Successfully Copied

मोरोक्कन बाथका फाईदै फाईदा

तातोपानीले पखालेर छुट्टै किसिमको मोरोक्कन बाथ ग्लोबद्वारा शरीरमा बिस्तारै रब गरी डेडस्किन सेल निकालिन्छ । यो प्रक्रियाले खानपान वा अन्य कारणले शरीरभित्र रहेका टक्सिन बाहिर निकाल्न सहयोग गर्छ । डेडसेल निकालिसकेपछि बडी स्क्रबद्वारा हल्का मसाज गरी १० मिनेटजति त्यत्तिकै छोड्नुपर्छ ।

टिन क्रियटिभकी सञ्चालक निरुपा गौड्तौलासँग मोरोक्कन बाथका बारेमा गरिएको कुराकानी :

मोरोक्कन बाथ के हो ?

यो मोरोक्कोबाट प्रारम्भ भएको हर्बल बाथ हो जुन संसारका थुप्रै मुलुकमा प्रख्यात छ । साधारण साबुनमा बोसो वा केमिकल प्रयोग गरिने र त्यसले छालालाई भित्रसम्म गएर बिगार्ने सम्भावना हुन्छ । मोरोक्कन बाथमा प्रयोग गरिने मोरोक्कन सोप (जेल) पूर्णरूपमा प्राकृतिक हुने हुँदा यस किसिमको बाथलाई स्वास्थ्य एवं सौन्दर्यका हिसाबले लाभदायक मानिन्छ ।

मोरोक्कन बाथ कसरी गरिन्छ ?

स्टिममा १० मिनेट बसेपछि समुद्री लेउजस्तो जेल फर्ममा देखिने मोरोक्कन अर्गानिक सोप लगाएर फेरि २५ मिनेट स्टिममा बस्नुपर्छ । त्यसपछि तातोपानीले पखालेर छुट्टै किसिमको मोरोक्कन बाथ ग्लोबद्वारा शरीरमा बिस्तारै रब गरी डेडस्किन सेल निकालिन्छ । यो प्रक्रियाले खानपान वा अन्य कारणले शरीरभित्र रहेका टक्सिन बाहिर निकाल्न सहयोग गर्छ । डेडसेल निकालिसकेपछि बडी स्क्रबद्वारा हल्का मसाज गरी १० मिनेटजति त्यत्तिकै छोड्नुपर्छ । त्यसपछि फेरि शरीर पखालेर मह तथा चन्दनको प्याक लगाइन्छ । यो सेवा लिएको दिन शरीरमा कुनै पनि किसिमको बडी लोसन वा क्रिम प्रयोग 

गर्नु हुँदैन ।

यसका लागि कति समय लाग्छ ?

डेढदेखि दुई घन्टा ।

 

यो बाथ कहाँबाट सुरु भएको हो ?

मोरक्कनहरू अत्यन्त सुन्दर र सधैं फ्रेस देखिनुको पछाडिको यो बाथ पनि एउटा कारण हो । मोरोक्कोबाट प्रारम्भ भएको यो पद्धति अहिले संसारका धेरै मुलुकमा प्रख्यात भैसकेको छ । मोरोक्कनहरू नर्मल सोप प्रयोग गर्दैनन् बरु पानीले मात्र शरीर पखाल्छन् तर हप्ताको एकदिन मोरोक्कन बाथ लिन्छन् । 

यसका फाइदा के–कस्ता छन् ?

यसले प्रेसर, सुगर, युरिक एसिड, बाथ आदि विभिन्न रोग नियन्त्रण गर्नुका साथै छालासम्बन्धी रोग लाग्न दिँदैन । मोरोक्कन बाथ स्वास्थ्य एवं सौन्दर्यका दृष्टिले पनि अत्यन्तै उपयोगी छ ।

कस्तो अवस्थामा यो गर्नु हुँदैन ?

गर्भवती वा महिनावारी भएको अवस्थामा गर्नुहुँदैन । लो–प्रेसरका बिरामीहरूका लागि पनि यो त्यति उपयुक्त मानिँदैन ।

कति समयको अन्तरमा मोरोक्कन बाथ लिन सकिन्छ ?

सकेसम्म महिनाको दुई पटक गरे उत्तम हुन्छ भने कम्तीमा दुई महिनामा एकपटक गराउनुपर्छ । यो जाडो र गर्मी दुवै मौसममा गर्न सकिन्छ । मोरोक्कन बाथ लिँदा ड्रिंक्स गरेको हुनु हुँदैन ।

 Image