Successfully Copied

मसरुम पिज्जा र चिल्ली मसरुम

मसरुमलाई सफा गरेर काट्ने । कराहीमा तेल हाली लसुन, प्याज, हरियो खुर्सानी तथा मरिचका साथ मसरुमलाई पकाउने । अर्काे भाँडामा चिल्ली सस, सोया सस, पानी तथा नुन हाल्ने । कर्नफ्लोरमा पानी मिसाएर पकाउने । यसलाई गाढा नहुन्जेल पकाउनुपर्छ ।

मसरुम पिज्जा 

सामग्री

पिज्जा बेस : ४ वटा

मसरुम : २ सय ग्राम

क्याप्सिकन : एउटा

प्याज : २ वटा

कोरेको चीज : २ कप

विधि : पिज्जा बेसमा बटर लगाउने । मसरुम सफा गरेर काट्ने । क्याप्सिकन र प्याजलाई लामो आकारमा काट्ने, बेसमा पिज्जा सस लगाएर चीज हाल्ने । त्यसमा क्याप्सिकन, प्याज, मसरुम, नुन तथा ओरिगानो हालेर पिज्जालाई ग्रिल गर्ने ।

चिल्ली मसरुम

सामग्री

मसरुम : २ सय ग्राम, ओलिभ आयल : २ चम्चा

काटेको लसुन : १ चम्चा, गोलो गरी काटेको प्याज : एउटा

क्याप्सिकन : एउटा, चिल्ली सस : १ चम्चा

सोया सस : १ चम्चा, पानी : आधा कप

कर्नफ्लोर : १ चम्चा

विधि : मसरुमलाई सफा गरेर काट्ने । कराहीमा तेल हाली लसुन, प्याज, हरियो खुर्सानी तथा मरिचका साथ मसरुमलाई पकाउने । अर्काे भाँडामा चिल्ली सस, सोया सस, पानी तथा नुन हाल्ने । कर्नफ्लोरमा पानी मिसाएर पकाउने । यसलाई गाढा नहुन्जेल पकाउनुपर्छ । पस्कने बेला सेलरी र प्याज हालेर गार्नेस गर्ने ।

 Image