९९ जना स्वयंसेविकालाई साईकल
मंसिर २३, २०७५
बर्दियाको बढैयाताल गाउँपालिकाले ९९ जना महिला स्वास्थ्य स्वयंसेविकालाई साईकल बितरण गरेको छ । गाउँपालिकाले १५ औँ महिला स्वास्थ्य स्वयंसेविका दिवसको अवसर पारेर साईकल वितरण गरेको हो ।
निस्वार्थ सेवामा लागेका स्वास्थ्य स्वयंसेविकाहरुको मनोबल बढाउनुका साथै उनीहरुलाई थप हौसला प्रदान गर्न साईकल वितरण गरिएको बताइएको हो ।
यस्तै गाउँपालिकाका ९ वटै वडाका १/१ जना उत्कृष्ट काम गर्ने स्वयंसेविकाहरुलाई नगद २ हजारसहित सम्मान गरिएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठले महिला स्वयंसेविकाहरुको कामको प्रसंसा गर्दै अवकास हुँदा नेपाल सरकारबाट पाउने २० हजारलाई गाउँपालिकाले २० हजार थप गरी ४० हजार बनाउने घोषणा गरे ।
उनले अहिले नेपाल सरकारले दिँदै आएको मासिक ४ सयलाई बढाएर १ हजार बनाउने र थप प्रोत्साहन स्वरुप गाउँपालिकाले भ्रणणको लागि १ लाख बजेट छुट्याईने समेत बताए ।
तपाईको प्रतिक्रिया
कमेन्टको लागि यहाँ click गर्नुहोस्
फेसबूक कमेन्ट गर्नुहोस्
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्