Successfully Copied

उत्कृष्ट १२ मा टुङ्गीयो श्रृङ्खलाको यात्रा

करिब एक महिना लामो विश्व सुन्दरी प्रतियोगिता अन्तर्गतको उपाधि दौड यात्रा डिसेम्बर ८ तारिख बेलुकी सम्पन्न भएको छ । सान्या शहरमा संचालन भएको ६८ औँ संस्करणको विश्व सुन्दरी प्रतियोगिताको शीर्ष उपाधिको ताज २६ वर्षिया मेक्सिन सुन्दरी भेनिसा पोन्स डे लियनले उचालेकी छिन् ।

करिब एक महिना लामो विश्व सुन्दरी प्रतियोगिता अन्तर्गतको उपाधि दौड यात्रा डिसेम्बर ८ तारिख बेलुकी सम्पन्न भएको छ । सान्या शहरमा संचालन भएको ६८ औँ संस्करणको विश्व सुन्दरी प्रतियोगिताको शीर्ष उपाधिको ताज २६ वर्षिया मेक्सिन सुन्दरी भेनिसा पोन्स डे लियनले उचालेकी छिन् । उनी विश्व सुन्दरीको ताज पहिरिने पहिलो मेक्सिन सुन्दरी हुन् । 

मिस वल्र्ड २०१८ को प्रबल दाबेदारका रुपमा हेरिएकी मिस नेपाल २०१८ श्रृङ्खला खतिवडाको यात्रा भने उत्कृष्ट १२ मा टुङ्गिएको छ । विश्व सुन्दरीको उपाधि उचाल्न नसके पनि विश्व सुन्दरी प्रतियोगीतामा श्रृङ्खलाले हासिल गरेको उपलब्धि अहिलेसम्मकै सबैभन्दा ठूलो उपलब्धि हो । 

मिस वल्र्ड २०१८ मा सहभागि भएकी मिस नेपाल श्रृङ्खला खतिवडाले प्रतियोगितामा मल्टिमिडिया र ब्युटी विथ अ पपर्सको अवार्डसंगै उत्कृष्ट ३० र त्यस पछि उत्कृष्ट १२ सम्मको सफल यात्रा तय गरिन् । यस बाहेक सान्या टुरिजम प्रोमोशन भिडियो अवार्डमा उनी सेकेन्ड रनर अप स्थान प्राप्त गर्न सफल भइन् । प्रतियोगितामा उनी मिस वल्र्ड टप मोडल कम्पिटिसनमा उत्कृष्ट ३२ भित्र पर्न सफल भएकी थिइन् । फास्ट ट्रयाक अवार्ड बाहेक मिस वल्र्ड प्रतियोगिताको अर्को महत्वपूर्ण पाटो मानिएको हेड टू हेड च्यालेन्जमा आफ्नो समूह विजेता बनेकी थिइन् । 

 

यस पटकको मिस वल्र्ड प्रतियोगिताको ग्राण्ड फिनाले प्रस्तुतिको ढाँचा केही परिवर्तित थियो । ओपनिङ एक्ट र पश्चात् डान्सेस् अफ द वल्र्ड प्रस्तुति पछि प्रतियोगिताका उत्कृष्ट तीसले फिनालेको स्टेजमा स्थान पाए । जस अन्तर्गत फास्ट ट्रयाक अवार्डहरुमध्ये मल्टिमिडिया र ब्युटी विथ अ पपर्स विजेताका रुपमा मिस नेपाल, टप मोडल अवार्ड विजेताका रुपमा मिस फ्रान्स, ट्यालेन्ट अवार्ड विजेताका रुपमा मिस जापान तथा स्पोर्टस् च्यालेन्ज अवार्ड विजेताका रुपमा मिस अमेरिकाले उत्कृष्ट तीसमा स्थान बनाएका थिए । 

यसैगरी ब्युटी विथ पपर्स अन्तर्गत नै मिस इन्डोनेसिनय, मिस न्युजिल्याण्ड र मिस भियतनामले पनि उत्कृष्ट तीसमा आफ्नो स्थान सुरक्षित गरेका थिए । यसैगरी हेड टू हेड च्यालेन्स विधा जितेर मिस मरिसस्, मिस भेनिजुएला, मिस बंगलोदेश, मिस चीली, मिस मलेसिया, मिस इन्डिया, मिस सिंगापुर, मिस थाइल्याण्ड, मिस मेक्सिको तथा मिस युगान्डा उत्कृष्ट तीसमा पर्न सफल भएका थिए । यी बाहेक उत्कृष्ट तीस भित्र पर्न अन्य १३ जना सुन्दरीहरु भने निर्णायकहरुको निर्णयबाट क्वार्टर फाइनल राउन्डमा पर्न सफल भएका थिए ।

उत्कृष्ट तीस जना सुन्दरीहरुलाई उनीहरुको महादेशिया प्रतिनिधित्वको आधारमा पाँच समूहमा विभाजन गरिएको थियो । यस पछि भने उत्कृष्ट १२ को चयन गरियो । जस अन्तर्गत युरोपबाट बेलारुस, फ्रान्स र स्कटल्याण्ड, क्यारिबियनबाट जमैका र मार्टिनिक, अमेरिकाबाट पानामा र मेक्सिको, अफ्रिकाबाट मरिसस् र युगाण्डा तथा एशिया एण्ड ओसिनियाबाट नेपाल, न्युजिल्याण्ड र थाइल्याण्ड पर्न सफल भए । 

उत्कृष्ट १२ जनालाई आ आफ्नो छोटो परिचय प्रस्तुत गर्न लगाइएको थियो । यस पश्चात् मिस वल्र्ड यो पटकको परिमार्जित खाका अनुसार महादेशिय विजेता चयनसंगै उनीहरुलाई यस पटकको संस्करणको फाइनलिष्टको रुपमा प्रस्तुत गरियो । जसमा युरोपबाट बेलारुसकी मारिया भासिलेभिच, अफ्रिकाबाट युगाण्डाकी क्वीलिन अबेनाक्यो, क्यारिबियनबाट जमैकाकी काडिजाह रोबिन्सन, अमेरिकाबाट मेक्सिकोकी भेनिसा पोन्स् डे लियन तथा एशिया एण्ड ओसिनियाबाट थाइल्याण्डकी निकोलिन लिम्सनुकान महादेशीय सुन्दरी तथा मिस वल्र्ड २०१८ का टप फाइभ फाइनलिष्ट चुनिए । 

यस पछि फाइनलिष्टहरुले पालैपालो एक एक वटा प्रश्नको सामना गरे । हरेक फाइनलिष्टलाई एक एक जना पूर्व विश्व सुन्दरी विजेताको प्रश्नको उत्तर दिन लगाइएको थियो । त्यसपछि लाइभ दर्शकको भोटिङ र उपिस्थित १३ जना निर्णायकको मतलाई आधार मानेर यस पटकको मिस वल्र्डको घोषणा गरिएको थियो । जसमा मिस मेक्सिकोकी भेनिशाले विश्व सुन्दरीको ताज पहिरिन् भने मिस थाइल्याण्डलाई प्रतियोगिताको रनर अप घोषणाा गरिएको थियो । मेक्सिन सुन्दरी भेनिशा मिस वल्र्ड भए पछि महादेशीय सुन्दरीको रुपमा अमेरिकाबाट सेमिफाइनलिष्ट बनेकी पानामाकी सोलारिज बार्बा अमेरिकाबाट विजेता बनिन् ।

 Image