Successfully Copied

घरमै मसरुम पास्ता र बेक्ड मसरुम बनेउँने तरिका

मसरुमलाई राम्रोसँग सफा गरेर आधा–आधा टुक्रा बनाउने । प्यानमा ओलिभ आयल तताएर प्याज भुट्ने र त्यसमा टमाटर पनि हाल्ने । अब काटेको मसरुम हालेर केही बेर पकाउने । त्यसमा नुन तथा हरियो खुर्सानी छर्केर बाउलमा राख्ने ।

मसरुम पास्ता 

सामग्री

मसरुम : २ सय ग्राम, बटर : १ चम्चा

काटेको लसुन : १ चम्चा, उमालेको पास्ता : १ कप

व्हाइट सस : २ कप, नुन : स्वादअनुसार

मरिच : स्वादअनुसार, ओरिगानो : १ चम्चा

विधि : मसरुमलाई धोएर काट्ने । प्यानमा बटर तताएर लसुन भुट्ने । लसुन खैरो भएपछि मसरुम हालेर भुट्ने । त्यसमा पास्ता हाली व्हाइट सस, नुन, मरिच तथा ओरिगानोका साथ पकाउने ।

बेक्ड मसरुम

सामग्री

मसरुम : २ सय ग्राम, ओलिभ आयल : २ चम्चा

मसिनो गरी काटेको प्याज : एउटा

मसिनो गरी काटेको टमाटर : एउटा

नुन : स्वादअनुसार, हरियो खुर्सानी : २–३ वटा

कोरेको चीज : आधा कप, ओरिगानो : १ चम्चा ।

विधि : मसरुमलाई राम्रोसँग सफा गरेर आधा–आधा टुक्रा बनाउने । प्यानमा ओलिभ आयल तताएर प्याज भुट्ने र त्यसमा टमाटर पनि हाल्ने । अब काटेको मसरुम हालेर केही बेर पकाउने । त्यसमा नुन तथा हरियो खुर्सानी छर्केर बाउलमा राख्ने । माथिबाट चीज र ओरिगानो हालेर बेक गर्ने । २ मिनेटजति पछि ओवनबाट निकालेर तात्तातो बेक्ड मसरुम खान सकिन्छ ।

 Image