो पहिरन सुहाउँछ, कस्तो रंगमा म खुल्छु भन्ने सोच्छु । त्यसपछि म कुन ठाउँमा, केका लागि जाँदैछु सोहीअनुसार मेरो गेटअप हुन्छ ।

राम्रो देखिन महँगो र ब्रान्डेड नै लगाउनुपर्छ भन्ने मान्यता मेरो छैन । कुनै पहिरन ब्रान्डेड हुन्छ त कुनै फुटपाथमै पनि किनिरहेकी हुन्छु । यद्यपि ती पहिरन मलाई सुहाउने र फिट भने हुनुपर्छ । म महँगा–सस्ताभन्दा पनि फेरी–फेरी पहिरन लगाउँछु । मैले किनेको सबैभन्दा महँगो लेहेंगालाई २५ हजार परेको छ । अन्यथा मेरा पहिरनमा १० हजारसम्मका कुर्ता एवं साडी बढी छन् ।

स्कुटर चलाउने भएकाले बाहिर पाइन्ट, टिसर्ट एवं ज्याकेटमै हिँड्छु । पार्टीहरूमा लङ गाउन, लेहेंगा, कुर्ता आदि लगाउँछु भने विदेशको कार्यक्रममा गाउन र साडी बढी प्रयोग गर्छु । सबैले मलाई साडीमा राम्री देखिन्छु भन्छन् । तीज गीतको भिडियोमा थरीथरीका साडी लगाउनुपर्छ ।

यद्यपि अरु बेला साडी लगाएर हिँड्न सजिलो लाग्दैन । मलाई एकपटक लगाएको पहिरन पुन: लगाउन मन लाग्दैन । अहिले विदेश गएको मौका छोपेर सपिङ पनि गर्छु । त्यहाँ प्रशंसकहरूबाट घडी, जुत्ता, ब्याग आदि उपहारका रूपमा समेत प्राप्त हुन्छन् ।

एसेसरिजमा मलाई औंठी मनपर्छ । मसँग औंठीकै कलेक्सन सबैभन्दा बढी होला जसमा डायमण्ड, गोल्ड, सिल्भरदेखि फ्युजन औंठीहरूसम्म छन् । ती औंठी म आफ्नो पहिरनअनुसार मिलाएर लगाइरहन्छु । म जन्मकुण्डलीमा विश्वास गर्छु । त्यसैले राशिअनुसार पन्नाको औंठी सधैं लगाउँछु । चिनाअनुसार पहेंलो रंगका पहिरन पनि लगाइरहन्छु । मलाई मनपर्ने रंग पहेंलो, रातो तथा नीलो हो । यद्यपि अरू रंग पनि खुलेरै प्रयोग गर्छु ।

 नृत्य आफैमा फिजिकल फिटनेसको राम्रो माध्यम हो । त्यसबाहेक म घरमै बेसिक एक्सरसाइज र योग गर्छु भने कहिलेकाहीँ मुड चल्दा मर्निङ वाकसमेत जान्छु । स्किन केयरका लागि हप्ता–दस दिनमा फेसियल गराउँछु । राति कहिल्यै मेकअप लगाएर सुत्दिन । टोनिङ, क्लिन्जिङ गरिहाल्छु । ब्युटी केयरका लागि धूलो–मैलोमा कम हिँड्छु र प्रशस्त पानी पिउँछु ।

 

 Image