Successfully Copied

अन्तर्राष्ट्रिय ब्युटी प्याजेन्टमा सफलता

हाम्रो छिमेकी देश भारतले मिस वल्र्ड, मिस युनिभर्सदेखि धेरै अन्तर्राष्ट्रिय प्याजेन्ट जितिसकेको छ भने अर्काे छिमेकी देश चीनले थुप्रै पटक मिस वल्र्डदेखि अन्य अन्तर्राष्ट्रिय प्याजेन्टहरू आयोजित गर्दै आएको छ ।

नेपालमा हिजोआज प्रशस्तै ब्युटी प्याजेन्ट हुन थालेका छन् । त्यसमा पनि हिडेन ट्रेजरले आयोजना गर्ने मिस नेपाल सबैभन्दा पुरानो र ठूलो ब्युटी प्याजेन्ट हो । यसमा विजयी भएका चार जना युवतीले विगतका विभिन्न अन्तर्राष्ट्रिय प्याजेन्टमा सहभागी हुन पाउने भएकाले पनि यसको महत्व अलग छ । 

विगतका वर्षहरूजस्तै मिस वल्र्ड, मिस अर्थ तथा मिस इन्टरनेसनलमा सहभागी भएर मिस नेपाल वल्र्ड शृंखला खतिवडा, मिस अर्थ नेपाल प्रिया सिग्देल एवं मिस इन्टरनेसनल रोनाली अमात्य नेपाल फर्किसकेका छन् । हरेक वर्ष यस्ता प्याजेन्टमा नेपालीहरूको प्रस्तुति अझ निखारिएको पाइन्छ । यसपालि पहिलोपटक हिडेन ट्रेजरले यी चारै जना प्रतियोगीलाई फिलिपिन्सका अन्तर्राष्ट्रिय ट्रेनरबाट एक हप्ते प्रशिक्षणसमेत प्रदान गरेको थियो । 

त्यसको परिणाम विगत वर्षहरूको तुलनामा राम्रो देखिन्छ । यसपटक मिस वल्र्डमा शृंखलाले टप १२ का साथमा ब्युटी विथ पर्पज र मल्टी मिडिया अवार्ड, मिस अर्थमा प्रिया सिग्देलले उत्कृष्ट १८ हुँदै इको भिडियोका साथै ४ वटा सबटाइटल जितिन् भने मिस इन्टरनेसनलमा रोनाली उत्कृष्ट १५ सम्म पुगिन् । मनिता देवकोटा मिस युनिभर्सका लागि अहिले बैंककमा छिन् । 

यद्यपि यस्ता प्याजेन्टहरू नेपालका लागि अहिलेसम्म नयाँ हुन् भन्दा फरक पर्दैन । हाम्रो छिमेकी देश भारतले मिस वल्र्ड, मिस युनिभर्सदेखि धेरै अन्तर्राष्ट्रिय प्याजेन्ट जितिसकेको छ भने अर्काे छिमेकी देश चीनले थुप्रै पटक मिस वल्र्डदेखि अन्य अन्तर्राष्ट्रिय प्याजेन्टहरू आयोजित गर्दै आएको छ । त्यसमा पनि केही वर्षअघिसम्म नेपालमा मिस नेपालको आयोजनालाई लिएर केही राजनीतिक गतिरोध विद्यमान थियो । यसका बाबजुद पनि ईशानी श्रेष्ठ तथा नगमा श्रेष्ठले अन्तर्राष्ट्रिय मञ्चमा उत्कृष्ट प्रस्तुति दिइसकेका थिए । 

 Image