Successfully Copied

केशका प्रमुख समस्या

सुख्खा अमलाको दस ग्राम चूर्णलाई राति कुनै फलामको भाँडामा भिजाउने । बिहान उक्त पानीले राम्रोसँग केश धुने । सातामा २–३ पटक यो उपाय अवलम्बन गरे केश असमयमै सेतो हुँदैन ।

 
केश सेतो हुन नदिन 
 
महाभृंगराज तेल वा तिलको तेल र नरिवलको तेल राति सुत्नुपूर्व टाउकोमा प्रयोग गरी हल्का हातले विस्तारै मालिस गर्नुपर्छ । यो उपाय सातामा ३–४ पटक अवलम्बन गरे केश चाँडै सेतो हुँदैन । 
 
सुख्खा अमलाको दस ग्राम चूर्णलाई राति कुनै फलामको भाँडामा भिजाउने । बिहान उक्त पानीले राम्रोसँग केश धुने । सातामा २–३ पटक यो उपाय अवलम्बन गरे केश असमयमै सेतो हुँदैन । 
 
बिहान–बेलुका एक–एक चम्चा अमलाको चूर्ण सेवन गर्दा पनि असमयमै केश सेतो हुन पाउँदैन । ताजा अमला उपलब्ध भए बिहान–बेलुकी एक–एकवटा अमला खानुपर्छ । अमला स्वस्थ केशका लागि टनिक हो । 
 
केश झर्नबाट रोक्न 
निमको तेलको ४–४ थोपा नाकको दुवै प्वालमा नियमित रूपमा एक महिनासम्म प्रयोग गर्ने । दूधलाई नियमित भोजनमा समावेश गर्ने । यसबाट केश झर्ने समस्यामा पनि राहत प्राप्त हुन्छ । 
 
एक लिटर अनारको पातको रस तथा सय ग्राम पातको गुदी बनाएर आधा लिटर तोरीको तेलमा मिसाएर पकाउने । जब तेल मात्र बाँकी रहन्छ, त्यसलाई छानेर सिसीमा भरेर राख्ने । यसको प्रयोगबाट केश झर्न रोकिन्छ । 
 
कालो तिल नियमित रूपमा केही दिनसम्म खाँदा पनि केश झर्न रोकिन्छ । 
 
चायाँबाट छुटकारा प्राप्त गर्न 
दुई ठूलो चम्चा मुल्तानी माटो, एक चम्चा दही, दुई चम्चा कागतीको रस, आधा कप चियाको पानी मिसाएर तयार पारिएको पेस्ट केशमा लगाई आधा घन्टा त्यसै छाड्ने । त्यसपछि राम्रोसँग केश पखाल्ने । केही दिन नियमित रूपमा यो उपाय अपनाउँदा चायाँमुक्त हुन सकिन्छ । 
 
राति जैतुन वा नरिवलको तेल केशको जरासम्म पुग्नेगरी मलेर लगाउने र बिहान नुहाउनुपूर्व कागतीको रस प्रयोग गरे चायाँको समस्यामा राहत प्राप्त हुन्छ । 
 
एक सातासम्म नियमित रूपमा कागतीको रस तथा नरिवलको तेल मिसाएर केशमा लगाउँदा पनि चायाँबाट छुटकारा पाइन्छ । 
 
२ सय ग्राम नरिवलको तेलमा ५ सय ग्राम कपूर पिसेर मिसाउने अनि राति सुत्नुपूर्व यसलाई लगाएर मसाज गर्ने । दुई साता नियमित रूपमा यो उपाय अवलम्बन गर्दा केशको चायाँ, सुख्खापन आदि समस्या समाधान हुन्छ । 
 
दुई चम्चा सिरकाको रस चार चम्चा पानीमा मिसाएर केशको जरामा लगाई औंलाले राम्रोसँग मालिस गर्ने । यसबाट चायाँको समस्या त समाधान हुन्छ नै केश नरम एवं चम्किलो समेत हुन्छ । 
 
एउटा कपमा तीन भाग ओलिभ ओयल र एक भाग मह घोल्ने । यो मिश्रणलाई शिर र केशमा राम्रोसँग लगाउने । त्यसपछि तातो रुमालले टाउको बेर्ने अनि केही समय त्यत्तिकै छोडेर स्याम्पु गर्ने । यसले चायाँ परेको केशमा लाभ दिन्छ । 
 
खानामा प्रोटिन, अण्डा, स्प्राउट्स, सलाद एवं ४–५ वटा ओखर समावेश गर्नुपर्छ । यसबाहेक थरिथरिका तरकारी, चामल तथा गहुँको रोटी खानुपर्छ । यसले केशलाई भिटामिन प्रदान गर्छ । 

 Image