Successfully Copied

मौसमअनुसार मेकअप

यस्तो बेला छालालाई सुन्दर, चम्किलो र नरम राख्न त्यसको राम्रोसँग हेरचार गर्नुपर्छ । छालामा सुख्खापन देखिनासाथ दिनको २–३ पटक मोइस्चराइजर लगाउनुपर्छ । ड्राइ स्किनमा वाटर बेस क्रिम वा मोइस्चराइजर लगाउन सकिन्छ अन्यथा बडी लोसन वा ओलिभ ओयल पनि उपयुक्त हुन्छ ।

कतिपय मानिसले जाडो र गर्मीमा एउटै प्रकृतिको शृंगार सामग्री प्रयोग गर्छन् तर यसो गर्दा छालामा प्रभावकारी प्रतिक्रिया नदेखिन सक्छ । जाडोमा छाला सुक्खा हुन्छ भने गर्मीमा चिल्लो । जाडोमा मोइस्चराइजरको प्रयोग बढी गर्नुपर्ने हुन्छ । त्यसैले पनि हामीले मौसमअनुसार मेकअप प्रोडक्ट प्रयोग गर्नुपर्छ । जाडो मौसमको प्रारम्भसँगै छाला रुखो एवं ड्राइ हुँदै जान्छ । यस्तो बेला छालालाई सुन्दर, चम्किलो र नरम राख्न त्यसको राम्रोसँग हेरचार गर्नुपर्छ । छालामा सुख्खापन देखिनासाथ दिनको २–३ पटक मोइस्चराइजर लगाउनुपर्छ । ड्राइ स्किनमा वाटर बेस क्रिम वा मोइस्चराइजर लगाउन सकिन्छ अन्यथा बडी लोसन वा ओलिभ ओयल पनि उपयुक्त हुन्छ । 

जाडोमा स्पा ट्रिटमेन्ट पनि एकदमै राम्रो विकल्प हो । स्पा लिँदा शरीरमा भएको सबै फोहोर हट्छ । यसले छालामा जम्मा भएको अतिरिक्त तेलसमेत बाहिर निकाल्छ । समय–समयमा छाला स्क्रब गराउनु उपयुक्त हुन्छ । स्क्रब गर्दा छालामा रहेका मृतकोषिकाहरू निस्कन्छन् जसले गर्दा छाला नरम भएर चम्किलो देखिन्छ । छालाको पोर खोल्ने भएकाले स्क्रबपछि अनिवार्य रूपमा फेस प्याक लगाउनुपर्छ ।

जाडोमा चिसो हावाले हातखुट्टाको छाला फुट्छ र सुख्खा पनि हुन्छ । त्यसैले अनुहारका साथमा हातखुट्टाको पनि विशेष ध्यान पुर्‍याउनुपर्छ । हातखुट्टालाई मनतातो पानीले सफा गरेर मोइस्चराइजर वा ह्यान्ड तथा फुट लोसन लगाउन सकिन्छ भने सुत्नुअघि ग्लिसिरिन लगाउनुपर्छ । 

लिपिस्टिक 

लिपिस्टिक सबै कलरमा उपलब्ध हुन्छ । स्किनअनुसार यसको प्रयोग गर्नुपर्छ । लिपिस्टिक सीधै ओठमा लगाउनु हुँदैन । गलत लिपिस्टिकले ओठलाई कालो बनाइदिन सक्छ । लिपबाम प्रयोग गरेपछि लिपिस्टिक लगाउनु उपयुक्त हुन्छ ।

प्राइमर

मेकअप गर्नुभन्दा पहिले प्राइमर प्रयोग गर्न सकिन्छ । दिनहुँ मेकअप गर्ने बानी भए अनिवार्य रूपमा प्राइमर लगाउनुपर्छ ।  

गाजल

गाजल मेकअपमा अनिवार्य रूपमा प्रयोग गरिन्छ । मार्कर लाइनर गाजल सजिलै प्रयोग गर्न सकिन्छ । वाटरप्रुफ गाजल प्रयोग गर्दा गाजल लामो समय टिक्छ । 

मस्कारा

मस्कारा मेकअपमा बढी प्रयोग हुने प्रोडक्टमध्ये एक हो । भोलुमवाला मस्कारा प्रयोग गर्नु उपयुक्त  हुन्छ । यस्तो मस्कारा माथिदेखि तलसम्म र पुन: तलदेखि माथितिर लगाउनुपर्छ । यसले परेलालाई नेचुरल देखाउँछ ।

                                           -साइसा ब्युटी होम, बानेश्वर 

 Image