Successfully Copied

पुस महिनाको राशिफल

पारिवारिक वातावरण सुुखमय रहनेछ । काममा सफलता मिल्दै जानेछ । सबैले तपार्इंकै रोहबरमा तपार्इंको इच्छा एवं खुुसीको ख्याल गर्दै काम गर्नेछन् । प्रतिस्पर्धात्मक काममा सफलता हात लाग्नेछ । मनमा भएको तनाव हट्नुका साथै शरीर पनि तन्दुुरुस्त रहनेछ । काम गर्ने इच्छाशक्ति बढ्नेछ ।

 
मेष
विशेष काममा सफलता मिल्नसक्छ । पारिवारिक वातावरण सुुखमय रहनेछ । दाम्पत्य जीवनमा माया एवं समझदारी कायम रहनेछ । आफ्नो कार्य क्षेत्रमा प्रगति गर्ने अवसर जुट्नेछ । कामका सिलसिलामा यात्रा हुुनसक्छ । सन्तान सुुखका निम्ति कुुनै कुुरामा खर्च हुुनेछ । आकस्मिक स्वास्थ्य समस्या सिर्जना हुनसक्ने भएकाले आहारविहारमा सतर्कता अपनाउनुहोला । काममा सानातिना समस्या देखापर्न सक्छन्, धैर्यपूूर्वक काम गर्नुुहोला । 
 
