Successfully Copied

क्रेडिट कार्डसँग जोडिएका केही गलत तथ्य

कार्ड हरायो भने पनि सहज तरिकाले ब्लक गर्न सकिन्छ । कुनै चोरी–डकैती वा धोका दिने व्यक्तिका लागि पनि यो कार्डको अनलाइन प्रयोग कठिन छ । यसका लागि एकपटक प्रयोग गर्न सकिने खालको पासवर्डको आवश्यकता पर्छ । बैंकले तुरुन्तै क्रेडिट कार्ड बोक्ने व्यक्तिको मोबाइलमा

 

जानकारीको अभावमा प्राय: मानिस क्रेडिट कार्ट प्रयोग गर्न डराउँछन् । केही सावधानी अपनाउने हो भने यो अत्यन्त सहज, सुविधायुक्त एवं अत्याधुनिक माध्यम हो । आजको व्यस्त जीवनशैलीमा प्राविधिक कुराले प्रभावित तुल्याएका कुराहरूमध्ये क्रेडिट कार्ड पनि प्रमुख हो । कतिपय मानिसमा यसको प्रयोग गर्ने कुरा आउनेबित्तिकै एक प्रकारको चिन्ता हुन्छ । मनभित्र अनेक प्रश्न खेल्न थाल्छन् । तसर्थ कतिपय मानिस यसको प्रयोग गर्न हिचकिचाउँछन् ।

भ्रम–सही स्कोरका लागि क्रेडिट कार्ड प्रयोग गर्नु हुँदैन ।

सत्य: क्रेडिट स्कोर बनाउन उधारो लिएर फेरि फिर्ता गर्नु जरुरी हुन्छ । जसको भुक्तानी लोन वा क्रेडिट कार्डद्वारा गरिएको सपिङ बिलका रूपमा गर्नुपर्ने हुन्छ । यसकारण क्रेडिट कार्डको सही प्रयोगपछि बैंक कर्जा लिँदा कम ब्याजदरमा ऋण उपलब्ध गराउन अनुरोध गर्न सकिन्छ ।

भ्रम–लगातार क्रेडिट स्कोर चेक गर्नु आवश्यक छैन ।

सत्य: क्रेडिट स्कोरको रेकर्ड नियमित चेक गर्नुपर्छ अन्यथा कर्जा लिने बेलामा बैंकले आवेदन खारेज गरिदिन सक्छ । कैयौं पटक रकम भुक्तानी गर्न बिर्सिइन्छ र आफ्नो क्रेडिट स्कोर खराब हुन्छ । २ देखि ३ वर्षभित्र कुनै ऋण लिने योजना छ भने बेलाबेलामा आफ्नो क्रेडिट स्कोर चेक गरिरहनुपर्छ ताकि आवश्यक पर्दा त्यसलाई बढाउन सकियोस् ।

भ्रम: कर्जा तिर्दा नै क्रेडिट कार्डको स्कोर रिस्टोर हुँदै जान्छ ।

सत्य: जुन ऋणमा आफू खराब देखिने सम्भावना हुन्छ त्यसलाई तत्काल चुक्ता गरिहाल्नुपर्छ । यसो गर्दा आफ्नो स्कोर राम्रो त हुन्छ नै साथसाथै आफूले लापरबाही गरेको रेकर्ड समेत रहँदैन । यसका लागि क्रेडिट कार्डको नियमित प्रयोग एवं निश्चित समयमा भुक्तानी नै सबैभन्दा उत्तम उपाय हो ।

भ्रम: क्रेडिट कार्डका कारण डेबिट कार्डको प्रयोग थप सुरक्षित हुन्छ ।

सत्य: क्रेडिट स्कोर तय गर्दा डेबिट कार्ड सहयोगी हुँदैन । जब डेबिट कार्ड स्वाइप गरिन्छ तब बैंक अकाउन्टबाट तुरुन्तै पैसा निकालिन्छ । कहिलेकाहीँ डेबिट कार्ड गलत स्वाइप भयो भने पैसा फिर्ता आउन हप्ता दिनभन्दा बढी लाग्छ तर क्रेडिट कार्डको मामिलामा आफ्नो बैंकलाई तत्काल सूचित गर्न सकिन्छ जसका आधारमा ट्रान्जेक्सन तुरुन्तै रद्द हुन्छ । एकाउन्टबाट कुनै रकम काटिँदैन ।

भ्रम: प्रिमियम कार्डको खर्चको कुनै

 

सीमा हुँदैन

सत्य: यतिसम्म सम्भव हुन्छ कि प्रिमियम कार्डमा खर्चको कुनै निश्चित समय हुँदैन । बैंकहरूले आफ्ना ग्राहकका लागि एउटा औसत रकम निश्चित गरिदिन्छन् ताकि उनीहरूले त्यसभन्दा बढी खर्च गर्न नसकून् । यो रकम व्यक्तिको आम्दानी, बैंकमा रहेको डिपोजिट, खर्च एवं रिपेमेन्टजस्ता कुरा हेरेर तय गरिन्छ । व्यक्तिको खर्च त्यसभन्दा माथि हुन थाल्यो भने बैंकले उक्त कार्ड ब्लक गर्न सक्छ ।

धोकाको आशंका

सत्य: क्रेडिट कार्डको प्रयोग शतप्रतिशत सुरक्षित छ । यो कार्ड हरायो भने पनि सहज तरिकाले ब्लक गर्न सकिन्छ । कुनै चोरी–डकैती वा धोका दिने व्यक्तिका लागि पनि यो कार्डको अनलाइन प्रयोग कठिन छ । यसका लागि एकपटक प्रयोग गर्न सकिने खालको पासवर्डको आवश्यकता पर्छ । बैंकले तुरुन्तै क्रेडिट कार्ड बोक्ने व्यक्तिको मोबाइलमा म्यासेज पठाइहाल्छ । ट्रन्जेक्सन पूरा गर्न सेक्युरिटी कोडसमेत चाहिन्छ । कुनै व्यक्तिले अर्काको कार्डद्वारा सपिङ गर्ने प्रयास गरिरहेको छ भने उसले कार्डधनीको व्यक्तिगत विवरणको प्रमाण दिनु जरुरी हुन्छ ।

 Image