वृष
आफूले गरेको कामको प्रतिफल के होला ? भनेर मनमा खुलदुली पैदा हुुनेछ । जीवनसाथीसित कुुनै कुुरालाई लिएर छलफल हुुनसक्छ । महिनाको उत्तराद्र्ध अनुकूल रहनेछ । व्यावसायिक क्षेत्रमा उतारचढाव आए पनि समग्रमा फाइदै हुुनेछ । कतैबाट आकस्मिक उपहार प्राप्त हुनसक्छ । काममा निकै व्यस्त हुनुपरे पनि खुसीको खबरले मन प्रसन्न हुुनेछ । कसैसित बोल्दा वा ठट्टा गर्दा सजगता अपनाउनुुहोला । 
मिथुन
कुुनै काम वा घुुमघामका लागि यात्रा हुुनसक्छ । दाम्पत्य जीवन सुुमधुुर रहनुुका साथै एक–अर्कामा  समझदारी कायम रहनेछ । पारिवारिक वातावरण सुुखमय देखिन्छ । आर्थिक पक्ष सुुदृढ रहनुका साथै व्यावसायिक क्षेत्रबाट पनि लाभ मिल्नेछ । काममा अपेक्षाअनुुरूप प्रतिफल प्राप्त होला । कामको चाप एवं धपेडीले गर्दा मन अस्थिर एवं उत्तेजित हुुनसक्छ । धैर्य धारण गर्दै शान्त रहने प्रयास गर्नुुहोला ।
कर्कट
पारिवारिक वातावरण सुुखमय रहनेछ । काममा सफलता मिल्दै जानेछ । सबैले तपार्इंकै रोहबरमा तपार्इंको इच्छा एवं खुुसीको ख्याल गर्दै काम गर्नेछन् । प्रतिस्पर्धात्मक काममा सफलता हात लाग्नेछ । मनमा भएको तनाव हट्नुका साथै शरीर पनि तन्दुुरुस्त रहनेछ । काम गर्ने इच्छाशक्ति बढ्नेछ ।  अनपेक्षित विवादको सम्भावना भएकाले झमेलाहरूबाट टाढै रहनुुहोला । 
सिंह
पारिवारिक सुख–समृद्धि वृद्धि हुनेछ । आफन्त एवं इष्टमित्रसित भेटघाट गर्ने अवसर जुुर्नेछ । कुुनै कार्यका लागि यात्रा हुुनसक्छ । काम गर्ने जाँगर बढ्नुका साथै घरका कुुनै सामग्री हेरफेर हुुनसक्छ । आफ्नो इच्छानुुसार घुुमघाम, मनोरञ्जन एवं किनमेल गर्ने समय निस्कनेछ । व्यावसायिक एवं आर्थिक दुुवै पक्ष सुुदृढ रहनेछन् । नयाँ साथीसँगीहरूसित चिनजान गर्ने अवसर जुट्नेछ । दाम्पत्य जीवनमा एक–अर्काको मनोभाव बुुझेर काम गर्न सके सम्भावित विवाद टर्नसक्छ । 
कन्या
घरायसी काममा व्यस्त रहनुपर्ला । पारिवारिक वातावरण सुखमय रहनेछ । काम गर्ने जाँगर बढ््नुुका साथै शरीर पनि स्वस्थ रहला । परिवारका सदस्य वा साथीसंगीहरूसँग कतै घुुम्ने अवसर जुुर्नसक्छ । कुुनै कुुराको आकस्मिक लाभ हुुनेछ । प्रतिस्पर्धात्मक कार्यमा सफलता हात पर्नेछ । छोराछोरीबाट पनि सुुख एवं सन्तोष प्राप्त होला । व्यावसायिक क्षेत्रमा गरिएको लगानी सन्तोषजनक रहनेछ । स्वास्थ्य राम्रै भए पनि नियमित व्यायाम एवं खानपानमा भने सजग रहनुुपर्ने छ । 
तुला
विशेष कामले यात्रा गर्नुुपर्ला । मनमा प्रसन्नता छाउनेछ । शरीर स्वस्थ हुँदा काम गर्ने जाँगर बढ्नेछ । व्यक्तिगत कार्यमा सफलता हात पर्नेछ । आर्थिक पक्ष पनि सुुदृढ रहनेछ । जीवनसाथीबाट अपेक्षित सहयोग एवं सद्भाव प्राप्त भैरहनेछ । हार्मोनको प्रभावले गर्दा यदाकदा झनक्क रिस उठ्नसक्छ । जुुन कुुराले गर्दा मन शान्त हुुन्छ, त्यसमै ध्यान पुुर्‍याउनुुहोला । 
वृश्चिक
स्वास्थ्य एवं खानपानमा सजग रहनुुपर्ने समय छ । काम गर्दा आकस्मिक समस्या आइलाग्न सक्छ । कामको चाप तथा आफ्ना लागि समय निकाल्न नपाउँदा मनमा तनाव हुुनसक्छ । महिनाको उत्तराद्र्धदेखि समय केही सहज हुुँदै जानेछ । दाम्पत्य जीवनमा समझदारी कायम रहनेछ । व्यक्तिगत खुुसीका लागि केही समय निस्कनेछ । आपूूmसँग असम्बन्धित कुुराबाट टाढै रहनसके सम्भावित विवादबाट जोगिन सकिन्छ । 
धनु
कामको सिलसिलामा यात्रा गर्नुुपर्ला । दाम्पत्य जीवनमा ठाकठुक भए पनि मायाप्रीति भने यथावतै रहनेछ । स–साना कुुरामा पनि धेरै दिमाग खियाउनुुपर्दा चिन्ता बढ्ला । सहयोगी हातहरू पछि हट्न सक्छन् । सकेसम्म आफ्नो कार्य आफै गर्नुु उपयुुक्त हुुन्छ । रिस उठेका बेला मौन रही धैर्यपूूर्वक कार्य गर्नुुहोला । हतारमा कुुनै  काम नगर्नुुहोला । व्यक्तिगत खुुसी एवं स्वास्थ्यको ख्याल गर्दै काम गरे शारीरिक एवं मानसिक रूपमा शरीर स्वस्थ रहनेछ भने आकस्मिक लाभसमेत हुुनेछ । 
मकर
मालसामान हराउने सम्भावना भएकाले सजग रहनुुहोला । अनपेक्षित विवादको योग छ । असम्बन्धित कुरामा केही नबोल्नु नै उपयुक्त हुुन्छ । साथीसँगीहरूसित भेटघाट गर्ने अवसर जुट्नेछ । दाम्पत्य जीवनमा सामान्य ठाकठुुक पर्नसक्छ । खानपानमा ध्यान दिन सके स्वास्थ्य समस्याबाट जोनिन सकिन्छ । सबै कुुरा आफूअनुरूप व्यवस्थित गर्न सके हर्ष बढ्नेछ । बोलीको प्रभावका कारण प्रतिस्पर्धीहरू आफै तर्किनेछन् ।
कुम्भ
कामको सिलसिलामा यात्रा गर्नुुपर्ने हुुनसक्छ । काममा अपेक्षाअनुुरूप सफलता मिल्दै जानेछ । जोश–जाँगर बढ्नुका साथै शरीर पनि स्वस्थ रहनेछ । प्रतियोगितात्मक कार्यमा सफलता हात पर्नेछ । कसैकसैलाई  विशेष लाभ हुुने सम्भावना छ । दाम्पत्य जीवन सुुमधुुर रहनेछ । धन संचय बढ्नुका साथै व्यावसायिक क्षेत्रबाट पनि लाभ हुुनेछ । प्राय: सबै कार्य आफ्नै प्रभुुत्वमा संचालन हुुनेछन् । गर–गहना जोरिने सम्भावना छ । छोराछोरीबाट सुुख एवं सन्तोष प्राप्त हुुनेछ । 
मीन
काममा सफलता हात लाग्नेछ । एकपछि अर्को गर्दै सबै काम क्रमश: सम्पन्न हुुँदै जानेछन् । दाजुुभाइ एवं दिदीबहिनीसितको सम्बन्धमा प्रगाढता छाउनेछ । छोराछोरीबाट सन्तोष मिल्नेछ । दाम्पत्य जीवन सुुमधुुर रहनेछ । कसैकसैलाई नयाँ ठाउँ घुुम्न जाने अवसर मिल्नसक्छ । आर्थिक पक्ष सुुदृढ रहनुका साथै व्यावसायिक क्षेत्रबाट धन लाभ हुुनेछ ।  
 

 Image